२०८३ मंसिर ९
२०८३ मंसिर ९

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् । उनी र किम जोङ उनबिच अझै पनि राम्रो सम्बन्ध रहेको उनले बिहीबार भनेका हुन् ।

दुई देशबिच पहिले नै धेरै शिखर सम्मेलनहरू भइसकेका भन्दै ट्रम्पले फेरि एक पटक किम जोङलाई आणविक शक्तिको रूपमा उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे । के उनी किमसँग सम्बन्ध पुनर्स्थापित गर्ने योजनामा छन् रु भनेर ट्रम्पलाई सोधिएको थियो । यसको जवाफमा ट्रम्पले किम र आफूबिच निकै राम्रो सम्बन्ध रहेको र अब के हुन्छ भनेर हामी हेर्नेछौँ भनेका थिए ।

तर, उत्तर कोरिया निश्चित रूपमा एक आणविक शक्ति भएकोमा पनि ट्रम्पले जोड दिएका थिए । जनवरी २० मा आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै ट्रम्पले उत्तर कोरियालाई आणविक शक्ति राष्ट्र भनेका थिए । यसपछि ट्रम्पले आणविक हतियार हटाउनुको सट्टा हतियारको सङ्ख्या घटाउनेबारे पो प्योङयाङसँग वार्ता गर्ने हुन् कि भनेर प्रश्नहरू उब्जिएका थिए ।

रुस र चीनको आणविक हतियार भण्डारको उल्लेख गर्दै यी दुवै देशले आणविक हतियारको सङ्ख्या घटाउन माने यो नै ठुलो उपलब्धि हुने ट्रम्पले बताएका थिए । भारत, पाकिस्तान र आणविक हतियार भएका अन्य देशहरूलाई पनि यस प्रक्रियामा संलग्न गराउन आवश्यक हुने उनले भनेका थिए ।

काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घर भएका २१ वर्षीय सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका २१ वर्षीय बिशाल थापा र कास्की घर भएका १६ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० बस्ने २३ वर्षीय पारस बुढामगर र दैलेख महाबु गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड धौलाकोटी होटल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने १९ वर्षीय असिम रावत र पञ्चपुरी नगरपालिका-६ बस्ने २० वर्षीय आकाश खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, कनकाई नगरपालिका-४ मनकामना टोलबाट अवैध लागूऔषध गाँजा ८ किलो ४० ग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ईन्द्र चौधरी र उनकै श्रीमती ३२ वर्षीया ममता चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय कुबिर राई र सोही उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय समिर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ४१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका-९ दमार बस्ने २० वर्षीय गणेश वादी, २४ वर्षीय दिलिप वादी र २५ वर्षीय धुर्व वादी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, लालझाडी गाउँपालिका-३ बल्मी बस्ने २२ वर्षीय मिलन राना र सोही गाउँपालिका-२ कञ्ज बस्ने २७ वर्षीय पुरन रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय दिवस चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भिमदत्त नगरपालिका-१८ बागवाणी बस्ने नरेश बमबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात नरेशको घर तलासी गर्दा १ ग्राम ३९ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन फेला पारी नरेश र उनकै श्रीमती हिरा बमलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय धने राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भानुचोकबाट जिरोप्वाईन्टतर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिड्नी, अस्ट्रेलिया – नेपाल खेलकुद विश्वविद्यालयका सचिवालय सदस्य एवं खेलबिज्ञ डा. ओमकृष्ण प्रसाई र अस्ट्रेलियाको सिड्नीस्थित नेपालका वाणिज्य दूत सञ्जीव शर्माबीच खेलकुद साझेदारीसम्बन्धी छलफल सम्पन्न भएको छ।


सिड्नीस्थित नेपाल वाणिज्य दूतावासमा सम्पन्न उक्त भेटवार्तामा नेपाल-अस्ट्रेलिया खेलकुद साझेदारीका सम्भावनाहरू, प्रशिक्षण कार्यक्रम, छात्रवृत्तिको अवसर, र खेलकुद विकासका विभिन्न पहलहरूबारे विस्तृत छलफल भएको थियो।


वाणिज्य दूत शर्माले प्रवासी नेपाली खेलाडीहरूलाई समेट्ने नीतिगत अवधारणा आवश्यक रहेको उल्लेख गर्दै, यसबारे राज्यका जिम्मेवार निकायहरूलाई जानकारी गराएको उल्लेख गरे। साथै, अस्ट्रेलियाको व्यावसायिक खेल प्रणाली तथा आधुनिक खेल प्रविधिलाई अनुकरण गर्दै नेपालसँग सहकार्य गर्ने विषयमा पनि प्रक्रिया अगाडी बढाएको उनले जानकारी गराए ।साथै अस्ट्रेलिया सरकारले खेलकुद तर्फ छात्रवृत्तिमा आफुले प्राथमिकता राखेको बाणिज्य दुत शर्माले बताए।


डॉ. प्रसाईले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको महत्त्वबारे प्रकाश पार्दै, खेलकुदलाई बौद्धिक विशिष्टता प्रदान गर्न नेपाल सरकारले उपलब्ध गराएको शैक्षिक संरचनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। साथै, राष्ट्रिय खेलकुद परिषद्को पहलमा गठित खेलकुद विश्वविद्यालय कार्यदललाई थप अधिकार सम्पन्न बनाइएको जानकारी समेत उनले दिए।
भेटवार्ताका क्रममा वाणिज्य दूत शर्माले नेपाल खेलकुद विश्वविद्यालय र समग्र खेलकुद विकासका लागि प्रवासी नेपाली समुदायसँग सहकार्य गर्दै थप पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।


उक्त छलफलले नेपाल-अस्ट्रेलिया खेलकुद साझेदारीलाई नयाँ उचाइमा लैजाने आशा गरिएको छ। नेपालका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनका लागि आवश्यक रणनीतिक साझेदारीको ढोका खोल्ने यो प्रयास भविष्यमा ठोस कार्यान्वयनमा रूपान्तरण हुने अपेक्षा गरिएको छ। प्रसाईले मेलबर्नमा सम्पन्न भएको मेलबर्न शिखर सम्मेलन २०२५ मा नेपाल खेलकुद विश्वविद्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए।

काभ्रे । “स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मुल नाराको साथम पाँचखाल नगरपालिका वडा नम्बर १३ मा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलबार श्री राम उच्च माध्यमिक विद्यालय कोशिदेखामा समर्पित ईन्टरनेसनल र काभ्रे  पलाञ्चोक सेवा समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको रेडियो नमोबुद्धका  संवाददाता श्याम योञ्जनले जनाकारी दिए । 

शिविरमा नशा तथा हाडजोर्नी,मुटु रोग,ई.सि.जि र ईको द्वारा बिरामीको चेकजाँच गरिएको थियो । विर हस्पिटल र गंगालाल  हस्पिटलका विशेष डाक्टरहरुको उपस्थितिमा भएको शिविरमा  २७२ जनाले सेवा लिएको कोशिदेखा स्वास्थ्य  चौकि इन्चार्ज उर्मिला खरेल थपलियाले बताइन् ।

काठमाडौँ । आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनअन्तर्गत माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापति निर्विरोध जितेको छ । क्रान्तिकारीकी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख ममता अधिकारीले २१ क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित भएको जानकारी दिइन् ।

उनका अनुसार जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा सुस्मिता श्रेष्ठ, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा प्रकाश डाँगी, त्रावती सामुदायिक क्याम्पस धादिङमा अभिसेक थपलिया, शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा बम धामी, राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिममा सुप्रिम वली, सुर्योदय क्याम्पस हुम्लामा रिमिलाल बुढा, सिम्रुतु क्याम्पस रुकुम पश्चिमा दिपेन्द्र ओली स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै गल्बा क्याम्पस हुम्लामा रिमिलाल बुढा, शंकरपुर क्याम्पस दार्चुलामा जानकी टमटा, सहयोगी क्याम्पस काठमाडौंमा प्रदीप श्रेष्ठ, श्रीकृष्ण क्याम्पसमा सबिन श्रेष्ठ, सन्जिबनी क्याम्पस काभ्रेमा दीपक रानामगर, प्रभा क्याम्पस काभ्रेमा सुजन चौलागाईं सभापतिमा निर्विरोध भएका छन् ।

क्रान्तिकारीबाट स्ववियू सभापतिमा निर्विरोध निर्वाचित हुने अन्यमा आदर्श जनता क्याम्पस सर्लाहमा रेबेन्द्र दाहाल, बनगार्ड क्याम्पस सल्यानमा जीवन विष्ट, सिध्दपृथ्वी जनता क्याम्पस श्रीगाउँ दाङमा सुदीप चौधरी, सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य, सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिममा वीरभान भण्डारी, स्यार्पु बहुमुखी क्याम्पस रुकुपश्चिममा टेकराज विश्वकर्मा, रोल्पा नमुना क्याम्पसमा ओनसरी घर्तीमगर र लिकु संयुक्त क्याम्पस डोल्पामा राजेन्द्र बुढा छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । ०६५ सालयता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छैन । आगामी ५ चैतका लागि निर्धारित निर्वाचनअन्तर्गत शनिबार मनोनयन दर्ता भएको छ ।

काठमाडौं– विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । 

विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालिमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।

त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस(आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विनाेदराज जाेशीले उम्मेदवारी दर्ता गरेका  छन् ।

चैत्र ५ गते सम्पन्न हुने स्ववियु निर्वाचनको लागि नेविसंघबाट जोशिले सभापति पदको लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

विद्यार्थीहरुमाझ लोकप्रिय जोशीले हरेक विद्यार्थीको समस्यामा निरन्तर रूपमा सहयोग गर्दै आइरहेका छन् । 

आरआरमा यि हुन् नेविसंघबाट दर्ता गरेका उम्मेदवारहरु –

सभापति – बिनोद राज जोशी

सचिब- अन्जन बस्नेत

कोषाध्यक्ष – शारदा पौडेल 

सदस्य-: शेखर रोकाया

सदस्य- हिमेन्द्र नाथ शर्मा

सदस्य- वसन्त थिङ

सदस्य – प्रेरणा शाहि

सदस्य- लोकेश बुढा

सदस्य- सङ्गिता खत्री

सदस्य -रबिन राज खत्री

सदस्य -विशाल पौडेल उपाध्याय

आरआरमा अनेरास्ववियुबाट लोकेश खड्का र अखिल क्रान्तिकारीबाट संगम कुमार लामाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि बानेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) बाट निराजन कार्कीले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

विद्यार्थीहरुमाझ लोकप्रिय कार्कीलाई नेविसंघले स्ववियु सभापतिको उम्मेदवार बनाएको हो ।

विविएस चौथो वर्षमा अध्ययनरत कार्कीले विद्यार्थीहरुको हकहितको निम्ति क्याम्पसमा निरन्तर आवाज उठाउँदै आइरहेका छन् । 

बानेश्वर क्याम्पसमा दुई हजार छ सय मतदाता रहेका छन् ।

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्न सुझाव दिनुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो।

‘‘लोकतन्त्र जति प्रचण्डको हो त्यत्ति नै व्यक्ति ज्ञानेन्द्रको हो भन्ने मान्यता हामी सबै राजनीतिक दलले राखेका छौँ’’,उहाँले भन्नुभयो, ‘‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्नुहोस्।’’

राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत प्रचण्डले गर्नुभएको छ। उहाँले राजावादी सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गर्नुभएको हो। उहाँले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेल समेत मिसिएको बताउनुभयो। प्रचण्डले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन्। तर यस खालका चलखेल आजमात्र भएका होइनन्। नेपालमा यस्ता खालका चलखेल हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ।’’

उहाँले पूर्व राजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिनुभयो।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।