गोरखा । गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । पहिरो रेमुनाङ भन्दा डेढ सय मिटरको ताल बनेको छ । यो ताल फुट्न सक्ने भन्दै बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

तर ताल एकै पटक फुट्यो भने असर गर्न सक्ने स्थानीयले बताए । ‘अहिले नै फुटिहाल्ने अवस्था छैन । उपकरण भयो भने खोल्न पनि सकिन्छ’, घटनास्थलबाट निमा दोर्जे भन्छन्, ‘अहिले असर नपरेपनि फुटिहाल्यो भने ठुलै बाढी आउँछ ।’
गोरखा प्रहरीले पनि पहिरो खसेको सूचना पाएको जनाएको छ । सूचना आएको छ । अहिले नै ठुलो असर नहोला,´ गोरखा प्रहरीका प्रमुख एसपी अनिल खड्काले भने, हामी सम्पर्कमै छौँ । आवश्यकता पर्यो भने सूचना जारी गर्छौँ ।´









