२०८३ मंसिर १२
२०८३ मंसिर १२

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

सुशीला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैङ्किङ समूह शून्य दशमलव ४६, वित्त समूह दुई दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैङ्क समूह शून्य दशमलव ३२, होटल तथा पर्यटन एक दशमलव १२, जलविद्युत एक दशमलव १८, लगानी एक दशमलव ७०, जीवन बिमा शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ३४ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले बढेको छ । ग्लोबल आईएमई बैङ्क डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै १४ करोड ८३ लाख आठ हजार १६ बराबरको दुई लाख २४ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ । 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवर्द्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ उक्त विधेयक ल्याइएको स्पष्ट गर्नुभयो

उहाँले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अङ्गका आधारमा भन्सार महसुल विधेयक, २०८१ बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । मन्त्री पुनले पुँजी लगानी नगरी ऋणको लगानी गरिनु एक प्रकारको विचलन भएकाले पुँजीको लगानीलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले राजस्व अपचलन हुन नदिइनेसमेत प्रतिबद्धता जनाउनुभयो । मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोग बढाइ इन्धनको प्रयोग घटाउने नीतिअनुसार कर प्रणाली लागू गरिएकाले विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने गुनासो यथार्थ नभएको अवगत गराउनुभयो । उहाँले इन्धन कम प्रयोग हुँदा र विद्युतीय सवारी साधनमा न्यून कर हुँदा मुलुकले अर्बौँ राजस्व गुमाउनुपर्ने भएकाले करलाई केही वृद्धि गरिएको स्पष्ट गर्नुभयो ।

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ

“शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको आधार” भन्ने नाराको साथ गोकुलगंगा गाउँपालिकाले ५० करोड ३३ लाख बराबरको बजेट सार्वजनिक गरेको हाे ।

गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गरेका छन् ।

मन्थली नगरपालिकाले ल्यायो १ अर्व १ करोडको बजेट,कुन क्षेत्रमा कति बजेट ?

पालिकाले संघीय सरकारबाट ४० करोड ७२ लाख १७ हजार, प्रदेश सरकारबाट ८ करोड ५१ लाख ३ हजार १५० र पालिकाको आन्तरिक श्रोतबाट एक करोड १० लाख रुपैंया प्राप्त गर्ने अनुमान गरेको छ ।

प्राथमिकता क्षेत्रहरु ;
-कृषि तथा पशु सेवामा आधुनिकीकरण तथा ब्यवसायिकरणको लागि विशेष जोड
-पूर्वाधार विकास
-शिक्षा क्षेत्रमा गुणात्मक सुधार
-गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार सूचना प्रविधि तथा सञ्चारमा विकास
-सुशासन प्रर्वद्धन र सार्वजनिक सेवाको गुणस्तर उद्यम र सहकारीताको विकास
-विपद ब्यवस्थापन पूर्व तयारी राहत वितरण र पुर्नस्थापन, पुनःनिर्माण
-विपद् जोखिम उत्थानसिल बिकास र संभाबित विपत्तिपुर्ण अबस्थामा पनि अत्यावश्क सेवा सुविधामा पहुचको सुनिश्चितता
-ऐतिहासिक तथा साँस्कृतीक र धार्मिक पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड
-मानव संसाधन र सामाजिक विकास
-जलवायु उत्थानशिल कृषि तथा भूमि नमूनाको प्रयोग
-सवैको लागि स्वच्छ खानेपानीको उपलब्धता
-सामुदायिक वनको संरक्षण तथा ब्यवस्थापन लैंगीक हिंसा विरुद्धका कार्यक्रममा जोड

प्राथमिकताका आधारहरु ;
-आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने
-कृषि, पशुपालन, लघु उद्यम मार्फत स्वरोजगार सृजना गर्ने
-उत्पादनमूलक र छिटो प्रतिफल दिने
-राजस्व परिचालनमा योगदान पुयाउने
-सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुऱ्याउने
-स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने
-लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने
-कोहि पनि पछाडी नछुटुन भन्ने अभिप्रायका साथ बन्चितीकरणमा परेका सिमान्तिकृत समुदायलाई बिकासको मूल प्रबाहमा ल्याउने
-स्थान विशेषको संस्कृति र पहिचान प्रबर्धन गर्ने


आर्थिक वर्ष ०८१/०८२ को अनुमानित ब्यायको संक्षिप्त विवरण;
-वडागत सिलिङ्ग रु. ४ करोड ५० लाख
-प्रशासनिक चालु तर्फ रु. ११ करोड ७३ लाख
-शसर्त रु. २० करोड ६५ लाख ६५ हजार
-समपुरक तर्फ रु. ५ करोड २० लाख
-विशेष अनुदान तर्फ रु. ५० लाख
-पालिका तर्फ विभिन्न शाखागत, क्षेत्रगत र भुत्तानी हुन बाँकी योजनाको खर्च समेत रु. ७ करोड ७४ लाख ५५ हजार १ सय ५०

गोकुलागंगा गाउँपालिकाको वजेट-2081_82Download

उमाकुण्ड गाउँपालिकाले ल्यायो २०८१/०८२ को लागि ५३ करोड,यस्तो छ नीति तथा कार्यक्रम

काठमाडौँ । गितकार एम टी गणेश अधिकारीको शब्द र प्रमोद खरेलको आवाजमा महाजाली गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दिपकराज विश्वकर्माको सङ्गीत तथा एरेन्जमा रहेको गितमा नागेन्द्र नेपालको कथा,निर्देशन रहेको छ।

जुना कार्की,उतम श्रेस्ठ (शिशिर) र उरेश सिग्देलको अभिनय रहेको गितलाइ रोशन श्रेस्ठले छायाँकन गरेको हुन। बैबाहिक जिवनमा आएको दुई श्रीमान श्रीमतीको तनाब र मनमुटाबमा आधारमा कथा तयार पारीएको छ। भिडियोलाइ झापा जिल्लाको विभिन्न स्थानमा छायाँकन गरिएको छ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको बताएका छन। परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले जवाफ दिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा उनले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए । “प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,” उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन् । जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो ।”

सरकार जिम्मेवार भएर काम गरिरहेको भन्दै उनले थपे, “म अझ जोड दिएर भन्न चाहन्छु– प्रधानमन्त्री भएकाले राति १२ बजे मोर्चामा भएका लडाइँ लड्दै गरेको फोनमा कुरा गरेको छु । तपाईं कुनै दिन प्रधानमन्त्री हुनुभएछ भने म पनि हेर्न चाहन्छु कसरी काम गर्नुहुन्छ ।”

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ।

परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’

उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए।

यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

काठमाडौं : वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । 

पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट २०८० चैत १९ गते उद्दार गरे पश्‍चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुवई पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ । 

महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट  ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । इरान भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले तेहरानमा ६ देशका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

तेहरानमा सम्पन्न एसिया कोअप्रेसन डायलग (एसीडी)को १९औँ विदेशमन्त्री स्तरीय बैठकको साइडलाइनमा उनले ६ देशका विदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेशमन्त्री डा. अली बगेरी, म्यानमारका उपप्रधान तथा विदेशमन्त्री उ थान स्वे, बहराइनका विदेशमन्त्री डा. अब्दुललातिफ बिन रसिद अलजायानी, कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्या, साउदी अरेबियाका उप–विदेशमन्त्री वालिद बिन अब्दुल रिम अल खराइजी र रुसका उप विदेशमन्त्री एन्ड्रीइ रुडेन्कोसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

छुट्टाछुट्टै भएका भेटवार्तामा क्षेत्रीय तथा विश्वव्यापी मुद्दा र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इरान भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार स्वदेश फर्कँदै छन् ।

काठमाडौं : वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैयाँ र पासाङले पोर्चुगल पठाइदिन्छु भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ ठगी गरी सम्पर्कबिहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।