
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।
आज घोराहीमा आयोजित एक कार्यक्रममा उहाँले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताउनुभयो । संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताउनुभयो । “रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ”, उहाँले भन्नुभयो, “२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेकोे हो ।”
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा काठमाडौँमा विरोध प्रदर्शनको गर्न लागेको छ । समाजवादी मोर्चाले शुक्रबारको विरोध प्रदर्शनको रुट तयार परेको छ ।
मोर्चाका अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । रुट नम्बर–१ (कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप रहने छ ।
यस्तै रुट नम्बर–२ (कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप रत्नपार्कतर्फको भाग रहने) छ भने रुट नम्बर–३ मा (सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप आर.आर. क्याम्पसतर्फको भागमा रहने छ ।
जुलुस सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ । १ बजेदेखि हुने वृहत जनसभाको कार्यक्रमिक मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाको भनाइ छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान विपक्षी दलले लिएका छन्।
जसका कारण बुधबार पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलले अवरुद्ध पारेका थिए।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोलामा १३ सय रुपैयाँले बढेर एक लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार प्रतितोलामा एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलामा दुई हजार २० रुपैयाँ भएको महासंघको भनाइ छ ।
रामेछाप । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला समितिले कुलमान घिसिङको गृह जिल्लामा बिरोध प्रदर्शन तथा राके जुलुस निकालेको छ ।

बिरोध प्रदर्शनमा केपी ओली मुर्दावाद ,नालायक सरकार मुर्दावाद !, उर्जामन्त्री राजीनामा दे !, केपी ओली मुर्दावाद !, जस्ता नारा लगएका थिए ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त हुन केही महिना मात्रै भएका घिसिङलाई सोमबार साझा मन्त्रीपरिषद्को बैठकले हटाउने र हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो ।
घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि माओवादी लगायतका पार्टी र नागरिक स्तरबाट समेत सरकारको विरोध भइरहेको छ ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले १६ प्रहरीलाई चेतावनी दिएको छ ।
प्रकाशित सूचनाअनुुसार लामोसमयदेखि विना जानकारी कार्यालयले खटाएको काममा हाजिर नभएको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ ।
सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने पनि हेडक्वार्टरले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागिरहेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । युवाहरु उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जानेक कुरालाई नकारात्मक रुपमा लिन नहुने बताए ।
उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जानकारी समेत गराए ।
उनले भने ‘व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’
देश बन्दै बन्दै बनेर युवाहरुमा नकारात्कक प्रभाव पार्ने काम भइरहेको भन्दै उनले यस्तो गर्न नहुने समेत बताए ।
काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई काठमाडौं बानियाटार बस्ने २० वर्षीय सुरेन स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४४ ट्याब्लेट सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम पुजन साह सुडीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बर्दिबासबाट डाबरीतर्फ जाँदै गरेको ज.१२ प ६१२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र जुब्लिन १ सय २३ ट्याब्लेट सहित बाग्लुङ वरेङ गाउँपालिका-१ बस्ने २२ वर्षीय प्रेम बहादुर थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.प्र.०१००१ ज ००९३ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल र डाइजेपाम १५ एम्पुल सहित सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २४ वर्षीय नेत्र बहादुर खनाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-४ काकुम झोडा डेरा गरी बस्ने रतुवामाई नगरपालिका-८ घर भएका ३० वर्षीय सुशिल मोतेलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र नगद ६१ हजार ६ सय ४० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको को. २४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
चितवन, रत्ननगर नगरपालिका-७ मालपुर बस्ने ३१ वर्षीय गणेश लामालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम र नगद १ लाख २० हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ वरकोबोटबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ४४ एम्पुल, फेनारगन १ सय ४२ एम्पुल र डाइजेपाम १ सय ४३ एम्पुल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-११ रानीपौवा बस्ने २६ वर्षीया एलिना पुन, माछापुच्छ्रे गाउँपालिका-३ घाचोक बस्ने ४१ वर्षीय सन्तोष गुरूङ र अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका-२ मिरूवा बस्ने ३१ वर्षीय सुजन गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले बुटलवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, जानकी गाउँपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-८ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ बिजुलीयाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने बझाङ केदारस्यु गाउँपालिका घर भएकी ४५ वर्षीया गौरी गुरूधामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देबरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
झापा, दमक नगरपालिका-५ आकाशे पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित कमल गाउँपालिका-५ मंगलबारे बस्ने २८ वर्षीय सुरज तुम्बाहाम्फेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-४ स्थित पूर्व बस स्टेण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट र स्पास्पेन १ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० शिव नारायण टोल बस्ने २५ वर्षीय सविन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बिशालनगर सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बादल लुहार र २६ वर्षीय साहिल धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बादलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा सरकारले गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद डा.सुनिलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नु निकै महत्त्वपूर्ण भएको मन्त्री पौडेलले बताए ।
“स्वास्थ्य बिमाको कानुन बनाउँदा १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको बिमा सरकारले गर्ने व्यवस्था गर्ने गरी स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ”, मन्त्री पौडेलले भने,“नेपालमा ६६ लाख घरपरिवार छन, सबैलाई अनिवार्य स्वास्थ्य बिमामा जोडनुपर्छ, सक्नेले आफैँ गर्छन, नसक्नेलाई राज्यले तिर्ने व्यवस्था गर्नुपर्छ ।”
उनले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको सुरु गर्न मन्त्रालयले प्रतिवेदन ल्याएको र स्रोत सुनिश्चितताबारे योजना बनाइरहेको बताए ।
स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लामा सात सय ५३ स्थानीय तहमा लागू भएको छ । सेवा प्रदायक संस्था चार सय ८४ रहेका छन । जसमध्ये सरकारी ४०३ सरकारी अस्पताल, ४८ निजी अस्पताल र ३३ वटा सामुदायिक अस्पताल छन् । देशभरी तीन सय ४४ कर्मचारी अस्थायी र करारमा कार्यरत छन् ।
“स्वास्थ्य बिमाको स्रोत सुरक्षित छैन र आम्दानी पनि सुनिश्चित छैन”, मन्त्री पौडेलले भने,“बिमा कोष बनाएर व्यवस्थित बनाएर लैजानुपर्छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, सल्लाह गरौँ ।”
काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताए ।
राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताए ।
उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे । उनले जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गरे ।





