
काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेआयोजक संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

गोलेले दिएको जानकारी अनुसार प्रतियोगितामा खुला र उमेरसमूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने उनले बताए ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला गरिएको छ ।
खेलहरु सातदोबाटोस्थित हिटिङ पौडी पोखरी खेलाइने छ । गत बैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।
काठमाडौं । सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी तोकिएको छ । मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टचार आरोपमा निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।
कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने व्यवस्थाअनुरूप गड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको हो । गड्तौला २०७७ कात्तिक गते नेपाल न्याय सेवाको कानून समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन ।
उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानून तथा मानव अधिकार क्षेत्र हेर्दै आएकी छन् । ५८ वर्षे उमेरहदका कारण गड्तौलाले आगामी भदौ महिनामा अनिवार्य अवकाश पाउनेछिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बन भएका थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।
अर्यालसहित १२ जनालाई अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान १० बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाँकी देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र नयाँ मुख्यसचिव छान्ने सम्भावित एजेण्डा छ ।
शुक्रबार बसेको बैठकले रिक्त ११ मध्ये ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । त्यस्तै मुख्यसचिव डा बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाचमा डामिएपछि मुख्यसचिव पद पनि रिक्त छ । आज सो बारेमा पनि छलफल हुनेछ ।
काठमाडौँ । काठमाडौँकाे तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरूपमा बसोबास गर्ने तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
तारकेश्वरले तेस्रो लिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरूप आर्थिक वर्ष २०८१/८२ देखि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागेको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उहाँको भनाइ छ ।
मेयर महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमूलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा खुला र उमेरसमूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको सचिव गोलेले बताए । खेलहरु सातदोबाटोस्थित हिटिङ पौडी पोखरी खेलाइने छ । गत बैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।
काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।
उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिषा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिषा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ ।
सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६१५ किलो गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी–६ घर भई हालचिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई गाँजासहित पक्राउ गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
सिन्धुलीमा ३ वर्षयता नै ठूलो परिमाणमा गाँजा बरामद भएको हो । बरामद गाँजा र नियन्त्रण लिएको पाख्रिनको थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जनाए ।
मेलर्बन । नेपालका लागि युथोपियाका बाणिज्य दुत डा राजेन्द्र गिरिलाई सम्मान गरिएको छ । हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलियाले हुम सिटि काउन्सिलको सभाहलमा गिरीलाई अभिनन्दन तथा सम्मान गरेको छ ।
आज एक कार्यक्रममा दोसल्ला प्रशंसा पत्रसाहित बाणिज्य दुत डा.गिरिलाई सम्मान गरिएको हो। हिमालयन आउट्रीचका कोषाध्यक्ष एबं कार्यक्रम संयोजक डम्बर काफ्लेले कार्यक्रममा स्वागत गर्दै नेपालमा अफ्रिकी मुलुक युथोपिया सग बाणिज्य लगाएत कुटनैतिक क्षेत्रमा डा गिरिले पुर्याएको योगदान बारे चर्चा गरेका थिए।

सोही अबसरमा हिमालयन आउट्रीचका अन्तर्राष्ट्रिय निर्देशक हाम्जा वारियोले युथोपिया र नेपालको सस्कृती मिल्दोजुल्दो रहेको साथै अन्तरदेशीय सास्कृतीक सम्बन्धमा बढवा दिन कार्यक्रम आयोजना गरिएको बताए। निर्देशक हाम्जाले आगामी दिनमा सास्कृतीक गतिविधिलाई प्राथमिकता राख्दै कार्यक्रम गरिने बताए। भुटानी सिनियर सिटिजनका तर्फबाट डिल्ली राम अधिकारले सम्मान गर्दै मन्तव्य ब्यक्त गरेका थिए।

सम्मानित भएपछि बाणिज्य दुत डा गिरिले खुशी व्यक्त गर्दै आगामी दिनमा बाणिज्य दूतावासको तर्फबाट सास्कृतीक आदनप्रदान गर्न साथ रहने बताए। सोही अबसरमा डा गिरिका धर्मपत्नी कमला गीरीलाई समेत सम्मान गरिएको थियो। सोही अबसरमा नेपाली भाषी भुटानीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व हिमालयन आउट्रेचका उपाध्यक्ष थोमस किप्लरले गरेका थिए। यस अगी हिमालय आउट्रीच अन्तर्राष्ट्रिय मुख्यालयमा युथोपियाका बाणिज्य दुत डा गिरिले भ्रमण गर्नु भएको थियो।

मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।
उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ट रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उहाँको भनाइ छ ।
उद्योगमा अहिले पटकपटक गरी करिब चार हजार पाँच सय मेट्रिकटन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार केही महिनाअघि आर्थिक सङ्कटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो ।
स्थापनाकालदेखि केही वर्षअघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहका २९ जना कर्मचारीले अवकाश पाएपछि निजहरुले नियमअनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करिब रु. १७ करोड पाँच लाख रकम दिनुपर्नेमा आर्थिक सङ्कटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताउनुभयो ।
उद्योगका महाप्रबन्धक पाण्डेले रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याई सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताउनुभयो । “अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दीपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सङ्कटबारे जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौँ ।”
उद्योग मन्त्रालयले सरकारकोतर्पmबाट सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थमन्त्रालयमा पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकाले अवकाशप्राप्त कर्मचारीलाई दिइने बताउनुभयो ।
तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटाैंडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन समयमा उद्योग निर्माणका लागि रु. एक अर्ब ५० करोड रकम सरकारले उपलब्ध गराएको थियो ।
विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ । उद्योगमा अहिले प्रशासन, लेखा, प्रविधिक, चुनढुङ्गाखानी एवं कामदार मजदुर गरी करिब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।
उद्योगमा अहिले पटकपटक गरी एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगको व्यवस्थापनले जनाएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने समेत कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले आजै ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।





