२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौँ १३ बैशाख । गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलको सहिद पार्कमा आयोजित खुल्ला ल्ला डन्डी वियो प्रतियोगिता २०८२ को उपाधी रामेछापको टिम चनखु ग्लोबलले जितेको छ ।

द्वन्द मैत्री समाज नेपालको आयोजना र राष्ट्रिय खेलकुद परिषदको प्रायोजकमा २०८२ वैशाख १३ गते सञ्चालन गरेको प्रतियोगितामा रामेछापबाट पाँच टिम, सिन्धुपाल्चोक,दोलखा बाट क्रमशः एक-एक टिम र आयोजक टिम गरि ८ टिमको सहभागी रहेको थियो । त्यस्तै गरि टिम भोटौली र टिम दोरम्बा क्रमशः दोश्रो र तेश्रो हुन सफल भएका थिए ।

पहिलो हुने टिमलाई पन्ध्र हजार, दोश्रो हुने टिमलाई दश हजार र तेश्रो हुने टिमलाई पाँच हजार नगद सहित मेडल र प्रमाण पत्र दिईएको द्वन्द मैत्री समाज नेपालका महासचिव डम्बर थामीले जानकारी दिए ।

उक्त कार्यक्रम राष्ट्रिय शान्ति तथा सहिद पार्कको संयोजक सुदर्शन सिग्देलले उद्घाटन गर्नु भएको थियो भने संबिधान सभा सदस्य तथा बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले पुरस्कार वितरण तथा समापन गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य अन्जन धमला, ई-स्पोर्ट एसोसिएसन नेपालका महासचिव पवन कार्की, नेपाल पौडी संघका सचिव गंगा गोले लगाएतको उपस्थिति रहेको थियो ।

काठमाडौँ । संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य हुँदै छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

काठमाडौँ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न ढिलाई भएको छ ।

बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफलमा छन् ।

बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ।

यसअघि १५ गते शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।

अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।

मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

गत शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।

उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई गेटबाट फिर्ता पठाइएको छ ।

ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘पत्र बुझ्न मानेनन् अब हामी प्रक्रियामा जान्छौं’, उनले भने

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यतालिका छ । 

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड़काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका छ । 

त्यसैगरी दिउँसो १ः१५ मिनेटमा बस्ने राष्ट्रियसभाको आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । मन्त्री अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने छ । 

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 

उपप्रधानमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहनेछ । 

त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तु गर्नुका साथै सोही विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यतालिका छ ।

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्यले पदभार सम्हालिसकेका छन् । सोही प्रकणमा घिसिङले दिएको मुद्दामा सर्वोच्चले आजका लागि पेसी तोकेको हो ।

घिसिङले सरकारले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गरेका छन् । उनले आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि माग गरेका छन् ।

 

काठमाडौ । बझाङ घर भइ काठमाडौ बस्दै गरिब ,दुखी विधार्थीको सेवामा तल्लीन सुरेश घर्तीलाई अनेरास्ववियु केन्द्रीय कमिटीले केन्द्रिय सदस्यमा मनोनीत गरेको छ । 

लामो समयदेखि अनेरास्ववियुमा आवद्ध घर्ती यसभन्दा अगाडि अनेरास्ववियु बझाङ -काठमाडौ सम्पर्क कमिटी अध्यक्ष हुँदै हाल सुदुर पश्चिम -काठमाडौ सम्पर्क कमिटीको अध्यक्ष समेत रहेका छन् । 

घर्ती राजनीतिमा मात्र नभै निर्माण पेशा व्यवसायमा पनि आवद्ध भएका नेता हुन्  । उनले अनेरास्ववियुको विभिन्न कार्यक्रममा आर्थिक सहयोग सहित अन्य आवस्यक  सहयोग  गर्दै आइरहेको छ  । 

केन्द्रिय सदस्यमा मनोनीत भएपछि घर्तीले आफुले पाएको जिम्मेवारी ,संगठनले गरेको विश्वासलाई जित्ने गरि काममा लाग्ने बताएका छन् ।

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणीका लागी ६८८ जना शिक्षक माग गरेको छ ।

आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर सात सय रुपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रुपैयाँ लाग्नेछ।

tsc nimaviDownload
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।