२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।

उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत र भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान बिचार र उदेश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा राप्रपा नेपाल र कमल थापाले जोड दिईरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।

काठमाडौं । एक महिनाको पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् । आइतबार काठमाडौँ फर्कने भएपछि शाहलाई विमानस्थलमा पुगेर स्वागत गर्न राजावादीहरूले तिव्र तयारी गरेका थिए ।

जुलुससहित विमानस्थल पुग्ने तयारी गरेपछी सरकारले पनि विमानस्थलको सुरक्षामा विहानै देखि कडाइ गरेको थियो । विमानस्थल र सो आसपासमा ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका थिए ।

विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो भने मोटरसाइकल लगायतलाई प्रवेश निषेध गरिएको थियो । यसले गर्दा विमानस्थल अस्तव्यस्त बनेको थियो ।

राजावादिहरुको भिड भएपछी विमानस्थलमा पर्यटक र यात्रुहरूलाई भने सकस भएको थियो । उनीहरु आफै सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरु पनि आफै सामान बोकेर गेटसम्म आउनुपरेको थियो ।

‘पूर्व राजा आउँदा यत्रो तमाशा किन देखाउनुपरेको हो ? जनतालाई दुख मात्रै,’ एक यात्रुले भने ‘आखिर यो देशमा जो आएपनि हुनी त यही त होनी । जो आएनी राज्यकै सम्पति लुट्ने दाउ त हो । ज्ञानेन्द्र झन् कहाँ चोखो छन् र ?

https://www.khabarpetika.com/2025/03/09/9901/

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।

आव २०८२/८३ को बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न ठूला रूपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिए ।

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनुपर्ने र एक पटकका लागि ‘सिड मनी’ दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताए ।

बजेट निर्माण सम्बन्धी बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, संघीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव, संघीय मामिला सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए ।

इलाम, इलाम नगरपालिका-९ सेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपलिका-१२ साङरूम्बा बस्ने २२ वर्षीय रोशन लिम्बु र २२ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यलय इलामबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आँउदै गरेको मे.१ च ४५२५ नम्बरको पिकअप गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ ठाडो बाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही ठाँउ बस्ने काभ्रे घर भएका २१ वर्षीय सुशिल बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, मनहरी गाउँपालिका-८ देबकोटबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ३० ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राज कुमार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देबकोटबाट मेनरोडतर्फ आँउदै गरेको ग.६ प ४५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१५ ब्रहमचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलो ५ सय ९० ग्राम र मोबाइल २ थान सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-२ भवानीपुर घर भएका २३ वर्षीय लडु राम, पर्सा बिन्दवास्नी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगंज महानगरपालिका-११ बस्ने २३ वर्षीय रवी चौधरी रहेका छन् । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गणतन्त्रलाई नै नेपालको स्थायी राजनीतिक प्रणाली भएको दोहोर्‍याएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थाले दिएका स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे । ‘फालिसकेको राजसंस्था लोकतन्त्रको उपयोग गरिरहेको छ, यसलाई कमजोरीका रूपमा लिनु आवश्यक छैन,’ उनले भने ।

लेखकले केही समूहले गणतन्त्रको विकल्प राजतन्त्र नै हो भन्ने भ्रम फैलाउने प्रयास गरिरहेको दाबी गर्दै पूर्वराजालाई यस्ता अफवाहबाट प्रभावित नहुन चेतावनी दिए । उनले थपे, ‘आन्दोलनबाट फालिएको राजसंस्था आफ्नै देशमा पूर्ण स्वतन्त्रतासहित बस्न पाएको उदाहरण विरलै पाइन्छ । नेपालमा यो सम्भव भएको छ, जुन लोकतन्त्रकै उपलब्धि हो ।’

नेपालमा संविधानसभाबाट प्राप्त गणतन्त्रलाई नै सही बाटो मान्नुपर्ने गृहमन्त्री लेखकले उल्लेख गर्दै यसको सट्टा राजतन्त्र पुनःस्थापनाको कल्पना गर्नु व्यर्थ रहेको धारणा व्यक्त गरे ।

काठमाडौं । पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले काठमाडौंमा विशेष तयारी गरेका छन् । राजावादी समर्थक तथा विभिन्न राजनीतिक दल र संघसंस्थाहरुको पहलमा भव्य र्‍यालीको आयोजना गरिएको हो ।

तर पूर्वराजा शाहको स्वागत र्‍यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन् । पार्टीले स्वागत कार्यक्रमको नेतृत्व गर्ने जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । शाहीले यसबारे जानकारी दिँदै भने, ‘अध्यक्षज्यु आजको कार्यक्रममा सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मेवारी दिनुभएको छ ।’

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थिति बारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् । राजावादी समर्थक समूहहरू काठमाडौंका विभिन्न स्थानमा भेला भएर पूर्वराजा शाहको स्वागत गर्न लागिपरेका छन् । गौशाला र तीनकुने क्षेत्रमा जम्मा भएर उनीहरू सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्नेछन् । त्यहाँबाट पूर्वराजासँगै स्वागत र्‍याली निर्मल निवाससम्म पुग्ने योजना रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई लिएर विभिन्न राजनीतिक दल तथा राजसंस्था समर्थक समूहहरूबीच राजाको प्रिय बन्ने होडबाजी चलेको देखिन्छ । राप्रपा, राप्रपा नेपाल लगायत अन्य राजावादी समूहहरूले शाहको स्वागतलाई भव्य बनाउन विभिन्न तयारी गरेका छन् । यो अवसरलाई सदुपयोग गर्दै राजसंस्थाको समर्थनमा प्रदर्शन गर्ने योजना पनि बनाइएको छ ।

राजधानीमा ठुलो भिड हुनसक्ने तथा अनियन्त्रित गतिविधि हुन नदिन प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ भने प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं । नेसनल प्याब्सनका वर्तमान अध्यक्ष सुबास न्यौपानेले आफू विजय भएसँगै दिएको अन्तर्वार्तामा अर्को कुनै नेसनल प्याब्सन नभएको बताएका छन् । मेगा टेलिभिजनको कार्यकक्रम शैक्षिक बहसमा शिक्षा पत्रकार नवराज चौलागाईंको तपाईहरू त दुईवटा एनप्याबसन हुनुभएछ नि हो ? भन्ने प्रश्नमा उनले अर्को कुनै नेसलन प्याब्सन नभएको अर्को गुट भएको बताएका छन् । अघिल्लो महाधिवेशनमा भएको भद्र सहमतिमा मिलेर आधा आधा अर्थात् अठार अठार महिनाको समय नेतृत्व गर्ने भन्ने थियो तर त्यसो नगरी एकछत्र नेतृत्व दाबी गर्दै असहज परिस्थिति सिर्जना गरेपछि सङ्गठन चिरा परेको हो । उनले भने,“अझै पनि बहुसङख्यक प्याब्सनिस्ट हामीसँग हुनुहुन्छ ।” अबका दिन हामी नै आधिकारिक हौँ, हामी कानुनसम्मत छौँ ।

यही फाल्गुन १६ र १७ गते माननीय गृह मन्त्री रमेश लेखक को प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले अध्यक्ष सुवास न्यौपानेको, वरिष्ठ उपाध्यक्षहरूः शम्भु कुमार अधिकारी, राम विनय चौरासिया, जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी यसैगरी उपाध्यक्षहरूः बिष्णु प्रसाद पराजुली, राम कुमार मोची, राजेन्द्र कुमार गुरुङ, जय प्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, तेजराज खनाल, महासचिव प्रकाशचन्द्र खड्का, उपमहासचिवः बिष्णु प्रसाद पौडेल, गोविन्द बहादुर खड्का, सत्येश बहादुर चन्द, सचिवहरूः वेद प्रसाद पन्त, सन्दिप राई, राम बहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बर दत्त अवस्थी, सुशील भट्टराई, मनोज कुमार श्रेष्ठ, शरद भण्डारी, कोषाध्यक्षः खडक बहादुर बस्नेत, सह-कोषाध्यक्षहरूः कल्पना काफ्ले (भुषाल), सुमन कुमार चौधरी, र सदस्यहरूः नेत्र प्रसाद न्यौपाने, हिक्मत दाहाल, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकर राज जोशी, राजेन्द्र प्रसाद चापागाईं, नेत्र लाल न्यौपाने, सागर कुमार खड्का, जितेन्द्र प्रकाश महतो, सुदर्शन कखड्का, विमल गौतम, बिल प्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोज कुमार साह, श्याम योञ्जन, अग्नि प्रसाद ज्ञवाली, विकेश महर्जन, अग्नि प्रसाद कोईराला, सुदिप कुमार कार्की, गेन्द्र लामा र पुरूषोत्तम बस्याल लगायत सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्विरोध निर्वाचित गरेको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताएका छन् ।

मानवअधिकार रक्षकहरूको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा जेल सार्ने बहानामा २०२९ सालको आजकै दिन झापाको सुखानी जङ्गलमा लगेर हत्या गरिएका सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ तथा अन्य कालखण्डका सहिदहरूलाई सम्झँदै प्रधानमन्त्री ओलीले जनताको अधिकारका लागि लागेकालाई मृत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरूले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताए ।

उनले मानवअधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानवअधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने स्पष्ट गरे ।

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । 

सो अवसरमा युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   

कार्यक्रममा United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahakar तथा Selection and Recruitment Section Chief Ata Yenigun ले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आउनु भएको हो । उहाँहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभएको थियो ।

भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् । ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन,’– उनले भने ।

साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए । आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने उनले बताए । सरकारले अहिलेसम्म आफूलाई ५÷६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको उनले बताए ।

‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । तर, भएपनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई ५÷६ वटा स्पष्टीकरण सोधियो होला । जवाफ दिए होला, त्यसले माने राख्दैन,’– उनले भने ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।