
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।’
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसका नेबि संघ पुर्व सभापति दिनेश कार्की माथि खुकुरी प्रहार भएको छ । जडिबुटी स्थित राजमहल सेकुवा कर्नर अगाडी कार्कीलाइ अज्ञात समूहले खुकुरी प्रहार गरेका हुन ।
आज अन्दाजी ३ बजे तिर अज्ञात समुहले खुकुरी प्रहार गरेर भागेका स्थानीयले बताएका छन् । खुकुरी प्रहारबाट कार्की गम्भीर घाइते भएका छन् । कार्कीको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गर्ने समुहको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ।


काठमाडाैं | सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको हो ।
थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ ।
बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान प्रभावित क्षेत्रमा पुगेको थियो ।






तस्वीरहरू : नेपाल प्रहरी
काठमाडौँ । नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु-१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । रासस
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ को थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ
विज्ञहरू सहितको टोलीले शनिबार हेलिकप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको हो । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।
उक्त क्षेत्रमा पाँच वटा ताल रहेको छ । अरु तालहरु पनि जोखिममा रहेको छ । बाढीले २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।
काभ्रे :गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको शुक्रबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले यस परियोजना महत्वपूर्ण भएको चर्चा गर्दै निर्माण कार्यमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले निर्माणाधिन प्रतिष्ठान परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माण कार्यलाई समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको चर्चा गर्नुभयो । निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल सरकार, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षकहरू, पनौती नगरपालिकाका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त कार्यक्रममा Central Public Works Department (CPWD) का परामर्शदाता ई. राजेश कुमारले निर्माणाधिन प्रतिष्ठान सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
काठमाडौं । विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले १९ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पशुपति, चाबहिल, बानियाटार, बाल्कोट, अनामनगर, सानेपा, नारायणटार, गौरिघाट, नुवाकोट, बौद्ध, बल्खु र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
बुझाइएका २७ ओटा सहित ६१ ओटा सवारी साधन साउन महिनामा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ७ ओटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १० जना व्यक्तिहरूलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
काठमाडौं । तेजस्वी, टीआईए र न्युटनले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेका छन् । तेजस्वी र टीआईएले सिनियर गल्र्स तथा न्युटनले जुनियर ब्वाइजमा जितका साथ यात्रा प्रारम्भ गरेका हुन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलमा भएको सिनियर गल्र्सको खेलमा तेजस्वीले आदित्यलाई ६–२ ले पराजित ग¥यो । तेजस्वीको जितमा एस्थर बरुवालले ४ अंक योगदान गरिन् । सिनियर गल्र्सको अर्को खेलमा अन्जली शाहीको १० अंक सहयोगमा टीआईएले सत्य साइलाई १६–७ ले हरायो ।
जुनियर ब्वाइजमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ९–५ ले पाखा लगायो । सबै स्कोर न्युटनका आशिष राईको नाममा रह्यो । सोही स्पर्धाको अन्य खेलमा लालीगुराँसले आयोजक ग्रिनल्यान्डलाई ११–१०, भ्याली पब्लिकले तेजस्वीलाई ४६–३८ र किङडमले टीआईएलाई ४३–३४ ले पाखा लगाए । लालीगुराँसका सर्गम गुरुङले ४, भ्याली पब्लिकका अशोक विकले १६ र किङडमका जिग्मे लामाले ११ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले ह्याट्रिक जित निकाल्यो । भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२४, केभीकेएसएसलाई ४०–२० र फेरिल्यान्डलाई २५–१८ ले पन्छायो । भ्याली पब्लिकका लागि बीएनए विरुद्ध एन्जल गुप्ताले १०, केभीकेएसएस र फेरिल्यान्ड विरुद्ध लोरिशा गौचनले समान १७–१७ अंक बटुले ।
सिनियर ब्वाइजमा जिनियस वल्र्डले सारथीलाई ४०–२८ तथा भ्याली पब्लिकले डिबीएलाई ५१–३९ ले पराजित गरे । जिनियसका प्रदीप तामाङले १२ तथा भ्याली पब्लिकका सुनिल पौडेलले २१ स्कोर गरे ।
प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । जुनियर ब्वाइजमा २४, सियिनर गल्र्समा १६ र सिनियर ब्वाइजमा २४ गरी ६४ टिमको सहभागिता रहेको छ । फाइनल भदौ ११ गते हुनेछ ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगहरुको लाइन नकाटिने बताएका छ्न् ।
शुक्रबार सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारिणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा उनले उद्योगको साथमा सरकार रहेको र डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगहरुको लाइन नकाटिने बताएका हुन्।
उनले भने, ‘तपाईंहरुले अब सरकारको ढोका ढक ढकाइरहन पर्दैन, साथमा सरकार छ, अहिले ट्रंक लाइनको समस्या आइरहेको छ, यो पनि हल होला, ढुक्कले काम गर्नुस। बरु हामी अध्यारोमा बसौला तर लाइन काटिदैन।’
उनले नवनिर्वाचित लाई शुभकामना दिदै निजि क्षेत्र र लगानी कर्ताहरु कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको बताए।
लगानीकर्ता र निजि क्षेत्रले सरकाराको साथ खोजिरहेकोले उनले ढुक्कले लगानी गर्ने आग्रह गरे। उनले भने, ‘ लगानी गर्नुहोस, तपाईंको लगानी कुनै पनि हालतमा खेर जाने दिइने छैन।’
प्रधानमन्त्रीले सबै मन्त्रालयलाय र मन्त्रीलाई ३ महिने कार्ययोजना प्रस्तुत गर्न माग गरेको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्युले मन्त्री,सचीव, उपसचिव लाई एकदिनमा एउटा् नयाँ काम गरेको जानकारी दिन भन्नुभएको छ।त्यही अनुसार हामीले काम गरेर परिणाम दिन पर्ने छ।’
बागलुङ । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् ।
गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।
गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए । बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए ।





