२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियान अन्तर्गत गर्ने कार्यक्रम र समय तालिका परिवर्तन भएको छ ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ उद्घाटन फागुन १२मा झापाको कचनकबलबाट सुरु भएको अभियान आगामी ७ चैतमा कञ्चनपुर पुगेर समापन हुने भनेको अभियानको समय तालिका परिवर्तन भएको माओवादी केन्द्रले सुचना मार्फत जानकारी दिएको छ । समय तालिका परिवर्तन भए पछि अभियान एक दिन ढिला चैत्र ८ गते समापन हुने भएको छ ।

समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ ।

तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।

परिवर्तन भएको कार्यक्रम तालिका यस्तो छ

मधेश प्रदेश (बाँकी जिल्ला)
सर्लाही- फागुन २२गते
रौतहट- फागुन २३गते
बारा- फागुन २४ गते
पर्सा- फागुन २५ गते
बागमती प्रदेश
चितवन- फागुन २६ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व) – फागुन २७ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन- २८ गते (बिहान बुटवलमा मगर मोर्चाको उद्घाटनमा पुगेर परासी फर्कने )
रुपन्देही- चैत्र २ गते
कपिलवस्तु- चैत्र ३ गते
दाङ– चैत्र ४ गते
बाँके- चैत्र ५ गते
बर्दिया- चैत्र ६ गते
सुदुरपश्चिम प्रदेश कैलाली – चैत्र ७ गते
कञ्चनपुर- चैत्र ८ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले एमाले महासचिव शंकार पोख्रेलले दिएको अभिव्यक्ति प्रती आपती जनाउनु भएको छ । उहाले सामाजिक संजाल फेस्बुक मार्फत पोख्रेललाई ७ वटा प्रश्न समेत सोध्नु भएको छ ।

दुलालले फेस्बुक यस्तो प्रतिक्रिया दिनु भएको छ “कमरेड शंकर पोखरेलजीको अति चुरीफुरी पछि केही लेख्न जरुरी ठानियो ।
माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले सरकारमा रहॅदा जनताको सकारात्मक रेस्पोन्स सहित सरकारको नेतृत्व गरेको कुरा स्वतन्त्र हैसियत राख्ने आम नेपालीको प्रतिक्रिया हामीले सुनेका छौं । आम मिडिया या सामाजिक सॅजालमा सबैले देखेकै हो । स्थानीय तहको उपनिर्वाचनमा त्यसको परिणाम पनि देखिएकै छ ।
तपाईहरुको गठबन्धन बनेपछि शानकासाथ सरकारबाट बाहिरिएर हामी जनतामा गएकै हो । अहिले पनि जनताप्रति आशा र भरोसाकासाथ अघि बढेका छौं । सुशासन, विकास र सामाजिक न्याय सहितको आर्थिक समृद्धिको आफ्नो स्पष्ट एजेण्डा बोकेर हामी माओवादी अघि बढेका छौं । र, चुनावमा हुने हारजितलाई स्विकारेर माओवादी केन्द्र अघि बढ्छ ।
आफूलाइ नेपालकै सबैभन्दा जान्ने ठान्ने तपाईलाई केही प्रश्न :
१. तपाई ठूलो पार्टी किन एक्लै सरकार नबनाएको ? संसदीय व्यवस्थामा पहिलो र दोश्रो पार्टीले सरकार चलाउने कुन चलन हो ?
२. एकल चुनावको दुहाई दिने तपाई र तपाईको ठूलो पार्टीले भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कंग्रेससॅग किन गठबन्धन गरेको ?
३. पत्रकार महासंघको चुनावमा किन गठबन्धन गरेको ?
४. ०८४ को कुरा छोड्नुस्, आउनुहोस् यही चैत्र ५ मा हुन् गइरहेको स्ववियू चुनावमा एकल लडौं । लड्ने हो ? जित हार जे सुकै होला हामी सबै चुनाव एकल लड्न तयार छौं ।
५. नेपालमा सहकारीमा लाखौं जनताको अरबौं रकम डुबेको छ । तपाईको दुई तिहाईको सरकारले सहकारी पीडकलाई किन कारबाही नगरेको ? के सयौं सहकारीको लाखौं सदस्यको अरबौं रकम रबिजीले मात्र अपचलन गरेको हो ?
६. अध्यादेश जरुरी पर्दा मात्र ल्याउने हो । सहज रुपमा संसद चल्ने वातावरण हुदाहुदै संसद छलेर आधा दर्जन अध्यादेश किन ल्याएको ??
यी र यस्ता यावत प्रश्नको नैतिक जवाफ छ तपाई सॅग ?
सचेत नेपाली नागरिकलाई वेबकुफ बनाउने तपाईहरुको प्रवृत्ति र पुस्ताको राजनीतिले देश अघि बढ्दैन अब ।
७. तपाईको सरकारसॅग स्पस्ट बहुमत छ । तपाईहरुको बलियो गठबन्धन छ । आम जनतालाई चित्त बुझाएर देश विकासका काम गर्न, देशमा आशाको दियो बाल्न तपाई र तपाईको पार्टीलाई कसले रोकेको छ ??
अत : कृपया माओवादीको चिन्ता छोडेर, बकबासमा समय खर्चिनु भन्दा सरकारको नेतृत्व गरेको तपाई आफ्नो सरकारलाई जनपक्षीय काममा केन्द्रित गराउनुस् । वाहियात तर्क, कुतर्क र धेरै बकबासले देश बन्दैन कमरेड ।´´

एमाले महासचिव शंकर पोख्रेलले सामाजिक संजाल फेस्बुकमा यस्तो लेखेका थिए ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला सदस्य तथा मन्थली नगर सचिव राम बहादुर तामाङको बिशेष पहलमा भक्तपुर मोडेल अस्पतालले रामेछाप बासीलाई ३०% छुट दिने भएको छ ।

आज भएको सम्झौता अनुसार सबै रामेछाप बासीलाई ३० छुट दिने भनिएको छ भने यो सम्झौता ३ बर्षको हुने छ ।

सम्झौता पत्रमा “लिखितम ज्ञानेन्द्र कुमार देबको छोरा जिल्ला धनुषा जनकपुर नगरपालिका वडा न ९ बस्ने भक्तपुर मोडेल हस्पिटल प्रा लिको संचालक वर्ष ३३ को डा अभिषेक देब (प्रथम पक्ष भनिएको) र धन बहादुर तामागंको छोरा जिल्ला रामेछाप मन्थली नगरपालिका -१३ बस्ने हाल काडाघारी बस्ने बर्ष ४२ को राम बहादुर तामागं (यस पछि दोस्रो पक्ष भनिएको) बीच यस भक्तपुर मोडेल हस्पिटलमा उपचार गर्न आउने बिरामीको उपचार सेवामा छुट दिनुहोस भनि प्रस्ताब राखे बमोजिम अस्पतालको प्रथम पक्ष मन्जुर भए बमोजिम उल्लेखित सर्तको अधिनमा रही दुवै पक्ष बीच यो करारनामा कागज गरि सहिछाप गरि १/१ प्रति बुझी लियों दियो ।
१) दोस्रो पक्ष राम बहादुर तामांग मार्फत सिफारिस भैइ आएको बिरामीलाई यस भक्तपुर मोडेल अस्पतालमा उपचार सेबा लिने रामेछाप जिल्ला बासिहरुले उपचार खर्चमा ३०% (तिस प्रतिशत) छुट पाउने गरि दुवै पक्ष बीच सम्झौता भएको छ।
२) यस सम्झौता पत्रको अबधि ३ बर्षको हुनेछ । सम्झौता पत्र थपघट गर्नु परेमा दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सक्नेछ ।
३) यो सम्झौता हामी दुवै पक्षले पूर्ण रुपले पालन गर्ने ।” भनिएको छ ।

रामेछाप बासीलाई उपचारमा सहुलियत हुने र पैसाको कारणले कोहि पनि उपचार गर्न पछि नपरुन भनेर यो सम्झौता गरिएको राम तामाङले बताएका छन ।

सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्नकार्यहरु गर्दै आइरहेको छ ।

यसै सन्दर्भलाइ मध्यनजर गर्दै दारी ग्याङले फाल्गुन ६ गते  देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। दारी ग्याङले  काठमाण्डौमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ,दन्त परीक्षण कार्यक्रम तथा सुलेखन कलाको कार्यक्रम गरेर भव्यताका साथ सम्मन्न गर्यो भने रुपन्देहीमा पुष्परोपण तथा सन्ध्याकालिन भजन किर्तन कार्यक्रम गरेर मनाएका छन। नवलपरासीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने पोखराले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरि वार्षिकोत्सब मनाएको छ ।

त्यस्तै, धनगढीमा सडकका कुकुर तथा चौपाया लाइ सहयोग गर्ने कार्य गर्दै रोयल जोरायल क्लवसँग मैत्रीपुर्ण फुटसलको आयोजना पनि भएको थियो।  त्यसैगरी दारी ग्याङ झापा र झापा ब्लड डोनर सोसाइटी बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।  दाङको घोराहीमा  पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी मनाइएको छ त्यस्तै सप्तरीको फत्तेपुर, नवलपरासी, पथरी शनिश्चरे मोरङ, दोलखा, गोरखा, कंचनपुर लगायत विभिन्न ठाउँमा पनि भेटघाट तथा चियापान गरेर नवौँ बार्षिकोत्सब मनाएका छन् र विदेशमा वेलायतका दुइ ठाउँ लण्डन र प्रेस्टोनमा पनि भव्यताका साथ मनाएर नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ।

मन्थली । तेस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता :२०८१ मा वडा नम्बर १० चनखु उपाधीको लागि चिसापानी सँग भिड्ने भएका छन् ।  

फागुन ३ गतेदेखि सुरु भएको खेलमा आज वडा नम्बर १४ फुलासीलाई सेमिफाइनलमा हराउँदै चनखु फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै वडा नम्बर ८ चिसापानीले सेमिफाइनलमा वडा नम्बर ७ भटौलीलाई पराजित गराउँदै उपाधीको लागि चनखुसँग भिड्ने पक्का गरेको थियो ।

फाइनलको खेल भोलि बिहान ९ बजे हुने आयोजकले जनाएको छ ।

मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको आयोजनामा संचालित सो प्रतियोगितामा विजेताले १ लाख, उपविजेताले  ७५ हजार , तेस्रो हुनेले नगद ५० हजार र सान्त्वनाले ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । 

अस्ट्रेलियाको मेलबर्न स्थित होटल म्यार्करीमा जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। न्यूजील्याण्डबाट आएका प्रोवार्को लिमिटेडका निर्देशक जेसन डेल फ्रोस्ट र चिरायु एग्रो एन्ड लाइभस्टक प्रोडक्शनका प्रतिनिधि डिन घिसिङले द्विपक्षीय हितमा सम्झौता गरेका छन्। सम्झौताले प्रविधि स्थानान्तरणको उद्देश्य राखेको छ।जसअन्तर्गत नेपालमा जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन गर्न प्रोवार्को लिमिटेड, न्यूजील्याण्डबाट विशेषज्ञता र प्रविधि स्थानान्तरण गरिने जनाएको छ।

नेपालमा फार्म स्तरमा जैविक मल उत्पादन प्रणाली स्थापना गर्ने योजना रहेको डिन घिसिङले बताए ।

पर्यावरणीय सुधारका माध्यमबाट नेपालमा हरितगृह ग्यास उत्सर्जन घटाउन र जैविक फोहोरको अधिकतम प्रयोग गर्न दिगो विकासका लागि काम गर्ने योजना पनि रहेको र यसले आधुनिक कृषि र लाइभस्टक प्रणालीलाई सुदृढ गर्ने उल्लेख गरिने उनले जानकारी दिए।

न्यूजील्याण्ड र नेपाल बीचको घनिष्ठता सम्बन्धलाई जोड्दै प्रोवार्को लिमिटेडका निर्देशक जेसन डेल फ्रोस्टले नेपालमा यस सम्झौतासँग आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। साथै, न्यूजील्याण्डमा सफलतापूर्वक लागू गरिएका जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरू नेपालमा पनि व्यावहारिक हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा जेसन डेल फ्रोस्टले आगामी २०२५ को अप्रिल महिनामा नेपालमा आधुनिक कृषि प्रविधिहरू र विशेषज्ञहरूका साथ उच्चस्तरीय बैठक, फिल्ड भ्रमण र कार्यशालामा सहभागी हुने बताउनुभयो।न्यूजील्याण्डबाट माटो विशेषज्ञ माल्कोम डेविट्सन र व्यवसायी राम कार्की समेत सो कार्यक्रममा उपस्थित थिए।

काठमाडौं । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।

उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढ्ेको हो ।”

“अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख आचार्यले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइ नै हाल्यो, उनले भने ।

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको समस्या छ । ‘‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चापदार्थ कोइलाको आवश्यक पर्छ”, उनले भने, ‘‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइ नसकेकाले तत्काल कोइला आउने सम्भावना छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन”, उनले भने ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

‘‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ”, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ, त्यसमा मेकेनिकहरु लगिरहनुभएको छ, धेरै काम सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।” त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ ।

एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा हिमपात गएराति सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।

३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।

यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।

रामेछाप । नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटिको माघ २१ गते सम्पन्न भएको दोश्रो अधिवेशनबाट निर्बाचित नगर सदस्यहरुको पहिले बैठकले भक्तवहादुर बलम्पाकी (जाग्रित) को अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीको निर्बिरोध चयन गरेको छ ।

शनिबार मन्थलीमा भएको पहिलो बैठकले कमिटिको उपाध्यक्षमा नारायण दाश श्रेष्ठ, गंगालाल गोले र राजेन्द्रवहादुर कार्की, सचिवमा राम बहादुर तामाङ र कोषाध्यक्षमा हिरा गिरी लाई सर्बसम्मतले चयन गरेको छ ।

त्यस्तै कार्यलय सदस्यमा कुंगलाल तामाङ , जित बहादुर घिसिङ र युवराज सुबेदी रहेका छन् भने सह-इन्चार्जको जिम्मा भने दिपकराज प्रसाई र दिलिपराज गिरीले पाएका छन् ।

गत माघ २१ गते भएको नगर अधिवेशनले अन्य सदस्यहरु निर्बिरोध चयन गरीसकेको थियो । अधिवेशन पूर्व गृहराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने मट्टितेल र डिलेलको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मुल्य अनुसार आयल निगमले पेट्रोलमा एक रुपैयाँ वृद्धि र डिजल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ बढाएको जनाएको छ ।

मुल्यवृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १६८ पुगेको छ भने डिजेल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।