२०८३ मंसिर १०
२०८३ मंसिर १०

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

बागलुङ । बडिगाड गाउँपालिका- ९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ।

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

बडिगाड गाउँपालिका- १० दर्लिङमा तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


काठमाडौँ । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्तत भएको छ । माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको हो ।

सडकमा पानी जमेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘पानी जमेको ठाउँमा सवारीको फ्लो राम्रो हुन सकेको छैन ।’

पानी जमेको ठाउँमा दुइपांग्रे सवारी नहिँड्दा र ठुला सवारीको गति कम भएर जाम भएको श्रेष्ठले बताए ।
लैनचोरबाट केशरमहलतर्फको सडक र माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगेको छ । माइतीघरको सडकमा पानी बगेको कारण त्यसको असर बबरमहल, थापाथली र कुपण्डोल सम्म देखिएको छ ।

त्रिपुरेश्वर सडकमा पानी जमेपछि कालीमाटीबाट त्यसतर्फ आउने सवारी बिस्तारै चलेको छ । पुरानो बसपार्क क्षेत्रमा पनि पानीको असरले सवारी आवागमनमा समस्या भएको एसएसपी श्रेष्ठले बताए ।

काठमाडौँ । राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ । आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो ।

समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरुपता ल्याउने प्रयास भइरहेको बताउनुभयो । “लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ”, उहाँले भन्नुभयो । सांसद डा.बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।

काठमाडौँ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् ।

विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार, हसिना भारतीय मूलमा प्रवेश गरेकी छिन्।यसैबीच कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘बंगलादेशमा बढेको तनावसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप सतर्कता र सुरक्षा बढाएको छ। विशेषगरी कोसी प्रदेश र अन्य सीमा क्षेत्रमा फौजको संख्या समेत बढाइएको छ। सीमा क्षेत्रमा चेकजाँच र गस्ती पट्रोल र निगरानी समेत बढाइएको छ,’ उनले भने ।

भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको थियो।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए । यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसँग छलफल पनि गर्दै जाने उनले जानकारी दिए ।

त्यस्तै उनले सहकारी रकम हिनामिना आरोपित सम्बन्धित सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसँग समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए।

बिभिन्न निकायबाट माग गरेका तथ्य-तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए ।

कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा एमालेका १० र नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् । सोमबारको बैठकमा राप्रपा सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् ।

माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिएनन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।

गत साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् ।

काठमाडौँ । नेपाली कांग्रेसको विभिन्न  विभाग गठन भएको छ।  सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई  केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।

कुन विभाग प्रमुखमा को हेर्नुस् सूची

राज्य प्रशासन विभाग गोविन्द भट्टराई

स्थानीय तह समन्वय विभाग मधु आचार्य

अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा

संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी.

संसदीय मामिला विभाग गोविन्दबहादुर शाह

कानून विभाग मानबहादुर नेपाली

विद्यार्थी विभाग राजीव ढुंगाना

पेशागत तथा वुद्धिजीवी विभाग डा. डिला संग्रौला

शिक्षा विभाग नैनसिंह महर

स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव

निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य

सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग शिवप्रसाद हुमागाँइ

कृषि तथा किसान विभाग उमेश श्रेष्ठ

खेलकूद विभाग उमेशजंग रायमाझी

प्राकृतिक स्रोत विभाग तारामान गुरुङ

साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना

दलित समुदाय समन्वय र सशक्तिकरण विभाग लक्ष्मी परियार

द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे

मुस्लिम विभाग मैकुलाल वाल्मिकी

वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा

विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट

भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू

आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल

शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार

श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली

भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड

मानव अधिकार विभाग धना खतिवडा

वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा

बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना

नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा

व्यवसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल

विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित

सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी

पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी

धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित

पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।