२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायक नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए ।

उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताए।

मेष : यस राशिका जोडिहरुको बिचमा बेला बेलामा समस्या आइरहन सक्छ । तर प्रेमी वा प्रेमीका मध्ये कुनै एकले बेलैमाथी सावधानी अथवा लचकता अपनाएमा सम्बन्धमा सुधार आउन भने खासै समय लाग्दैन ।

वृष : वृष राशि भएका ब्यक्तिहरुलाई आफ्नो बैवाहिक जिन्दगीलाई बचाउन निकै समस्या हुन सक्छ । बिषेसगरी वृष राशि भएका ब्यक्तिहरु कुनै समयमा प्रेमी प्रेमीका भएको अनुभुत गर्दछन् भने कति बेला जिवनसाथी भएको अनुभुत गर्ने गर्दछन्, यो राशिका ब्यक्तिहरु धेरैजसो अलमलमै जिवन यापन गरेको पाउन सकिन्छ ।

मिथुन : यो राशि भएका ब्यक्तिहरु प्रेममा आपसी समझदारी कामय गर्न सक्ने खालका हुन्छन् । प्रेमको बिषयमा सबैभन्दा उत्कृष्ट राशि मानिन्छ यो । यस राशिका ब्यक्ति हरुले प्रेमी प्रेमिका लाई भरपुर साथ दिन्छन् र यो राशि संगको संम्बन्ध दिर्घायु पनि हुन्छ ।

कर्कट : कर्कट राशिका ब्यक्तिहरुलाई पनि प्रेममा अनावश्यक झञ्झट र खटपट मात्र आइरहन्छ । बिषेसगरी यस राशिका मानिस हरुलाई स्वास्थ्य संबन्धी गडबडी आईरहने भएकाले यो राशिका मानिसहरु कम बोल्ने गर्दछन् । जसका कारण सम्बन्धमा समस्या आउन सक्दछ ।

सिंह : सिंह राशिका ब्यक्तिहरु संगको प्रेम नजिक हुदा मात्र सम्भव हुन्छ, टाढा रहने बित्तिकै सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ । त्यसैले यस राशिका ब्यक्ति हरु संग प्रेम सम्बन्ध चलिरहेको छ भने टाढा रहनु उचित कदापी हुदैन । सधै समिपमा रहने हरुको जोडि सफल हुने संभावना हुन्छ ।

कन्या : यस राशिका ब्यक्तिहरुको माया प्रेममा खासै उतारचढाव आउदैन । एकरुपले निश्चीन्त भएर माया गर्ने राशिमा पर्दछ कन्या राशि, कन्या राशि संगको प्रेम सम्बन्ध निकै बलियो हुने हुनाले चाहेर पनि छुटाउन सकिने अवस्था हुदैन । तर सजिलै संग आफ्नो प्रेम ब्यक्त गर्न र आफ्ना घर परिवार संग यस बिषयमा खुलेर भन्न सक्ने अवस्था हुदैन र सक्दैनन् पनि ।

तुला : तुला राशिका ब्यक्ति लाई प्रेम मा त्यति लगाव हुदैन यिनिहरु प्रेम भन्दा प्रतिष्ठा लाई धेरै महत्व दिने भएकाले प्रेममा समस्या आउन सक्ने संभावना प्रवल रहन्छ । समय समयमा यिनी हरुको घमण्ड अत्याधीक भएका कारणले नै प्रेम सम्बन्ध को अनत्य पनि हुन सक्छ तर कहिले काँही भने यस राशिका ब्यक्ति हरुमा हदै सम्म झुक्ने बानी रहेको हुन्छ ।

वृश्चिक : यस राशिका ब्यक्तिहरु प्रेमको बिषयमा अत्यन्तै गहिरो सोच र बिचारमा पुगेर मात्र निर्णय लिने गर्दछन् । अवश्यकता भन्दा धेरै सोच्ने भएकाले यस राशिका ब्यक्ति हरुले पूर्ण रुपमा प्रेम ब्यक्त गर्न सक्दैनन् । यसैकारणले पनि यस राशिका ब्यक्तिहरु संगको प्रेम सम्बन्ध खासै सफल भने देखिदैन ।

धनु : धनु राशिका ब्यक्तिहरुको सम्बन्धमा पनि बेला बेलामा समस्या आइरहन सक्छ । प्रेम जिवन र ब्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्र बिचको तालमेल मिलाउन नसक्दा यिनिहरुले प्रेममा निकै झञ्झटपुर्ण प्रेमको अनुभुती गर्दछन् अनि प्रेममा समस्या आउन सक्छ ।

मकर : यस राशिका मानिसहरु प्रेममा धेरै आवेगी र अहंकार पुर्ण ब्यवहार देखाउदछन् । यो राशिका ब्यक्तिहरु संगको प्रेम सम्बन्ध निकै झंझटीलो हुन जान्छ । यस राशिका पे्रमी प्रेमिका हरुमा रवाफ र दवाव देखाउने, धाक धक्कु लगाउने चलन बढी हुन्छ । त्यसैकारण सुमधुर प्रेम सम्बन्ध बढ्नुको साटो घट्दै समाप्त हुन जान्छ ।

कुम्भ : कुम्भ राशि संगको प्रेम सम्बन्ध निकै अचम्मको हुन्छ । यिनीहरुसंगको प्रेम सम्बन्ध सामान्य कारण ले प्रगाढ हुन्छ भने सामान्य कारण ले नै सम्बन्ध टुट्न सक्ने संभावना रहन्छ । प्रेममा नयांपन ल्याउने कोषिस गरिरहन्छन् भने सामान्य कारणले उतारचढाव हुने भएका कारण ले यस राशि संगको सम्बन्धमा त्यही नयाँपन प्रेम सम्बन्ध छुटाउने कारण बन्न सक्दछ ।

मीन : यस राशिका ब्यक्तिहरु प्रेमलाई आवश्यकता भन्दा बढी नै मशत्व दिन थाल्छन् । आवश्यकता भन्दा बढी महत्व दिने भएका कारण धरै जसो दुखी हुनु पर्ने अवस्था आउछ । । प्रेम जिवन र ब्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्र बिचको तालमेल मिलाउन नसक्दा यिनिहरुले प्रेममा निकै झञ्झटपुर्ण प्रेमको अनुभुती गर्दछन् अनि प्रेममा समस्या आउन सक्छ ।

काठमाडौं । हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा आयोजना गर्ने भएको छ ।


विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको १ सयौं वर्ष पनि मनाइरहेको छ । यही अवसरमा फिडे यसपालि २० जुलाईमा २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वल्र्ड रेकर्डस्’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई उसले फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिइएको छ । फिडेको यही अभियानअन्तर्गत् नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले बताइन् ।


नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहेकी खम्बूले भनिन्, ‘फिडेले १ सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौं । स्वीस प्रणलीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’ पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने पनि उनले बताएकी छन् ।


युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठले भन्छिन्, ‘चेस खेलेरै गिनिज वल्र्ड रेकर्ड्स बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको छ । मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष जोडिएको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौं ।’


कुल ५१ हजार ५ सय रुपिया पुरस्कार रहेको प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ७ हजार, तेस्रो हुनेले ४ हजार, चौथोले ३ हजार तथा पाँचौं हुनेले २ हजार पाउनेछन् । त्यस्तै, छैटौंदेखि शीर्ष १० मा अटाउने खेलाडीले जनही १ हजार प्राप्त गर्नेछन् ।


महिलाको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार हात पार्नेछन् । त्यस्तै, अनरेटेड, यू–९, यू–११, यू–१३, यू–१५, बेस्ट एचसीए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ १७०० मुनि, १९०० मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ ।


सबै स्पर्धाका विजेताले १ हजारदेखि १ हजार ५ सय रुपियासम्म नगद पुरस्कार पाउनेछन् । तर, कुनैपनि खेलाडीलाई दोहोर्याएर पुरस्कार प्रदान गरिने छैन । खेलाडीले प्रतियोगिताको निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ । हिमालयन १०० को भेन्यू पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन् । क्लोथिङ ब्रान्ड कोक्रोमाले पनि साथ दिएको छ ।


हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताको रुपमा हिमालयन १०० आयोजना गर्न लागेको हो । उसले यसअघि एसईई कप (अषाढ ८–९) गते आयोजना गरेको थियो ।

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खानेपानी तथा ढल निकास विभागमा स्वागत तथा कार्यविवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले मन्त्रालयमा थप बजेटको व्यवस्थागरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए ।

“खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु । मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी र तहतप्काबिच समन्वय र सहकार्य आवश्यक छ । हामी सबै मिलेर पक्कै पनि सफलता प्राप्त गर्ने छौँ”, मन्त्री यादवले भने ।  

तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको, विशेष गरी मधेशमा वीरगञ्जलगायत क्षेत्रमा गम्भीर समस्या देखिएको भन्नुहुँदै उहाँले यी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका काम र समस्याबारे जानकारी लिनुका साथै स्वच्छ खानेपानी उपलब्ध गराउने उपायबारे चासो राखे । 

त्यसअवसरमा उनलाई सङ्घीय, प्रदेश र स्थानीयस्तरमा सञ्चालनमा रहेका विभिन्न आयोजना कार्यालयको गतिविधि, सञ्चालित परियोजनाको अवस्था, कार्यान्वयनका क्रममा विभागले सामना गरिरहेका नीतिगत समस्या, बजेट व्यवस्थापन, आयोजनाको दिगोपना र वातावरणीय प्रभावजस्ता प्रमुख चुनौतीका बारेमा जानकारी गराइएको थियो । 

विभागका गतिविधिबारे जानकारी दिएपश्चात मन्त्री यादवले समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न र प्रभावकारी ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक समन्वय र नीतिगत सुधारका लागि पहल अघि बढाउन मन्त्रालयका सचिव र विभागका महानिर्देशकलगायत कर्मचारीलाई निर्देशन दिए । 

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनकाे सिमलतालमा भएको बस दुर्घटनामा हराएकाहरूको खोजी आज पनि चलिरहेको छ ।

ध्वनि तरङ्गमार्फत पानीमुनि खोज्न सकिने प्रविधि सोनार डिभाइस, पानीमुनि हेर्न सकिने क्यामेरा लगायतको प्रयोग गरी खोजी भइरहेको भए पनि आज दिनभरमा बस तथा हराइरहेका व्यक्तिको थप शव नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

आज बिहानसम्म १७ जनाको शव भेटिएको छ । तीमध्ये नौ जनाको शवको पहिचान भएको छ । त्रिशूलीमा खसेर हराएका दुवै बस भेटिएका छैनन् । यात्रुहरूको शव पनि दुर्घटनास्थलभन्दा झन्डै एक सय किलोमिटर तलसम्म भेटिएका हुन् ।

पहिरोले त्रिशूलीमा खसालेका दुई वटा बसमा गरी ६५ जना यात्रु चढेका विवरण प्राप्त भएको छ । उनीहरूमध्ये तीन जनाले ज्यान जोगाउन सफल भएका थिए । चितवनका होटल व्यवसायीहरूले बस दुर्घटनामा आफन्त गुमाएका परिवारजनलाई अहिले निःशुल्क बस्न र खान सुविधा दिएको बताएका छन् ।

चितवन । चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोली चढेको गाडीमाथि आगजनी भएको छ। भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमणको प्रयास समेत गरे।

बुधबार दिउँसो भरतपुर महानगरपालिका -७ मा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएको गाडी उनीहरूले प्रहरीकै अगाडि आगजनी गरिदिएका हुन्। प्रस्तावित पूर्वपश्चिम रेलमार्गको गुगल म्याम सर्भे गर्न आएका कर्मचारीमाथि आक्रमणको प्रयास भएको हो।

मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो। भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन्।

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।

काठमाडौँ । रसुवामा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रविन्दु भएर ३.९  म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपाल भूकम्प मापन र अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पनि विश्वासको मत लिने कुरा जानकारी गराएका छन्।

संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलील असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले साउन ३२ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन्। सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन्।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।