२०८३ मंसिर १४
२०८३ मंसिर १४

स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरे पछि घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

इलाम । इलामको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउन सकेको छैन ।

२३ हजार २०५ सदर मत गणना हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले १४०१ मत मात्र प्राप्त गरेका छन्।

लिम्बूले आफ्नै वडामा पनि एक सय मत कटाउन सकेनन्। माङसेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका लिम्बूले ९६ मत मात्रै प्राप्त गरेका छन्।

त्यो वडामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ५८६, नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

माङसेबुङ-२ मा मुढा चिह्न भएका उम्मेदवार डकेन्द्र सिंह थेगिमले पनि अपेक्षा गरेअनुसार भोट ल्याएनन् । उनले त्यो वडामा ३१७ मत मत प्राप्त गरेका छन्।

काठमाडौं : अश्‍लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पुर्‍याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि पक्राउ   परे । यसैगरी शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाईन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन केसी र बागलुङका २० वर्षीय सुवास कंडेललाई पनि साइबर ब्यूरोले पक्राउ गर्‍यो । 

कमल प्रसाद, नवराज लगायत यी अभियुक्तहरूले बन्द कोठाभित्र बसेर गरेको अनाधिकृत कामबारे कसैले थाहा पाउलान् भन्ने सोचेकै थिएनन् । उनीहरू त्यति बेला झसङ्ग भए जति बेला साइबर ब्यूरोले अनुसन्धानको लागि बोलायो । पक्राउ परेपछि थाहा भयो, जतिसुकै लुकेर अपराध गरे पनि प्रहरीले नछोड्ने रहेछ । 

उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । यसरी लुकिछिपि प्रविधिको प्रयोग गरेर अपराध गर्ने धेरै जसो अभियुक्तलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । देशभर प्राप्त निवेदन तथा उजुरी उपर प्रविधिको प्रयोग गर्दै सुक्ष्म तरिकाले अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने गरिएको छ । चालु आर्थक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा साइबर अपराध सम्बन्धि १५ हजार ६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ७३ जना साइबर ब्यूरोबाट पक्राउ गरिएको छ ।

आधुनिक प्रविधिले दैनिक जीवनमा सहजता ल्याए पनि यसको दुरूपयोगले चुनौति थपेको छ । यस्ता चुनौतिको सामना गर्न र प्रविधिको प्रयोग गरी हुने अपराध अनुसन्धान तथा रोकथामको लागि नेपाल प्रहरी सक्रिय छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्यूरोको स्थापना गरिएको हो । नयाँ प्रविधि र पूर्वाधारउपर हुने साइबर अपराधको समेत अनुसन्धान हुने गरी ब्यूरोलाई थप प्रभावकारी बनाउँदै लैजाने नेपाल प्रहरीको अभिप्राय छ ।” 

सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरूपयोगका १२ हजार २९६ वटा, भाइबरका १८ वटा, इमोका ९ वटा, युट्यूवका ५१ वटा, ह्याट्सएपका ७ सय २४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६ सय ८६ वटा, वेभसाइट ह्‍याकिङका १० वटा, टिकटकका ६ सय ७८ वटा, इमेलका ९३ वटा, इसेवाका २ सय ६६ वटा र वित्तिय संस्थातर्फ १ सय ६५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा ९ हजार १३ वटा  र आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९/०८० मा १ सय २७ र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ३२ वटा मुद्दा दर्ता भएका थिए । 

प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयले साइबर ब्यूरो स्थापना भएको हो । 

कानूनद्वारा निर्दिष्ट राष्ट्रिय तथा वर्हिक्षेत्रीय अधिकार भएका साइबर कसूरको अनुसन्धान लगायतका काम साइबर ब्यूरोले गर्दछ । साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थी भन्नुहुन्छ, “साइबर अपराध सम्बन्धि निवेदन दर्ताको चाप बढ्दो छ । यस अवस्थामा अभियुक्तलाई कानूनी दायरामा ल्याउन अनुसन्धानलाई प्रभावकारी बनाउने, अनुसन्धान छिटो टुङ्ग्याएर मुद्दा दर्ता गर्ने हाम्रो अविरल प्रयास छ । कानूनी कारवाही आफ्नो ठाउँमा छ भने अनजानमा हुने र लापरवाहीको कारण हुन जाने अपराधबारे जनचेतना जगाउन बेला बखत छुट्टाछुट्टै र आवश्यक विषयमा विज्ञप्ति मार्फत अनुरोध गर्दै आएका छौं ।”   

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने जस्ता अपराध हुने गरेको पाइन्छ । अश्‍लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने अपराधीहरू पनि सक्रिय छन् । अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख हैरानी दिने घटना पनि देखा परेका छन् । सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्‍याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृति पनि हाल साइबर अपराधमा देखिएको पाइएको छ ।

यस्ता प्रवृति देशको आर्थिक, सामाजिक र नैतिक हिसाबले हानिकारक छन् । यस्ता अपराधलाई निरूत्साहित गर्न र भईहालेमा अपराधीलाई कानूनको दायरामा ल्याउन आवश्यक छ । हाल साइबर सम्बन्धि अपराध अनुसन्धानको लागि जिल्ला अदालतलाई समेत अधिकार प्रत्यायोजन भएपछि साइबर अपराधका मुद्दा हेर्न सजिलो भएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही हुने गरेको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “यस्ता प्रवृतिलाई निरूत्साहित गर्न नेपाल प्रहरी सक्रिय छ । साइबर अपराधको रोकथाम र सफल अनुसन्धान गर्ने सम्पूर्ण संयन्त्रहरूलाई परिमार्जन गर्न र सुदृढ बनाउन नेपाल प्रहरी कटिबद्ध छ ।”

बझाङ । बझाङ प्रदेश १(क) अन्तर्गत प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा २२ हजार २९६ मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत प्राप्त गर्दा एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् ।

बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा ९१ ० मा शनिबार भएको उपनिर्वाचनमा ४९।१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।

धुलिखेल ।  छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ ।
आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले १–१ गोलको बराबरी खेलेका थिए।


सुदूरपश्चिमका लागि खेलको १४औं मिनेटमा सन्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन ।
खेलको ३४औं मिनेटमा भुमिका कुमारीले मधेसका लागि गोल गर्दै टिमलाई बराबरीमा रोकिन ।

दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशले प्रदेशलाई ६–० गोल अन्तरले हराएको हो । गण्डकी  प्रदेशका लागि खेलको छैटौं मिनेटमा सीतामाया बलले गोल गर्दै टिमलाई अग्रता दिलाइन । खेलको ३६औं मिनेटमा गिता पुन मगरले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाइन ।


खेलको ३७औं मिनेटमा सीता माया पुनले गोल गर्दै गण्डकी टिमलाई ३–० गोलको अग्रता दिलाइन । खेलको ४५औं मिनेटमा ज्योति काफ्लेले गोल गण्डकीले ४–० गोलको अग्रता बनाएकाे थियाे ।


ज्योतिले नै खेलको ५३औं मिनेटमा गोल गर्दा गण्डकीले ५–० गोलको अग्रता बनाएकाे थियाे । खेलको ५४औं मिनेटमा ह्याट्रिक गर्दै गण्डकीलाई  ६–० गोलको जित दिलाइन ।
आज भएको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोल अन्त्तरले हराएको हो ।


सुदूरपश्चिमका लागि खेलको सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले दुई दुई गोल गरिन । त्यस्तै पुर्निमा उरा एक गोल गरिन ।
आइतबार भएको अन्तिम खेलमा आर्मी क्लबले बागमती क्लबलाई ९–० गोल अन्तरले हरायो। आर्मीका लागि  सरस्वती तामाङले चार गोल गरिन । त्यस्तै सिमा खड्काले दुई गोल गर्दा डम्मरा भट्ट र सुनिता नेगिले एक–एक गोल गरिन । प्रतियोगिता अन्तर्गत सोमबार चार खेलहरु हुनेछन् ।


प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५  हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छन् ।

इलाम । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा नेकपा एमालेले निरन्तर अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका छन् ।

सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।

काठमाडौं । आजदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।

सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पासको लागि सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने छ ।

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोड सहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसरी गर्न सकिन्छ अनुरोध

काठमाडौं । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिन सुरु गरेको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप- एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ ।


जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । गत चैतमा काठमाडौंमा भएको आठौं आरबीबी-एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो । पुरुषमा शीर्ष ८ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुने छन् ।


पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ । महिलामा प्रहरी, एपीएफ, न्यु डायमन्ड, आर्मी, एभरेष्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्ने छन् । पुरुषमा टिपटप र महिलामा प्रहरी डिफेन्डिङ च्याम्पियन हुन् । पुरुष-महिलामा सहभागी टिमले राउन्ड रोविन लिगमा एक आपसमा खेल्ने छन् । शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन् ।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिने छ । उपत्यका बाहिरका टिमलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइने छ । उपत्यकाका टिमको हकमा खाजा खर्च वापत प्रत्येक दिन प्रत्येक खेलाडीलाई जनही २ सय ५० रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ रहेको छ । २०६९ सालमा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशी करिब २ लाख रुपैयाँ रहेकोमा हाल आएर उल्लेखनिय बृद्धि गरिएको अध्यक्ष चन्दले बताए ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आठ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब करिब ७५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ । बाँकी रकम प्रायोजन, बोर्डकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
आयोजक भलिबल संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक युवराज श्रेष्ठले विगतका कमी कमजोरीलाई सुधार्दै प्रतियोगिता अझ व्यवस्थित ढंगले आयोजना गर्ने बताए ।

इलाम । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा अग्रता बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई एक हजार मतले पछाडी पारेका छन् ।

नेम्वाङले ३७८३ मत पाएका छन् भने कांग्रेसका खड्काले २७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले  ७८४ मत पाएका छन् ।

त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।