२०८३ मंसिर १३
२०८३ मंसिर १३

काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको लागि कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए ।

साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि उनले बताए ।

काठमाडौँ । सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएको हो ।

अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ६० अनुसार यो रकम विनियोजन गरेको बताएका छन् । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा विनियोजन भएको समेत बताए ।

यस्तै सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन भएको छ ।

यस्तै प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६अर्ब २० करोड र स्थानीय तहलाई ७ अर्ब विनियोजन भएको छ । यस्तै विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र स्थानीय तहलाई ८ अर्ब ५० करोड विनियोजन भएको छ ।

काठमाडौ । काभ्रेको पाँचखाल नगरपालिका १३ कोशिदेखा कालिञ्जोर ठुलोचउरामा तामाङ गुम्बा(म्हाने) निर्मण भएको छ ।

स्थानीय समुदाय मिलेर झन्डै साढे तीन लाख लागतमा म्हानेको निर्माण गरिएको रेडियो नमोबुद्वका स्थानीय संवाददाता श्याम योन्जनले जानकारी दिए । स्थानीयको सक्रियतामा निर्मित म्हानेको उद्घाटन ज्येष्ठ १३ गते स्थानीय लामा गुरुबाट गरिएको थियो ।

श्यामका अनुसार बौद्धमार्गी तामाङ समुदायको बस्ती भएपनी गुम्बा नभएपछि स्थानीय आफैं मिलेर आफुले सकेको सहयोग गर्दै म्हाने निर्माण गरिएको हो ।

त्यस्तै ज्येष्ठ १४ गते दिउँसो हावाहुरी सहित आएको वर्षाले म्हानेको टुप्पो भाचिएको छ । `दु:ख गरेर बल्लतल्ल बनाएको म्हाने । त्यहीँपनि हावाले टुप्पो नै भाच्दिएछ´, एक  स्थानीयले भने ।

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा दक्षिण भारतका चर्चित अभिनेता सत्यराजको इन्ट्री भएको छ । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी खलनायकको भूमिकामा देखिने चर्चा छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा ‘सिकन्दर’मा आफूलाई कास्ट गरिएको बताए । यस फिल्ममा आफू खलनायकको भूमिकामा देखिने पनि उनले बताएका थिए । फिल्ममा सलमान मुख्य भूमिकामा हुनेछन् । उनको अपोजिटमा रश्मिका मन्डनालाई काष्ट गरिएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।

पहिलो पटक बन्दैछ सलमान–रश्मिकाको जोडी

यस महिनाको सुरुमा, निर्माताहरूले फिल्मसँग सम्बन्धित नयाँ घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले बताएको थियो । यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् ।

फिल्म आगामी वर्षको इदमा रिलिज हुने बताइएको छ । निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’लगायत धेरै हिट फिल्म दिइसकेका छन् । ‘सिकंदर’ अघि मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’मा सँगै काम गरेका थिए ।

सिन्धुली । डलरको प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई सिन्धुली प्रहरीले नगदसहित पक्राउ गरेको छ । ठगी गरेको रकम १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई गोलन्जोर गाउँपालिका-६ को हैबारबाट मंगलबार पक्राउ गरिएको र अझै एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा डलरको प्रलोभन देखाएर १८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-३ सिन्धुपाल्चोकका २४ वर्षीय श्याम तामाङ, २६ वर्षीय तेन्जेन पाइन र २७ वर्षीय नारायणबहादुर पाइन रहेका छन् ।

इलाम नगरपालिका-१ घर भइ गोलन्जोर गाउँपालिका ७ को लौकुनमा व्यवसाय गर्दै आएका राजु गौतमसँग अमेरिकन डलरको पोका भनि २० रुपैयाँको नेपाली नोट र सादा कागजको टुक्रा दिइ १८ लाख रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेकाहरूबाट २ वटा मोटरसाइकल, अमेरिकी डलर २३९, पाँच थान मोबाइल बरामद गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाग्लुङ | पछिल्लो समय गाउँ छोडेर शहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बाग्लुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय बदल्दै छन् । एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, मकै र गहुँ फल्थे । बारीमा उत्पादन भएको खाद्यन्नले स्थानीयलाई वर्षभरी खान पुग्दैनथ्यो । प्रसस्त बारी भएर पनि उत्पादन कम हुँदा धेरैले ज्याला मजदुरी गरेर परिवार चलाउनुपर्ने स्थिति थियो । तर अहिले त्यो परिस्थिति फेरिएको छ ।

घर छेउमा रहेका बारी अचेल सेताम्य प्लास्टिकले ढाएिका छन् । कतै काठ त कतै फलामको रडले टेको लगाएर प्लास्टिकले छाइएका टनेलभित्र लटरम्म फलेका गोलभेडा, कलकलाउँदा साग, बन्दा र काउली उब्जिएका छन् । पहिले बाँझो रहेका बारीमा पनि अहिले तरकारी फल्न थालेका छन् । ढोरपाटन–५ पर्ने अधिकारीचौर, नाथुरी, बाहुनगाउँ र प्याङ्खोलाका किसानलाई एकैछिन पनि फुर्सद छैन । जिल्लाको अन्य ठाउँमा बसाइँसराइले गाउँ रित्तिदै गएको सन्दर्भमा अधिकारीचौरमा भने गाउँलेनै तरकारी खेतीमा लागेका छन् । विसं २०६५मा गाउँका केही किसानले तरकारी खेतीको सुरुआत गरे पनि धेरैले यसप्रति चासो दिएका थिएनन् ।

विसं २०७९ मा व्यावसायिक तरकारी खेती गर्ने किसान बढे, त्यसपछि सिङ्गो गाउँमा तरकारी लगाउने लहरनै चल्यो । अहिले यस गाउँमा तरकारी खेती नगर्ने किसान भेटाउनै मुस्किल पर्छ । एउटा परिवारले बढीमा पाँच वटासम्म प्लास्टिक टनेल निर्माण गरेर तरकारी उत्पादन गर्दै आएका छन् । ढोरपाटन –५ का दुई सय ६५ घरले करिब चार सय ५० टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

पछिल्लो समय यो ठाउँ पौरखी गाउँका रूपमा परिचित बन्दै गएको छ । पौरखी किसानले तरकारी खेतीलाई गाउँभरी विस्तार गरेपछि अहिले बाँझो जमिन घटेको छ । युवाले रोजगार पाएका छन् । टाढाबाट देख्दा पनि गाउँमा सेताम्य प्लास्टिकका टनेल देखिन्छन् । बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै रहेका यी गाउँका किसानसमेत निकै मेहनती छन् ।

गाउँमै परिवारसँग बारीमा पसिना बगाएर तरकारी फलाउँदा किसान निकै खुसी छन् तर बजारमा आउने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा चिन्तित हुने गरेका छन् । नगरपालिकाले तरकारीको मूल्य निर्धारण गरि दिए आफूलाई बजारको पिर नहुने ढोरपाटन –५ स्थित नमुना किसान समूहका अध्यक्ष कृष्णलाल कँडेलले बताए । पहिले एक मुरी मकै फल्ने बारीमा अहिले वार्षिक ५० हजार बढीको तरकारी फलाउने गरेको उनको भनाइ । पछिल्लो समय तरकारी खेती गर्ने किसानको सङ्ख्या बढेपछि बर्सेनि ५० लाख बढीको तरकारी बच्ने गरेको कँडेल बताउँछन् ।

नगरपालिकाले हाटबजार सञ्चालन गरिदिने र समय–समयमा अनुदान र प्राविधिक सहयोग गर्न सके ढोरपाटनलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । यहाँका किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको उनले बताए ।
अहिले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोचको विकास भएपछि सिङ्गो गाउँनै तरकारी खेतीमा लागेको कँडेलले बताए ।

उनले भने, ‘६९ सालदेखि गाउँमा तरकारी खेती गर्ने लहरनै चल्यो, पहिले बाँझो जमिन धेरै थियो, अहिले भेटिन्न, जताततै टनेल हालेर तरकारी लगाउन थालिएको छ, ढोरपाटन–५ मा चार सय ५० बढी टनेल निर्माण भएका छन्, किसान समूहमा आवद्ध भएर काम गरिरहेका छौँ, अहिले गाउँमा चार वटा कृषि समूह छन्, बाह्रैमहिना तरकारी उत्पादन गर्छौँ, एक दिन एउटा सागको मुठा बेच्न पाइएन भने बिरामी हुन्छु, सिटामोल खानुपर्छ, हाम्रो मुख्य चुनौती भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु हो ।’

व्यावसायिक तरकारी खेतीले किसानको जीवनशैलीनै बदलिदिएको छ । कृषि ज्ञान केन्द्रले पनि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानलाई साथ दिँदै आएको छ । तरकारी खेती शुरू गर्नुपूर्व छाक टार्न मुस्किल पर्ने स्थानीयले अहिले त्यो समस्या भोग्नु परेको छैन ।

तरकारी खेतीबाट परिवार चलाउन सहज ढोरपाटन नगरपालिका–५ नाथुरी गाउँका स्थानीय जनकराज पाण्डेले बताए । आफूले दिनभरबारीमै काम गर्ने र यताउता जान फुर्सदसमेत नहुने उनको भनाइ छ । गाउँभरी तरकारी हुन थालेपछि बाहिरबाट आउने मानिसले अधिकारीचौरलाई ‘तरकारी गाउँ’ भन्ने गरेको पाण्डेले बताए ।

हिउँदमा बारीबाटै गाडीमा तरकारी बजार पुर्‍याउने गरे पनि बर्खामा निकै सकस हुने पाण्डे बताउँछन् । ‘बुर्तिबाङ बजार नजिकै भएको हुँदा उत्पादन हुने तरकारै त्यही पुर्‍याउँछौं, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्रो उत्पादनले उचित मूल्य बाउन सकेको छैन, हामीहरुलाई अर्को ठूलो चुनौती पनि छ, हिउँदमा गाडी बारीमै आउँछ, बर्खा लाग्यो भने गाउँमै आउन सक्दैन, खोलामा पुल बन्न थालेको धेरै वर्ष भयो अहिलेसम्म बनेको छैन,’ पाण्डेले भने, ‘बर्खाको समयमा ढोकोमै बोकेर बजार पु्‍याउनुपर्छ, असारदेखि मङ्सिरसम्म गाउँमा गाडी आउँदैन, बर्खाभरी सडक नचल्दा तरकारी कुहिने समस्या हुन्छ, पोहोर परार लाखौँको तरकारी कुहियो, किसानका थुप्रै समस्या छन् ।’

कृषि ज्ञान केन्द्र बाग्लुङका सूचना अधिकारी कुमार पुन मगरले अधिकारीचौर क्षेत्रमा दुई वर्ष तरकारी ब्लक सञ्चालन गरेको जनाउँदै यहाँका किसानले लगानी अनुसार प्रतिफल पाउन थालेको जानकारी दिए । ज्ञान केन्द्रले दुई वर्षमा करिब ५० लाख यहाँ लगानी गरेको जनाउँदै अहिले पनि बेमौसमी तरकारी उत्पादन गर्न प्राविधिक र आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । यहाँका किसान पनि सक्रिय भएर लाग्दा बजारले थेग्न नसकेको पुनले बताए । उत्पादन धेरै हुने तर बजार सानो हुँदा भएको र बाहिरबाट आएको तरकारीका कारण किसान मारमा पर्नु परेको सूचना अधिकारी पुन बताए ।

उनले भने, ‘यहाँका किसान साँच्चिकै पौरखी हुनुहुन्छ, हाम्रो सहयोग र उहाँहरुको मेहनतले अधिकारीचौरले छुट्टै पहिचान बनाउन सफल भएको छ, किसानलाई बेलाबेलामा आवश्यक तालिम, परामर्श तथा अनुदानसमेत दिँदै आएका छौँ, आधुनिक प्रविधिको प्रयोग पनि गर्नु भएको छ, जसले उत्पादन वृद्धि गर्न टेवा पुर्‍याएको छ, उहाँहरूको त्यो परिश्रमले हामीहरुलाई पनि खुसी बनाएको छ, जिल्लामा धेरै तरकारी खेती गर्ने ठाउँमा अधिकारीचौर पनि पर्छ ।’ रासस

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)लाई अन्तिम रूप दिन कार्यदल बैठक बसिरहेको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदल सदस्यहरू छलफलमा जुटेका हुन्।

कार्यदल बैठकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा सत्ता र प्रतिपक्षी दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिनेछ। यसअघि छानबिन समिति बनाउँदा टिओआरमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडानबाट कांग्रेस पछि हटेपछि दलहरू सहमतिमा पुगेका हुन्।

कांग्रेसले सोमबार साँझ भएको सहमतिलाई पार्टीको संसदीय दलको बैठकबाट अनुमोदनसमेत गरिसकेको छ। कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउनेछन्।

सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। कांग्रेसले आफ्नो पार्टीबाट ३ बजेभित्रमा समितिमा रहने सदस्यको नाम दिइसक्ने प्रमुख सचेतक रमेश लेखकले बताए।

कार्यदलमा एमाले र कांग्रेसबाट दुई-दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना रहने छन्। समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ। आज साँझ बस्ने प्रतिनिधिसभा बैठकबाट समितिले वैधानिकता प्राप्त गर्नेछ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मंगलबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली कांग्रेस लगायत संसद्मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्ष उन्मुख रहेको र सोमबार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘आजको बैठकमा नेपाली कांग्रेस लगायत संसद्मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग हामीले गर्दै आएका थियौँ । त्यसका बारेमा विभिन्न विचारहरू थिए । त्यसमा छलफल चलेकै थियो । हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरूको बिचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । कार्यादेशमा पनि सहमति भयो । कति सदस्य समिति हुने, अवधि कति हुने भन्ने सहमति पनि भयो । त्यो सहमति निस्कर्षउन्मुख सहमति भनेका छौँ । निष्कर्षमा पुग्ने स्थिति बनेको छ । निस्कर्षउन्मुख सहमतिलाई कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ । कार्यदलले अन्तिम रूप दिएपछि संसद्मा आएर समितिका रूपमा बन्छ । ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ । हामी हाम्रो तर्फबाट समितिमा बस्ने मान्य सदस्यहरूको नाम तीन बजे भित्रसम्म दिइसक्छौँ संसद्को सचिवालयलाई ।’

काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले कपनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–२ छापा घर भएका बसुन्धारा बस्ने २८ वर्षीय रवीन्द्र तामाङ र कपनमा बस्दै आएका २० वर्षीय कृष्ण तामाङ छन् ।

टोखा नगरपालिका–१० स्थित महादेवटारबाट उनीहरूले बागमती प्रदेश–०२–०३२ प ९५७१ नम्बरको मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो मोटरसाइकल उनीहरूले नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा बरामद गरिएको छ ।

रामेछाप । आर्थिक वर्ष २०७९/०८० मा रामेछापको दुई नगरपालिका र ६ गाउँपालिका सहित ८ स्थानिय तहमध्ये सबैभन्दा बढी बेरुजु खाँडादेवी गाउँपालिकाको देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार खाँडादेवी फेरि बेरुजुमा सबैभन्दा अगाडि देखिएको हो । खाँडादेवीको १ अर्ब ४९ करोड ७२ लाख ८ हजारको लेखापरीक्षण हुँदा ९ करोड ९७ लाख ९० हजार अर्थात ६ दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । यस अघिको वर्ष १ अर्ब ४७ करोड ८५ लाख ३ हजारको लेखापरीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात ६ दशमलव २ प्रतिशत बेरुजू देखिएको थियो ।

यस्तै सबैभन्दा कम बेरुजु दोरम्बा गाउँपालिकाको देखिएको छ । १ अर्ब ३२ करोड चार लाख ३० हजारको लेखापरीक्षण हुँदा २० लाख मात्रै अर्थात ० दशमलव १५ प्रतिशत बेरुजू देखिएको हो । यस अघिको वर्ष १ अर्ब २२ करोड ४४ लख ७५ हजारको लेखापरिक्षण गर्दा ४ करोड ६६ लख ७८ हजार अर्थात ३ दशमलव ८१ प्रतिशत बेरुजू देखिएको थियो ।

उमाकुण्ड गाउँपालिकाको १ अर्ब ३६ करोड १३ लाख ४४ हजार रकमको लेखापरीक्षण भएकोमा ५ करोड १३ लाख ४७ हजार अर्थात ३ दशमलव ७७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै गोकुलगंगा गाउँपालिकाको १ अर्ब ३९ करोड ७५ लाख ८८ हजारको लेखापरीक्षण गर्दा १ करोड ९६ लाख ६३ हजार अर्थात १ दशमलव ४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ ।

लिखुतामाकोशी गाउँपालिकाको १ अर्ब ५१ करोड ८४ लाख ९१ हजारको लेखापरीक्षण हुँदा १ करोड ७० लाख ४४ हजार अर्थात १ दशमलव १२ प्रतिशत बेरुजू देखिएको छ । त्यस्तै मन्थली नगरपालिकाको २ अर्ब २५ करोड १३ लाख १८ हजारको लेखापरीक्षण हुँदा १ करोड ८८ लाख ४० हजार अर्थात ० दशमलव ८४ प्रतिशत बेरुजु देखिएको छ ।

सुनापति गाउँपालिकाको १ अर्ब २९ करोड ४५ लाख ११ हजारको लेखापरिक्षण हसँदा ३४ लाख ५८ हजार अर्थात ० दशमलव २७ प्रतिशत बेरुजु देखिएको छ । रामेछाप नगरपालिकाको १ अर्ब ८८ करोड ८९ लाख ६५ हजारको लेखापरीक्षण हुँदा ४० लाख ७७ हजार अर्थात ० दशमलव २२ मात्रै बेरुजु देखिएको छ ।

महालेखापरीक्षकको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ स्थानीय तहको १२ अर्ब ५३ करोड ९८ लाख ५५ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएकोमा २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा भने यसपटक रामेछापको स्थानीय तहको बेरुजु घटेको छ । अघिल्लो वर्ष ३७ करोड ७९ लाख ७ हजार रहेकोमा यो वर्ष उक्त रकमबाट घटेर २१ करोड ६२ लाख १९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको हो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।