२०८३ मंसिर ७
२०८३ मंसिर ७

आज देखि तिहार सुरु ; पहिलो दिन आज धनतेरस मनाउँदै

काठमाडौं, २० कात्तिक। नेपालीहरूको महान चाड तिहार आजदेखि धनतेरस मनाउँदै सुरु भएको छ। धन, स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै आज देशभर धनतेरस तथा धनत्रयोदशी पर्व मनाइँदैछ।

यस अवसरमा सुन, चाँदी, तामा तथा अन्य धातुका भाँडाकुँडा र गरगहना खरिद गरी घरमा ल्याउने धार्मिक परम्परा रहेको छ। साँझ घरमा दीप प्रज्वलन गरी माता लक्ष्मी, भगवान् कुबेर र धन्वन्तरीको पूजा आराधना गर्ने चलन छ।

धार्मिक विश्वासअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने मान्यता छ। यस वर्ष तिथिको घटबढका कारण तिहार छ दिनसम्म मनाइँदैछ। शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती, आइतबार कुकुर पूजा र लक्ष्मी पूजा तथा कात्तिक २५ गते भाइटीका मनाइनेछ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।