
काठमाडौं । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १० चनखु स्थित मादेउटारका हरि कुमार श्रेष्ठलाई उपचारमा समस्या भएको छ ।
५२ वर्षीय श्रेष्ठको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको उनका श्रीमती रमा खड्काले बताइन् । २०७८ साल माघ २२ गते काठमाडौं स्थित एक घरमा रङ लगाउने क्रममा अचानक तीन तल्लाबाट लडेर बेहोस भएका श्रेष्ठ विगत तीन वर्षदेखि उपचाररत छन् ।
‘९५ दिन सम्म भेन्टिलेटरमा राखी उपचार गरीयाे । अहिले केहि सुधार त भएकाे छ । तर, उपचार गर्दागर्दै भएकाे पैसा र सम्पति सबै सकिसक्याे’ रमाले भनिन् । उनले आफ्ना आफन्तजन र नेपालीहरुमा सहयाेग अपिल समेत गरेका छन् । ‘अब मेराे आम्दानीको स्रोत नै केहि छैन । भएकाे सम्पति र सबै पैसा सकिसक्याे ‘ रमाले भनिन् ‘आदरणीय सम्पूर्ण नेपालीहरुमा सहयाेग गर्नकाे लागि म अनुरोध गर्न चाहन्छु । कृपया सहयाेग गरिदिनुहाेला ।’
हरि कुमारकाे अहिले बाँसबारी स्थित नमन हाेम केयरमा उपचार भइरहेकाे छ । हरि कुमारलाई सहयाेग गर्न उनकाे याे खाता नम्बरमा आफुले सकेको सहयोग गर्न सक्नुहुनेछ । उनका श्रीमती रमाकाे सम्पर्क नम्बर : 9841137980 (Account Number – 01905080154093, Hari Kumar Shrestha, Nepal Investemnet Bank Limited)
उनकाे बारेमा थप बुझ्नको लागि यो लिंकमा क्लिक गरेर जानुहोला
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले गलत भएको बताएको छ । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्सेवक बनाएर सडकमा खटाउने निर्णय मानव अधिकारको हनन रहेको समितिका सभापति रामहरी खतिवडाले बताए ।
उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय गर्ने होइन । यसमा हाम्रो चासो देखिएको छ । यसबारे छलफल गर्नुपर्ने आवश्यकता ठानेका छौं ।’
सभापति खतिवडाले ट्राफिक स्वयम्सेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए । उनले भने, ‘मन्त्रीको निर्देशनमा ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा ल्याएर काम गराउनु मानव अधिकारको हनन गर्नु हो । यस्तो गर्न पाइँदैन । हामी छलफल गर्छौं ।’
गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा छ ।
विज्ञहरूले भने यसलाई कानुनविपरीत भनेका छन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसारमात्रै कारबाही गर्न सक्ने व्यवस्था छ । ट्राफिक संकेत वा इशारा उल्लंघन गरेमा, निषेधित ठाउँमा सवारी राखेमा, गलत साइडबाट सवारी चलाएमा, वान वेमा छिरे, मापसे, ओभरस्पिड, पेटी वा हेल्मेट नलगाइ हिँड्नेलगायतमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ ।
यस्तो नियम उल्लंघन गर्ने चालकलाई पाँच सयदेखि १५ सयसम्म जरिबाना गर्न सक्ने व्यवस्था छ । तर नियम उल्लंघन गर्नेलाई कानुनविपरीत सडकमा उतार्न नपाइने विज्ञहरूको धारणा रहेको छ ।
रामेछाप । रामेछाप काठमाडौ सृजनशिल समाजकाे आयोजनामा `उद्यमी बनौं ,स्वदेशमै रमौँ´ शीर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।


बुधबार सुनापती गाउँपालिका स्थित डहु माविमा कार्यक्रम सम्पन्न गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
वक्तृत्वकलामा सौगात न्यौपाने (डहु मावि )प्रथम , रिसिका खड्का (कुशेश्वर मावि)द्वितीय ,अनिशा तामाङ (कुशेश्वर मा वि ) तृतीय र राहुल खड्का (कुशेश्वर मावि) सान्त्वना भएको थियो ।
शिक्षालाई सीपसंग जाेड्ने शैक्षिक विकास, उद्यमी सम्मान एवम् उधमशिलता अन्तर्क्रिया कार्यक्रम पनि गरिएको उनले बताए ।

सुनापती गाउँपालिका उपप्रमुख गीता बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा श्री डहु मावि सहित शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी, श्री कुशेश्वर मावि र बेथान माविको सहभागीता रहेकोे थियो ।
कार्यक्रमलाई सफल बनाउन ४ नं वडाका वडाध्यक्ष डण्डुप लामा,विभिन्न विद्यालयका प्रधानध्यापक लगायतले सहयोग गरिएको भन्दै संयोजक बुढाथोकीले धन्यवाद समेत व्यक्त गरे ।
दाङ । अत्यधिक गर्मी बढेपछि दाङको तुलसीपुर उपमहानगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।
केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए ।
दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगर अन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामूदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।
देउखुरीको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने सूचना जारी गरेको छ ।
चितवन : ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
मोरङ : बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४९ वर्षीय अमर श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज पेशी तोकिएको थियो ।
उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।
न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।
सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गरेको थियो ।
काठमाडौँ । प्रहरिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ ।
सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरि कार्यांलयले जानकारी दिएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो, बजेटले सम्बोधन गर्यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ, यो स्वागतयोग्य छ,” उनले भने, “सरकारले कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।”
बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझावानुसार नै प्राथमिकतामा परेको अध्यक्ष ढकालले सुनाए । पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई नयाँमा नसमेटिनु दुःखद पक्ष भएको उनको भनाइ छ ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज ६ संसदीय समितिको बैठक बस्दै छ। बिहिबार समितिका आ–आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्त्रगतका समिति र दुई वटा राष्ट्रियसभा अन्त्रगतका समिति बैठकमा विभिन्न विषयमा छलफल हुँदै छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।
सोही बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।
यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि आव्हान गरिएको छ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने तयारी समितिको छ ।
सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। तर बैठकको कार्यसूची भने सचिवालयले सार्वजनिक गरेको छैन ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजेका लागि डाकिएको छ। बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा समितिमा छलफल गर्ने तयारी छ ।
यसैगरी, राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने छ ।
बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।
काठमाडौँ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा विपक्षी दलको बैठक बोलायो । बैठकमा मधेस प्रदेश सरकारबारे छलफल गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको थियो ।
वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
१०७ सदस्यीय प्रदेश सभामा मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा एकीकृत समाजवादीले समर्थन गरे बहुमत पुग्छ ।
बैठकमा सहभागी एकीकृत समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन आफ्नो दलले पनि समर्थन गर्ने बताए । मधेस प्रदेश सरकार जोगाउन एक मत भएका छौँ । यसको बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्छ ।
मधेसमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमतमा छ ।
विपक्षी दलमा माधव नेपाल सहभागी भएसँगै सत्तारुढ दलभित्र खैलाबैला मच्चिएको छ । सरकारले महतवपुर्ण विषयमा निर्णय गर्दा आफुलाई सहभागी नगराएको भन्दै उनले सार्वजनिक रुपमै प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दै आइरहेका छन् । उनले सरकार परिवर्तन गर्न सक्ने शक्ति आफुसँग भएको भन्दै वेवास्ता नगर्न समेत चेतावनी दिँदै आइरहेका छन् । समाजवादीले विपक्षी दलसँग गएर मधेस प्रदेश सरकार गठन गरेमा केन्द्रिय सरकार पनि धरापमा पर्न सक्ने एक नेताले बताएका छन् ।





