२०८३ मंसिर १२
२०८३ मंसिर १२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भनेर प्रश्न गरेका छन् ।

आइतबार बसेको संसद् बैठकमा भाग लिँदै उनले भने, “दुई ठूला पार्टीबीच भएको समझदारी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड लुकाउने सम्झौता हो भने त्यो जनतालाई मान्य हुँदैन । यहाँ संसद्‌मा स्पष्टीकरण दिँदैमा केही हुँदैन । जनताले हिसाबकिताब मज्जाले राख्छन् ।”

उनले सरकारको नेतृत्व सबैभन्दा ठूलो पार्टीले गर्नुपर्ने बताए । “सुरुमै ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो ? किन यहाँसम्म आएर फेरि सत्ता परिवर्तन ? योभन्दा अगाडि बनेको गठबन्धन के कारणले बनेको थियो ? अहिले पनि माइलो पार्टीले सरकारको नेतृत्व गर्ने । यो मिल्यो त,” उनले भने ।

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा नदिने भएका छन् ।

आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।

ढकालका अनुसार मुख्यमन्त्री जम्कट्टेल संसदीय दलको बैठक सकेर हेटौैंडा आउने तयारीमा छन् । उनी हेटौंडा आएलगत्तै नेकपा एमालेले बागमती सरकारको समर्थन फिर्ता लिने तयारी गरेको छ । शुक्रबार नै समर्थन फिर्तासहित मन्त्रीहरूको राजीनामा बुझाउने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल हेटौंडा नआएकाले रोकिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुुुदन पौडेलले जानकारी दिए ।

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढीपहिरोलगायतका विपतजन्य घटनामा परेर अन्य तीनजना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढी, पहिरो तथा विपतजन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एकजना गरी १४ जनाको मृत्यु भएको छ ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका– ३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका– ६ का मनोज विकको मृत्यु भएको थियो । पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका– ५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ ।

त्यसैगरी, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ बस्ने हीरा नेपाली, अनिशा बाँस्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका– ६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतको फलेबास नगरपालिका– १ कार्कीनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका– ६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका– ८ बग्रपुर बस्ने मनियम चौधरीको समेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बाढी र पहिरोमा परी बेपत्ता हुनेमा दोलखा गौरीशंकर गाउँपालिका– ९ का जांम शेर्पा, दाङको राजपुर गाउँपालिका– २ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका– ५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् । हालसम्म तनहुँमा पाँचजना, गुल्मीमा एकजना, ओखलढुंगामा दुईजना, काठमाडौंमा तीनजना, चितवनमा एकजना तथा स्याङ्जामा ६ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका नदी, खोलाकिनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोलाकिनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।

सुनसरी: भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित रामधुनी नगरपालिका-१ शान्ति टोल बस्ने २९ वर्षीय नरेश सरदारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको संयुक्त टोलीले प्रदेश नम्बर १-०२-०५३ प ९०१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.khabarpetika.com/2024/07/07/5348

काठमाडौं । सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य ऐन २०७५ को दफा ४१ लाई प्रयोग गर्दै ५२ रोगलाई सो वर्गमा राखिएको हो ।

सूची असार २० गते नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । संक्रामक रोगको पहिलोमा रेबिज राखिएको छ राखिएको छ । त्यस्तै दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिडलाई सङ्क्रामक रोग भनेर राखिएको छ ।

यस्तै, चौथोम पाँचौँ हुँदै क्रमश दादुरा, डेंगु, जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङ्कार, एच.आइ.भी÷एड्स, एन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्याग्दे ज्वारो, कालाजार, रोटाभाइरस, रुबेलालाई पनि समावेश गरिएको छ ।

यस्तै, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निकोकल निमोनिया, कमलपित्त, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकीसमेत सङ्क्रामक रोग अन्तर्गत परेका छन् ।

यस्तै, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीजलाई सङ्क्रामक रोग भनेर सरकारले तोकेको छ ।

यस्तै, सार्स, कमलपित्त ए, प्लेग, लिजियोनेलोसि, इनोकोकोसिस÷हाइडैटिडोसिस, एमपक्स, बिफर, एल्लो फिवर, कमलपित्त ई, चिकुनगुनिया रोगलाई पनि सङ्क्रामक रोगको सूचीमा समावेश गरिएको छ।

यस्तै, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई पनि मन्त्रालयले सङ्क्रामक रोगको सूचीमा राखेको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।

‘सरकारलाई कुनैपनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ’, बर्तौलाको भनाइ छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।

स्टकहोम । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई यौन दुर्व्यवहारको आरोप लगाउने अन्ना अर्डिनले असान्ज हालै जेलबाट छुटेकोमा खुसी व्यक्त गरेकी छन् । उनले १४ वर्षअघि असान्जले दुर्व्यवहार गरेको आरोप लगाएपछि स्वीडेनले सुरुमा उनको सुपुर्दगी मागेकोमा असान्ज लण्डनको दूतावासमा शरण लिएर बसेका थिए ।

उनी त्यसपछि अमेरिकी सूचना लिक गरेको अभियोगमा थुनामा परेपछि स्वीडेन असान्ज विरुद्धको अनुसन्धान र उनको सुपुर्दगीको प्रसंगबाट सन २०१९मा पछि हटेको थियो ।

असान्जले भने अन्नाको आरोपको खण्डन गर्दै आएका थिए ।

“म उनी र उनको परिवारको लागि खुसी छु । उनीहरु अब सँगै रहन सक्छन् । उनलाई दिइएको सजाय निकै असमान थियो,” अन्नाले भनेकी छन् ।

उनले असान्जलाई एक अभियन्ताका रुपमा र महिलालाई राम्रो व्यवहार नगर्ने व्यक्ति दुवै हिसाबले व्याख्या गरेकी छन् ।

उनलाई हिरोका रुपमा वा राक्षसको रुपमा दुवै हिसाबले व्याख्या गर्न आफूलाई दुःख हुने जनाउँदै असान्ज एक जना जटिल मानिस भएको बताएकी छन् ।

सन २०१० मा विकिलिक्सले अफगान वार लग्स सार्वजनिक गरेको तीन सातापछि आफूले उनलाई स्वीडेनको सोसल डेमोक्रेटिकको धार्मिक भगिनी संस्थाको आयोजनामा भएको एउटा सेमिनारमा स्टकहोम बोलाएको र सोही क्रममा यौन दुव्र्यवहार भएको जनाएकी छन् ।

असान्जले सो समयमा सुरक्षाका कारण होटलमा बस्न नमानेकोले उनलाई आफ्नो फ्ल्याटमा राखेको जनाएकी छन् । असान्जसँग आफ्नो यौन सम्पर्क त्यही बेलामा भएको जनाउँदै यौन सम्पर्कको क्रममा कण्डम फुटेको र त्यतिबेला पनि उसले निरन्तर यौन सम्पर्क गरेको त्यो स्वीडेनको कानुनमा अपराध भएको जनाएकी छन् । बीबीसीबाट 

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षा देशभर भइरहेको छ । वर्षासँगै आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने छ ।

साथै, केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ । ती क्षेत्र आसपास बस्नेहरूलाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

क्रिभ । रुसले युक्रेनको एक बिजुली केन्द्रमा गरेको हमलापछि उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्तीबिहीन भएका छन् । आक्रमणपछि रुसी सीमामा रहेको सो क्षेत्रभर बिजुलीको आपूर्ति ठप्प भएको थियो ।

बिजुली उत्पादन सुचारु गर्ने काम भइरहेको नेशनल ग्रिड अपरेटर युक्रेनेर्गोले भनेको छ । सो आक्रमणमा कसैलाई घाउचोट लागेको वा निधन भएको खबर आएको छैन । रुसले युक्रेनभरि बिजुली उत्पादन केन्द्रलाई निशाना बनाएर आक्रमण जारी राखेको छ । बिजुली आपूर्ति ठप्प हुँदा उखरमाउलो गर्मीमा पानी, एसी विहीन अवस्थामा मानिसहरू बस्न बाध्य भएका छन् ।

अस्पतालहरूमा बिजुली नहुँदा अपरेसन प्रभावित भइरहेको छ । रुसले थर्मल ऊर्जा केन्द्रमा आक्रमण गर्दा गएको तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट बिजुली उत्पादन क्षमता गुमाएको छ । जल विद्युत् उत्पादन केन्द्रहरूमा पनि ड्रोन र मिसाइलले हमला गर्ने क्रम जारी छ ।

रुसी आक्रमणको असर कम गर्न पोल्याडले उब्रिएको बिजुली युक्रेनतिर पठाइरहेको छ । तर घरेलु स्तरमा भएको बिजुली उत्पादन र आयातित बिजुलीले माग धान्न नसक्दा दिनभर लोडसेडिङ भइरहेको छ । एजेन्सी

चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुंगे पुल बगाएको छ । न्युरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन्

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुंगाको सहायताले स्थानान्तरण गरेको हो । रासस

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।