२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम आज दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार पहिले २ बजे निर्धारण गरिएको शपथको समय एक घण्टा पछाडि सारिएको हो ।

आज शपथ लिने मन्त्रीहरूमा महावीर पुन, जगदीश खरेल, मदन परियार र अनिलकुमार सिन्हा रहेका छन् ।

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताउनुभयो ।

“मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ”, महासचिव गौतमले भन्नुभयो । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

पछिल्ला दिनमा काठमाडौँ गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ । उहाँका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।

काठमाडौँ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो ।

पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

काठमाडौं । रसुवा भन्सार कार्यालय बाढीका कारण बन्द र तातोपानी भन्सार पहिरोले अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। भदौ ३० गतेदेखि औपचारिक रूपमा सुरु भएको यो नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक साधनमार्फत आयात भएको सामान जाँचपास भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन गरिएको छ। हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आएको छ।

साथै, नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्रअनुसार मुस्ताङ भन्सार कार्यालयलाई चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ।

सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापार निरन्तरता दिने नीति अवलम्बन गरेको हो।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । “जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुर्‍याइएपछि हाल संसद् भवन नै छैन । त्यसैले अब यो या त्यो बहानामा काममा ढिलाइ गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर परिचालित भई समय अगावै कार्यसम्पन्न गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो ।

संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचाैंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ ।

राष्ट्रिय र प्रतिनिधिसभा हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको ‘मल्टिपरपज’ हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस निर्माण, इलेक्ट्रिकलअन्तर्गत मुख्य ‘एलटी प्यानल’, सहायक ‘एलटी प्यानल’, इलेक्ट्रिकल फायर फाइटिङ राख्नेलगायत काम बाँकी छन् ।

अनियमितता फेला परे तुरुन्तै कारबाही

मन्त्री घिसिङले आफ्नो कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिनुभएको छ । उहाँले अनियमितता फेला परेमा त्यसमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिनुभयो ।

“विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ । त्यसैले अनियमिता हुने छिद्र पहिचान गरी त्यसलाई बन्द गर्नुहोस् । एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन । सेवा प्रवाहमा पनि सुधार गर्नुस्”, उहाँले निर्देशन दिनुभयो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

श्रेष्ठले शनिबार रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमार्फत पार्टी छोडेको जानकारी दिँदै “कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गर्ने, आलोचकहरूमाथि मिडिया ट्रायल गर्ने प्रवृत्ति” प्रति आपत्ति जनाएकी छन्।

उनले लेखेकी छन्, “जहिलेदेखि पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यहीँदेखि आलोचना गर्दै आएको हुँ। तर त्यसले केही फरक पार्न सकेन, बरु उल्टै मिडिया ट्रायल हुन थाल्यो। अब खुला आक्रमण गर्न सजिलो बनाइदिएको छु—आई क्विट।”

श्रेष्ठले यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएपछि रास्वपा छोड्ने अड्कलबाजी चलेको थियो। त्यतिबेला उनले सामाजिक सञ्जालमार्फत मन्त्री बनेर होइन, पछाडिबाट सहयोग गर्ने स्पष्टिकरण दिएकी थिइन् ।

काठमाडौं । आज राती ९ बजे सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गराएर नौ बजे सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले जानकारी दिए ।

कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै बस्ने प्रधानमन्त्री कार्कीको सिफारिशमा राष्ट्रपतिल संसद विघटन गर्ने भएको छन् ।

काठमाडौं । जेन–जेडको आन्दोलनपछि मुलुकको ताजा राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संयुक्त वक्तव्य जारी गरेका छन्।

वक्तव्यमा अहिलेको संकटको निकास संविधानबाहिर गएर खोज्न नहुने भन्दै संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।

उनीहरूले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई उच्च प्राथमिकतामा राख्दै आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै, संवैधानिक निकास दिनका लागि राष्ट्रपति सक्रिय रूपमा पहल गरिरहेको उल्लेख गर्दै विधिको शासन र संविधानवादमै भरोसा गर्न सबै पक्षलाई अपिल गरिएको छ।

काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्।

आइतबार काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै आपत्ति जनाए।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी तथा सदस्यहरूको आह्वानमा भएको विरोधमा सहभागीहरूले ‘नो ब्यान्ड’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता फर्किँदै छ’ जस्ता प्लेकार्डसहित नाराबाजी गरेका थिए।

प्रदर्शनकारी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्दै आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। उनले सरकारको निर्णयले संविधानले प्रदत्त विचार, अभिव्यक्ति र सञ्चारको स्वतन्त्रतामाथि आघात पुगेको दाबी गरेका छन्।

त्रिपाठीले कुनै पनि सामाजिक सञ्जाल प्रयोग वा सञ्चालनमा रोक नलगाउन माग गर्दै विपक्षीहरूको नाममा प्रतिषेधात्मक आदेश जारी गर्न अदालतसँग आग्रह गरेका छन्।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।