
सिन्धुपाल्चोक । अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला समिति द्वारा ८ वटा पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अखिल क्रान्तिकारी सिन्धुपाल्चोकले विभिन्न ७ बुँदा सहितको ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष निश्चल सन्जेलले बताए ।
अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको जेठ १५ गते बसेको सचिवालय स्तरीय बैठकको निर्णयअनुसार सिन्धुपाल्चोक जिल्लाभित्र रहेका १२ वटै स्थानीय तहमा विभिन्न मुद्वामा केन्द्रित रहेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको र हिजो ८ वटा पालिकाहरुमा सफलताका साथ ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न हुन नसकेका बाक़ी पालिकाहरूमा भोली ज्ञापन पत्र बुझाउने तालिका रहेको अध्यक्ष सन्जेलले जानकारी दिए ।
गत वैशाख ११ गते अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिले जिल्ला भित्र रहेका सामुदायिक र निजी विद्यालयहरुले भर्ना शुल्क लगायत विभिन्न सेवाका नाममा अनावश्यक शुल्क असुलि गर्ने गरेको शुल्क खारेज गर्न र निजी शिक्षण संस्थाहरूले अनावश्यक रुपमा लिने गरेको शुल्क खारेज गर्न बिज्ञप्ति मार्फत माग गरेको थियो ।

पटक-पटक सूचना दिदा पनि पालिकाहरुले माग कार्यन्वयन नगरेको र बाध्य भएर प्रतेक पालिकामा ज्ञापन पत्र बुझाएको सन्जेलले बताए ।
८ वटा पालिकालाई बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्र
- नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउनुपर्ने भनि मौलिक हकको रुपमा दर्ज गरेतापनि विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क लिने गरेको पाइएकोले संविधानको उक्त मौलिक हकलाई कार्यान्वयन गरियोस् ।
- राज्यद्वारा निशुल्क वितरित पाठ्यपुस्तक भएतापनि विद्यार्थीहरुलाई कापी, लेखन सामाग्री शैक्षिक सामाग्रीहरुको निशुल्क रुपमा व्यवस्था गरियोस् ।
- विद्यालयहरुको भौतिक संरचना राम्रो भएतापनि उचित प्रयोग नभएको, लाइब्रेरीलाई व्यवस्थित गर्दै ई- लाइब्रेरी बनाउनु पर्ने र हाल विश्व प्रविधि युगमा प्रवेश गरेको हुनाले सम्पूर्ण विद्यालयमा डिजीटल बोर्ड लगायत आवश्यक शैक्षिक सामाग्रीहरुको व्यवस्था गरियोस् ।
- शिक्षामा गुणस्तरीयता प्राप्त गर्नका लागि शिक्षकहरुलाई शिक्षण विधि एवंम् प्रविधिहरु लगायतमा नियमित तालिम र क्षमता अभिविद्वी कार्यक्रमहरु संचालन गरियोस् ।
- माध्यामिक तहको शिक्षा पश्चात विद्यार्थीहरुमा अन्योलता पैदा हुने भएकोले उनीहरुलाई अतिरिक्त कक्षा जस्तै: लोकसेवा, व्यावसायिक एवं व्यावहारिक कक्षाहरु संचालन गरियोस् ।
- अभिभावक र समुदायको सक्रिय सहभागिता विना शिक्षाको गुणस्तर सुधार सम्भव नभएको हुदा समुदाय तथा अभिभावकलाई जागरुक बनाउने अभियान संचालन गरियोस् ।
- पालिका भित्र रहेका २ क्याम्पसमा नीतिगत रुपमा शैक्षिक सुधार एवं विद्यार्थी आकर्षण कार्यक्रम संचालन गरियोस् ।

काठमाडौं । एनआईसी र पशुपति ‘बी’ ले दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा एनआईसीले मनास्लुलाई ३–१ गोलले पराजित ग रेकाे हाे । एनआईसीका गौरव खड्का, अनिश जोशी र प्रदेश पाण्डेले समान १–१ गोल गरे । मनास्लुका पवन राईले सान्त्वना गोल गरे । पशुपति ‘बी’ ले क्लिन्टनलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि प्रज्ज्वल तामाङले ह्याट्रिक गरे भने ब्राजिल राउतले १ गोल थपे । क्लिन्टनका प्रज्ज्वल भट्टराईले १ गोल फर्काएका थिए ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको अन्य खेलमा एसइइ ग्रुप र विनायक ‘ए’ ले सफलता पाए ।
एसइइ ग्रुपले बोर्न स्काइलार्कलाई ३–० गोलले पाखा लगायो । तीनै गोल एसइइ ग्रुपका आदित्य शाहले गरे । विनायक ‘ए’ ले हिलारीलाई २–० गोलले पाखा लगायो । विजेताका कृष्ण थापा मगर र सुशिल बसेलले समान १–१ गोलले गरे ।
एनआईसीका प्रवेश पाण्डे, पशुपति ‘बी’ का प्रज्ज्वल तामाङ, एसइइ ग्रुपका आदित्य शाह र विनायक ‘ए’ का सुशिल बसेल ‘म्यान अफ दि म्याच’ घोषित भए । विजयी चारै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको आयोजक वडा ७ अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा १६ छात्र टिम सहभागी छन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ । फाइनल जेठ ३२ गते हुनेछ ।
काठमाडौं: झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-२ बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् ।
नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पुर्याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा ललितपुर सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो । साथै उक्त घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपैयाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै ब्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई ललितपुर सुनाकोठीसम्म पुर्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउमध्ये सम्बर बहादुर यस अघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
काठमाडौँ । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।
काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए ।
यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए ।
कास्की : पोखरा महानगरपालिका-१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका-१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका-१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका-२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
सोमबार प्रदेश सभामा पाण्डेको पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।
राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गरेका हुन् ।
काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भए ।
धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो । दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विजेता टोलीका खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । दुईदिने प्रतियोगिताको ब्वाइजमा ६५ तथा गल्र्समा ३२ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
रामेछाप । रामेछाप जिल्लाको पाँच ठाउँमा एकैपटक `उद्यमी बनाै स्वदेशमै रमाै´ शीर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
रामेछाप काठमाडौँ सृजनशिल समाजको आयोजनामा शुक्रवार कार्यक्रम सम्पन्न गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार खाँडादेवी गाउँपालिकाको बुद्ध भवानी मावि,मन्थली नगरपालिकाको श्री भुमेश्वर रुद्र उच्च मावि ,सिक्राल मावि ,उमाकुण्डको सिद्वेस्वर मावि र लिखु तामाकोसी गाउँपालिका तिल्पुङ स्थित नवदर्शन माविमा सम्पन्न भएको हो ।
खाँडादेविको बुद्ध भवानी मावि माकादुममा ७ विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो । उक्त प्रतियोगितामा श्री बुद्ध भवानी माविका रश्मी भुजेल प्रथम , श्री बिष्णु जनज्योति माविका जान्हबी केसी द्दितीय र श्री भारती माविका मेगर्पा राम्चु खड्का तृतीय भएको थियो ।
समाजले एकैदिन २० विद्यालयहरुको सहभागितामा पाँच स्थानमा कार्यक्रम सम्पन्न गरिएको यो पहिलोपटक हो ।
स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको यस संस्थाले अहिले शिक्षाको गुणस्तरमा परिवर्तन गर्ने उदेश्यले विभिन्न विद्यालयमा पुगेर शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले सुवेदीले जनमत पार्टीका त्रिभुवन साह र मोहम्मद सकिल मियालाई मन्त्री नियुक्त गरेकी छन्। साहले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, मियाँलाई भने कुनै जिम्मेवारी दिइएको छैन। उनलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो।
यसअघि जेठ २५ मा मुख्यमन्त्री सिंहले १० मन्त्री र तीन राज्यमन्त्री बनाएका थिए। अब मधेश प्रदेश सरकार १६ सदस्यीय बनेको छ।
नवनियुक्त मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ । बालाजु माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २१ करोड २ लाख ८४ हजार ६ सय ९२ रुपैयाँ अपचलन गरेको पाइएको छ ।
काठमाडौंका ४ स्थान कालीमाटी, न्युरोड, चाबहिल र जोरपाटीमा शाखा कार्यालय रहेको मेगा विगत १४ वर्षयता सञ्चालनमा रहँदै आएको छ ।
पीडितमध्येका बाबुराम पाण्डे, मातृकाप्रसाद वाग्ले लगायतले २०८० असोज २४ गते बागमती प्रदेशस्थित संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा मेगाविरुद्ध उजुरी दिएपछि ठगी घटनाको पर्दाफास भएको थियो ।
अनुसन्धानका लागि प्रहरीले गत फागुन ३० मा सहकारीका अध्यक्ष महाशंकर रेग्मी, उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल, कोषाध्यक्ष रविनकुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ र सदस्य शरदकुमार अधिकारीको हकमा जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गर्यो ।
खोजी गर्दै जाँदा जेठ १ गते काठमाडौंका विभिन्न स्थानहरूबाट मेगाका उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारीलाई पक्राउ गर्न सफल भयो भनि अरु भने फरार छन् ।
अध्यक्ष रेग्मी, कोषाध्यक्ष कार्की, सदस्य शेखर बस्नेत, राजकुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति संयोजक तथा पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश घिमिरे, सुभद्रा चौलागाईं हालसम्म पनि फरार छन् ।





