
काठमाडौं । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सर पीडित पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ गंगालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्व कप्तान तथा महिला फुटबल संघकी अध्यक्ष पेम्बा डोल्मा लामाले जमुनालाई नगद हस्तान्तरण गरिन् ।
अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।
सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्व कप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।
डालास । टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।
जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए ।
विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए ।
मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए । श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए । वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।
श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे । होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए । रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, तास्किन अहमदले २ विकेट लिए ।
श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे ।
भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए ।
मोरङ : बिराटनगर महानगरपालिका-१६ दक्षिण गेट शिव मन्दिरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३८ वर्षीय पप्पु पाठकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, डाइजेपाम २० एम्पुल र प्रोमेथाइजिन हाइड्रोक्लोराइड २० एम्पुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही, रुपन्देही उपमहानगरपालिका -२ फुलबारी बस्ने २३ वर्षीय यम बहादुर सुनार र मणिग्राम नगरपालिका-१२ बस्ने २४ वर्षीय सेखर कुमार खड्का रहेका छन् । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १५३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेटसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-७ बस्ने २० वर्षीय सरोज परियार र मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ बस्ने २० वर्षीय अनिष बजगाई रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दैछ । बंठक दिउँसो ३ बजेपछि सिंहदबारमा बस्ने तय भएको हो ।
संसदीय छानबिन समितिका सभापति सूर्य थापाकाअनुसार बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । यसअघि बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट बिधार्थी सङ्गठन अखिल क्रान्तिकारीले केन्द्रिय कार्यविभाजन उप-समितिको समन्वयमा “हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियान” अन्तरगत एक महिनाको लागि १०० जना संगठित सदस्यहरुलाई शैक्षिक स्वयंसेवक बनाएर सामुदायिक विद्यालयहरुमा पठाउने भएको छ ।
सामुदायिक बिद्यालयको स्तर खस्किदै गरेको र विधार्थीहरुलाई निजि भन्दा सामुदायिक बिद्यालय तर्फ आकर्षित बनाउने लक्ष सहित “हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियान” सुरु गरेको अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए ।
सङ्गठनमा आबद्ध भएर विभिन्न विश्वविद्यालय अध्यनरत विधार्थीहरु मध्यबाट १०० जना छोनोट गरेर सामुदायिक बिद्यालयमा पठाउने रेग्मीले बताए । असार १५ गते देखि साउन ३० गते सम्म आफ्नो समय अनुसार ३० दिन सामुदायिक बिद्यालयमा शैक्षिक स्वयंसेवक बनाएर पठाउने रेग्मीले बताए ।
पढाउन कामको लागि इच्छुक संगठनका सदस्यहरुले कर कोड स्क्यान गरेर वा तल दिएको गूगल लिंक बाट फारम भर्ना सक्नु हुने छ ।
फारमको link :
https://forms.gle/nenBCQLPjnaVNv217

काठमाडौँ । मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ भएको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबिच सहमति भइसकेको छ ।
जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी) ले ३ मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट बिधार्थी सङ्गठन अखिल क्रान्तिकारीले केन्द्रिय कार्यविभाजन उप-समितिको समन्वयमा “हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियान” अन्तरगत एक महिनाको लागि १०० जना संगठित सदस्यहरुलाई शैक्षिक स्वयंसेवक बनाएर सामुदायिक विद्यालयहरुमा पठाउने भएको छ ।
सामुदायिक बिद्यालयको स्तर खस्किदै गरेको र विधार्थीहरुलाई निजि भन्दा सामुदायिक बिद्यालय तर्फ आकर्षित बनाउने लक्ष सहित “हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियान” सुरु गरेको अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए ।
सङ्गठनमा आबद्ध भएर विभिन्न विश्वविद्यालय अध्यनरत विधार्थीहरु मध्यबाट १०० जना छोनोट गरेर सामुदायिक बिद्यालयमा पठाउने रेग्मीले बताए । असार १५ गते देखि साउन ३० गते सम्म आफ्नो समय अनुसार ३० दिन सामुदायिक बिद्यालयमा शैक्षिक स्वयंसेवक बनाएर पठाउने रेग्मीले बताए ।
पढाउन कामको लागि इच्छुक संगठनका सदस्यहरुले कर कोड स्क्यान गरेर वा तल दिएको गूगल लिंक बाट फारम भर्ना सक्नु हुने छ ।
फारमको link :
https://forms.gle/nenBCQLPjnaVNv217

भक्तपुर । सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समाजकल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ ।
यही जेठ २५ र २६ गते काठमाडौंमा आयोजना हुने भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिए ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भेलाले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।
भेलाबाट सरकारले तय गरेको सामाजिक रूपान्तरणको अभियानमा सामाजिक संघसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर आमसामाजिक अभियन्ताले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइने प्रमुख पहाडीको भनाइ छ ।
भेलामार्फत सामाजिक संघसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा प्रष्ट परिने उनले बताए।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनले चर्चा गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।





