२०८३ मंसिर १०
२०८३ मंसिर १०

रौतहट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारी रौतहट जिल्ला समिति द्वारा डाक्टर मौमिता देवनाथको न्यायका लागि दिप गरेका छन् ।

भारतको कोलकतामा बलात्कार पछि मृत्यु भएकी डाक्टर मौमिता देवनाथको न्यायका लागि रौतहटको मेथुर चौक गरुडामा दीप प्रज्वलन गरिएको अखिल क्रान्तिकारी रौतहट जिल्ला अध्यक्ष कुन्दन महतोले जानकारी दिए ।

मंगलबार बेलुका अखिल क्ररान्तिकारी रौतहट द्वारा मेथुर चौक, गरुडामा दिप प्रज्वलन गरेका हुन । डा. मौमिता देवनाथको आत्मा शान्ति तथा दोषीलाई कारबाहीको माग गर्दै दीप प्रज्वलन गरिएको हो ।

अखिल क्ररान्तिकारी रौतहट जिल्ला समिति तथा रौतहटका यूवाहरुको संयुक्त सहकार्यमा आर जे कर मेडिकल कलेज कोलकत्तामा बलात्कार पछि विभत्स हत्या गरिएकी डा. मौमिता देवनाथको सम्झनामा दिप प्रज्ज्वलन तथा शोक सभा आयोजना गरिएको हो ।

गत अगस्ट ९, २०२४ मा ३६ घण्टे ड्युटी सकेर सेमिनार हलमा आराम गर्न गएकी डा देवनाथको बलात्कार पछि हत्या गरिएको थियो तर उक्त घटनाका आरोपीहरुको भने अहिलेसम्म पहिचान हुन सकेको छैन।

कार्यक्रममा उपस्थितहरुले हातमा बलात्कार तथा महिला हिँसा विरुद्ध लेखिएका नारा र मैनबत्ती बोकेर उक्त घटना प्रती ऐक्यवद्धता जनाएका थिए ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु भएको छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउन २५ देखि ३१ गते बसेको पदाधिकारी बैठकले गरेको थियो ।

सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक आजदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने सापकोटाले बताए । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बताइएको छ । सो बैठक भोलि बिहिबार सम्पन्न हुने छ ।

सापकोटाका अनुसार प्रदेश परामर्श बैठकको तालिका निर्धारण गरिएको छ । जसमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते तथा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्नेछ । त्यसैगरी गण्डकीको भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीको कर्णाली प्रदेशको भदौ १४ र १५ गते बस्नेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्नेछ । त्यसैगरी केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते बस्नेछ भने मधेस प्रदेशका भदौ २२ र २३ गते बस्नेछ ।

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ ।

दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार इनारभित्र पसेका सोही ठाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो ।

बुधबार बिहान १० बजेतिर दुवै जना इनार सफा गर्न इनारभित्र पसेका थिए । तर, इनारभित्र अचेत भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट रमेश पराजुलीको कमाण्ड खटिएको नेपाली सेनाको टोलीले उनीहरूलाई इनारबाट अचेत अवस्थामा उद्धार गरेको थियो ।

त्यसपछि उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

झापा । झापाको अर्जुनधारा नगरपालिका-४ दहिझोडा बस्ने ६२ वर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान अवैध कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध हात हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हुम्ला– हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश-२-००१ च ०९२२ नम्बरको जिप आज बिहान चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको अवस्थामा मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो ।

चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य छ ।

दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् ।

बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।

जिप दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।
अगष्ट २४ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।


पुरुष ६० केजीमुनि एलन श्रेष्ठ, ६७ केजीमुनि अनिल उपरकोटी र ३५ केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ४० केजीमुनि सुस्मिता वाइबाले खेल्ने छिन् ।


एलन छैटौं, सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । सुस्मिताले सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । आरोनले मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । अनिलको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।


टोली प्रमुखमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियलमा राजु अधिकारी छन् ।


टोलीलाई सफलताको शुभकामना दिदै पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार खुमल्टारमा एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा, सचिव बिआर मित्रलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं । काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । केभीकेएसएस सिनियर गल्र्स र स्वर्णदीपले जुनियर ब्वाइजमा सफलता केभीकेएसएसले बसुन्धरा नेसनल एकेडेभी (बीएनए) लाई २४–१९ ले पराजित गरेको हो ।

केभीकेएसएसका लागि अनुशा गुरुङले १३ अंक जोडिन् । स्वर्णदीपले एचएचसीएलाई १६–१४ ले हराएको थियो भने स्वर्णदीपका मनीष मगरले ६ अंक जोडेका थिए ।


सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रारम्भावलाई ३०–२५ तथा पारामाउन्टले संस्कृति शिक्षा सदनलाई २२–१८ ले पाखा लगाए । इबीएकी अम्बिा पटेलले १० तथा पारामाउन्टकी एलिना राईले ६ स्कोर गरेकी थिइन् ।


जुनियर ब्वाइजमा नव ज्ञानभूमिले ज्ञान संस्कारलाई १९–१६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई ३१–१८ र सेबले संस्कारलाई ३७–२७ ले पन्छाए । नव ज्ञानभूमिका निकेश खड्काले १०, लालीगुराँसका रोहित गुरुङले १३ र सेबका उविन तामाङले १० स्कोर गरे ।


सिनियर ब्वाइजमा शुभकामनाले हिमालयलाई ३३–२३, गोल्डेनपिकले आयोजक ग्रिनल्यान्ड ‘ए’ लाई ४५–४२ र स्कोलर्स होमले बीएएसलाई २९–२२ पराजित गरेको थियो । शुभकामनाका विमल सिर्पालीले १८, गोल्डेनपिकका विजय तामाङले १३ र स्कोलर्स होमका दिपोन मगरले १५ अंक बटुल्न सफल भए ।

काठमाडौं । भारतमा उपचारको क्रममा योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिए । पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उहाँले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताए ।

प्रदेश प्रमुख जोशीले भने, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।” कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने बताए ।

मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै उहाँहरुका परिवारका एक-एक जना सदस्यलाई रोजागरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए । सीमाङ्कनको विषयलाई लिएर २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो ।

सहिद तथा प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरुले प्रादेशिक सहिद पार्कमा सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोटका पत्रकारद्वय राजेन्द्र कार्की र यज्ञबहादुर खत्री र कालीकोटका तुलराम पाण्डेलाई जनही ५० हजार प्रदान गरिएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।