
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालविरुद्ध टी–२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइसकेको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ ।
नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ ।
कोको परे नेपालको टोलीमा ?
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।
काठमाडौं । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा सेना परिचालनको स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा र बझाइ १ ‘क’ मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।
इरानका एक युवा र्यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सरकार विरोधी प्रदर्शनको समर्थन गरेबापत उनलाई यो सजाय सुनाइएको हो ।
सन् २०२२ मा महसा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । त्यसक्रममा यी र्यापर तूमज सालेहीले आफ्नो गीतमार्फत समर्थन गरेका थिए। सालेहीलाई पहिलो पटक अक्टोबर २०२२ मा गिरफ्तार गरिएको थियो। त्यतिबेला उनले प्रदर्शनकारीको समर्थनमा बोलेका थिए।
२०२३ मा उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो। बीबीसीका अनुसार अहिले फेरि उनलाई भ्रष्टाचार, सरकारविरुद्ध प्रोपोगाण्डा फैलाएको तथा दंगा भड्काएको आरोपमा दोषी ठहर्याइएको छ।
मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्न उनीसँग अब २० दिनको समय छ ।
सल्यान । कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ ।
काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।
कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने किम एह–रा मस्त निदाउन महँगो रकम चुकाउछिन् ।
सन् ३० को दशकमा राम्रो तलव सुविधा पाउने उनी राम्रोसँग निदाउन धेरै पैसा खर्च गर्दैछिन् । यसको एकमात्र कारण कामको धपेडीले उनी कहिल्यै मस्तसँग निदाउन सकिनन् ।
‘यो सबै एक स्लीप डिफ्यूजरबाट सुरु भयो, जसको लागत कोरियन मुद्रा १० हजार वोन भन्दा अलि बढी थियो । मेलाटोनिन गम्मी र म्याग्नेसियम ट्याब्लेट सहित धेरै सप्लिमेन्टहरूमा विस्तार गर्नु अघि अन्ततः ३ लाख वोन भन्दा बढी खर्च हुने आरामदायी सिरानेमै खर्च खरिद गर्नुपथ्र्यो ।’ उनी यसरी अनुभव सुनाउँछिन् ।
दक्षिण कोरियाली यी कामदार किमको खर्चले कोरियाको द्रुत बृद्धि भइरहेको निद्रा बजारलाई प्रतिबिम्बित गर्दछ । जुन सन् २०११ र २०२१ को बीचमा ६ गुणा बढेर ३ अर्ब वोन पुगेको थियो । केबी फाइनान्सियल समूहको थिंक ट्याङ्कले बुधबार जारी गरेको प्रतिवेदनमा आधारित यो विवरणले निन्द्रा बजारको वर्तमान अवस्था छर्लंग पार्दछ ।
अनेक कारणले राम्रो निन्द्राबाट बञ्चित भएर चिडचिडाहट भोगिरहेका मानिसहरुका लागि आरामदायी ओछ्यान उपलव्ध गराउने व्यवसाय सञ्चालनमा छन्, जसलाई निन्द्रा बजार भनेर पनि चिनिन्छ । जहाँ आवश्यक ओखति समेत उपलव्ध हुन्छ ।
सन् २०२६ सम्ममा बजार ४० अर्ब वोनभन्दा बढी हुने अनुमान केबी फाइनान्सियले गरेको छ ।
यो तीव्र बजार वृद्धि कोरियालीहरूको औसतको तुलनामा गहिरो निद्रा सुत्न नसकेको कारणबाट भएको हो । सन् २०२१ तथ्यांकलाई उद्धृत गर्दै थिंक ट्याङ्कले कोरियामा प्रति दिन एकजनाले औसत ४७१ मिनेट सुत्ने गरेको बताएको छ, जुन औसत भन्दा ३० मिनेट कम हो । कोरियालीहरूको निद्राको गुणस्तर पनि निकै कम रहेको छ ।
विश्वका प्रमुख अर्थतन्त्रहरू मध्ये एक कोरियाले मात्र जापान भन्दा राम्रो प्रदर्शन गर्यो जहाँ दैनिक ४४२ मिनेट सुत्न खर्च गरिन्छ ।
बेलायतका मानिसहरू प्रति दिन औसत ५०८ मिनेट निदाउँछन् भने अष्ट्रेलियालीहरू ५१२ मिनेट, अमेरिकी ५३१ मिनेट र चिनियाँ ५४१ मिनेट निदाउँछन् भनेर अनुसन्धानले देखाएको छ ।
स्वास्थ्य प्रविधि फर्म फिलिप्सले गरेको सर्वेक्षणमा १३ देशका १३ हजार उत्तरदाताहरूमध्ये आफ्नो निद्राबाट सन्तुष्ट हुनेहरूको संख्या औसत ५५ प्रतिशत छ । तर कोरियालीहरूका लागि मात्र यो संख्या ४१ प्रतिशत छ ।
तनावको कारण ५४ प्रतिशत निद्रामा बाधा, त्यसपछि ४० प्रतिशतमा सुत्ने अवस्था, ३७ प्रतिशतमा अनिद्रा र कामको दिनचर्या, ३६ प्रतिशतमा अत्यधिक फुर्सदको गतिविधि, ३२ प्रतिशतमा स्वास्थ्य अवस्था र २९ प्रतिशतमा घुर्ने बानीले निन्द्रा खलबलिएर गहिरो निन्द्रा पाउन नसकेको कोरियन टाईम्सले उल्लेख छ ।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि ‘हेर्दाहेर्दै’ मा छ ।
उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो ।
उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
काठमाडौं । एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ ।
अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन् । महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् । सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।
प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।
आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उहाँले बताउनुभयो ।
“आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्”, प्रहरी नायव उपरीक्षक जैसवारले भन्नुभयो । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ । रासस ।
काठमाडौं । काठमाडौं बानेश्वर स्थीत एभरेष्ट होटलमा अर्थ मन्त्री वर्षमान पुन लगाएत पूर्व अर्थ मन्त्री, गभर्नर र पूर्व गभर्नर सहित अर्थबिदहरु को बैठक बसी रहेको छ ।
गोप्य सूचना अनुसार बानेश्वोर स्थित एभेरेष्ट होटेलमा आगामी बजेट निर्माणको लागि अर्थ मन्त्रि बर्षमान पुन सहित गभर्नर महा प्रसाद अधिकारी, पूर्व अर्थमन्त्री युवराज खतिवडा,पूर्व अर्थमन्त्री राम शरण महत र पुर्व अर्थ मन्त्रि जनार्दन शर्मा लगाएत ब्यक्तिको बैठक तथा छलफल हुदै छ ।
नेपालको इतिहासमै पहिलो पटक सत्ता पक्ष, प्रतिपक्ष र अर्थविदहरु संग छलफल गरेर बजेट निर्माण गरिदै छ ।





