२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घट्नालाई लिएर विभिन्न ३४ वटा खेलकुद संघहरुले ध्यानाकर्षण भएको जनाएको छ  । शुक्रवार वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव रहेको उसु महासंघले तोडफोड गरेको थियो  । 

सनिवार विभिन्न खेलकुद सम्वद्व ३४ संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  राज्यको सम्पत्ति तोडफोड गर्नेलाई छानबिन गरि कडा कार्वाही गर्न सरकारलाई अनुरोध गरेको छ ।

`राखेपमा भएको नेपाल ओलम्पिक कमिटिको निर्वाचनको विषयमा विभिन्न मितिमा सम्मानित सर्वोच्च अदालत काठमाण्डौं र उच्च अदालत पाटनबाट गरिएको आदेश समेत पालना नगरी अनलाईन माध्यमबाट नेपालको विद्यमान प्रचलित खेलकुद सम्बन्धि ऐन २०७७ र नियमावली २०७९ समेतको बर्खिलाप निर्वाचन सम्पन्न गरिएको भनिएको निर्वाचनको सम्बन्धमा मा.युवा तथा खेलकुद मन्त्रि श्री तेजुलाल चौधरी ज्यूको अध्यक्षतामा विभिन्न मितिमा सम्पन्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक तथा कार्यकारी समितिको बैठक समेतले निर्णय गरिएको विषयलाई लिएर वार्ता, छलफल तथा सम्वादबाट समस्या समाधान गर्ने वा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै मिति २०८१ माघ २५ गते अपरान्ह अन्दाजी १२:३८ बजे राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवको कार्यकक्षमा केहि अराजक व्यक्तिहरु प्रवेश गरि अभद्र व्यवहार तथा गाली गलौज गर्दै राज्यको सम्पति तोडफोड गरेको घटनाको सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल संघहरू घोर भर्त्सना गर्दछौं । साथै उक्त घटनाको छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित नेपाल सरकार र सरोकारवालाहरु मा अपिल गर्दछौ,´ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै घटना बाहिरिए लगत्तै शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष र नवराज ढुंगाना विश्वास महासचिव रहेको नेपाल उसु महासंघले भने उक्त घटनाप्रति निन्दा व्यक्त गरेको छ । कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहको महासंघलाई २०८० भदौ १३ गते नै उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।

काबुल । गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ ।

सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानुनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयनपछि फर्केका छन् । अफगानिस्तानको काम चलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आग्रह गरिरहेको छ ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भएको छ । शुक्रवार वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव रहेको उसु महासंघले तोडफोड गरेको हो ।

उनीहरू नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघसम्बद्ध छन् ।

यता शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष र नवराज ढुंगाना विश्वास महासचिव रहेको नेपाल उसु महासंघले भने उक्त घटनाप्रति निन्दा व्यक्त गरेको छ । कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहको महासंघलाई २०८० भदौ १३ गते नै उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।

नेपाल उसु महासंघ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार २०७९ साल चैत्र ४ गते सम्पन्न वैधानिक निर्वाचन मार्फत निर्वाचित भएको हो ,´ विज्ञप्तिमा भनिएको छ-यसबारे खेलाडी, प्रशिक्षक, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, र नेपाल ओलम्पिक कमिटी सबै जानकार छन्। तर, हाल महासंघलाई बदनाम गर्ने नियतले विभिन्न गैरकानुनी गतिविधिहरू भइरहेका छन्, जसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। मिति २०८१ माघ २५ गते राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको कार्यकक्षमा नेपाल उसु महासंघलाई बदनाम गर्ने उद्देश्यले गुण्डागर्दी शैलिको घटनाको महासंघ घोर निन्दा गर्दछ। महासंघको लेटरहेड र छापको दुरुपयोग गर्दै गैरकानुनी कार्यहरू भइरहेका थियो । जसलाइ उच्च अदालतले २०८० भदौ १३ गते गैरकानुनी ठहर गरिसकेको छ।´

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले सरकारी सम्पती तोडफोड गर्नेहरूलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको समेत छ । त्यस्तै राखेपले उक्त घटनामा संग्लनविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ ।

नेपाल ओलम्पिक कमिटीले उसु महासंघसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई महासंघको प्रतिनिधि बनाएर निर्वाचनमा सहभागी गराएको समेत विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् । मीन विश्वकर्मा कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका छन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ । हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखु वडा कार्यालयले दुई विद्यालयका विद्यार्थीहरुलाई स्कुल ड्रेस(पोसाक) वितरण गरेको छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट रु. तीन लाख पचास हजार बाट वडामा रहेको श्री सरस्वती माध्यमिक विद्यालय र हरिसिद्धी माध्यमिक विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको वडाअध्यक्ष गोपीलाल तामाङले जानकारी दिए ।

गत वर्षको वडाअध्यक्ष सँग विद्यार्थी कार्यक्रममा जनाएको प्रतिवद्वता अनुसार आफुले आफ्नो जिम्मेवारी पूरा गरिएको उनले बताए । विद्यार्थीलाई पोसाक सहित दुबै विद्यालयलाई क्यारम बोर्ड, भलिबल र नेट पनि वितरण गरेको छ ।

विद्यालयका सरसफाइ सम्बन्धमा थप सामान पनि केही दिनमा वितरण हुने उनको भनाइ छ । 

सरस्वती पुजाको विषेश अवसर पारेर पोसाक वितरण गरेको चनखु वडा कार्यालयले सरस्वती माविमा सरस्वती मन्दिर पनि शिलान्यास गरिएको छ । सरस्वती मन्दिर निर्माणको लागि वडा कार्यालयले रु.दुई लाख बजेट विनियोजन गरेको छ ।

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा सोनाम ल्होछार भव्यताको सात मनाएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक पनि आयोजना गरिएको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सोनाम ल्होछारको शुभकामना  व्यक्त गर्दै तामाङ समुदायले मनाइने ल्होछार महत्वपूर्ण रहेकोे बताए । उनले आफुले सक्ने सहयोग संस्थालाई गर्ने प्रतिवद्वता जनाउँदै सोनाम ल्होछार कार्यक्रमको आयोजना गरिएकोमा संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गडुल वर्गलाई विदाई गर्दै सर्प वर्गलाई स्वागत गरेर कार्यक्रम गरिएको आयोजक संस्थाले बतायो ।

कार्यक्रममा माओवादी मन्थली नगर कमिटी सचिव राम तामाङ,एमाले पुर्व जिल्ला कमिटी सदस्य डम्बर बहादुर बोहोरा, चनखुकै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा तामाङ मौलिक डम्फु नाचको साथमा  विभिन्न मौलिक नृत्यहरु देखाइएको थियो ।

चनखुमा २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।

रामेछाप । सहिद दिवसको अवसरमा नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) मन्थली नगर कमिटि द्वारा रक्तदान तथा बिरामी भेटघाट एबं फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीको तिनलाल पार्कमा आयोजित कार्यक्रम संविधान सभा सदस्य तथा बागमती प्रदेश सभा सदस्य माननीय तारानारायण श्रेष्ठको उपस्तिथिमा भव्यताका साथ सम्पन्न भएको अखिल (क्रान्तिकारी) मन्थली नगर कमिटि अध्यक्ष जोहोनसोन कार्कीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो । पहिलो कार्यक्रम सहिदको सालिकमा माननीय तारानारायण श्रेष्ठले माल्यार्पन गरेर सुभारम्भ गर्नु भएको थियो भनि दोश्रो चरणको कार्यक्रम नगर अध्यक्ष कार्कीले रक्तदान गरेर सुरुवात गर्नु भएको थियो र तेश्रो फलफुल वितरण कार्यक्रम मन्थली सामुदायिक अस्पतालमा नेकपा (माओवादी) केन्द्र मन्थली नगर कमिटि सचिव राम बहादुर तामांङले बिरामीलाइ फलफुल वितरण गरेर सुरुवात गर्नु भएको थियो ।

अखिल (क्रान्तिकारी) मन्थली नगर कमिटिको आयोजना र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख प्रेम सागर श्रेष्ठ, नेकपा (माओवादी) केन्द्र मन्थली नगर कमिटि इन्चार्ज उद्धब रम्तेल, नेकपा (माओवादी) केन्द्र मन्थली नगर कमिटि उपाध्यक्ष नारायण दास श्रेष्ठ, अखिल (क्रान्तिकारी) बागमती प्रदेश उपाध्यक्ष सन्तोष चौहान, अखिल (क्रान्तिकारी) बागमती प्रदेश सदस्य सफल दाहाल, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला उपाध्यक्ष नविन कार्की, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला कोषाध्यक्ष राजकुमार श्रेष्ठ तगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको तस्वीरहरु ;

काठमाडौँ । विमानस्थलबाट सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थान सहित बाग्लुङ निसीखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे ।

बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

काभ्रे । खुशी समाज युवा क्लवको आयोजनामा ‘चौथो HSYC ल्होछार – २८६१’ खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८६१ औं सा पुख्रि / डुक ल्हो (सर्प वर्ष) को सोनाम ल्होछारको अवसरमा ल्होछार कप हुन लागेको हो । 

क्लवको सचिव एवं खेल संयोजक गणेश थिङले ‘स्वास्थ र परिवर्तनको लागि खेल, सभ्य समाज निर्माणका लागि हाम्रो मेल’ भन्ने संस्थाको मुल नारासहित ल्होछार कप प्रतियोगिता ०८१ माघ १७ देखि २१ गतेसम्म जिल्लाको खानीखोला-४ फुलडाँडास्थित क्लवको खेलमैदानमा सन्चालन हुने बताए ।

उनको अनुसार ल्होछार कप प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने टिमले नगद पुरस्कार क्रमश:  ३५०००/- (पैतिस हजार), रु. १८०००/- (आठार हजार) र रु. १००००/- (दश हजार) रुपैयाँ सहित शिल्ड (कप), मेडलसँगै प्रमाणपत्र पाउने छन । साथै पालिकाकै सक्रिय क्लवको रुपमा रहेको खुशी समाजले प्रतियोगितामा उत्कृष्ट खेलाडी, बढी गोलकर्ता र उत्कृष्ट  किप्परलाई समेत उचित पुरस्कारले सम्मान गरिने भएको छ । 

त्यस्तै क्लवको सदस्य विकास वाईबाले प्रतियोगितामा सहभागी हुने क्लव/टिमले दर्ता शुल्क रु. ५ हजार ५५५ र धरौटी रु. १ हजार ५ सय गरी जम्मा रु. ७ हजार ५५ रुपैंया तोकिएको जानकारी दिए । उनले सहभागी हुन इच्छुक क्लव/टिमले ०८१ माघ १६ गते १० बजेभित्र टिम दर्ता गरिसक्नु पर्ने र प्रतियोगिता फिफाको नाइन ए (9A side) को नियम अनुसार खेलाइने बताए । प्रतियोगिताको खेल तालिका भने माघ १६ गते दिउँसो २ बजे सार्वजनिक गरिनेछ ।

क्लवका सदस्य वाईबाका अनुसार खेलको क्रममा खेलाडीले रातो कार्ड (Red card) र पहेंलो कार्ड (Yellow card) पाएमा धरौटी रमकबाट प्रति रातो कार्ड ३०० र पहेंलो कार्ड १०० जरिवाना स्वरुप काटिने छ । 

त्यस्तै क्लवको अर्को सदस्य श्याम बज्युले प्रतियोगितामा खेलाडी संख्या ९ जना र थप खेलाडी ५ जना गरी जम्मा १४ जना खेलाडी हुने बताए । उनको अनुसार कुनै टिम वा खेलाडी उपर रिट दर्ता गर्नु परेमा ५ सय रुपैयाँ शुल्क लाग्ने छ भने खेल सम्बन्धित कुनै विवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ । 

ल्होछार कप प्रतियोगिताको उद्धाटन समरोह क्लवको खेलमैदानमा विहान ९ बजे हुने आयोजकले जनाएको छ । 

खानीखोलामा ल्होछार विशेष प्रतियोगिता र कार्यक्रमको चाङ  

जिल्लाको विकट खानीखोलामा ल्होछार विशेष प्रतियोगिता र कार्यक्रमको चाङ रहेको छ । खानीखोलामा ६ वटा भन्दा बढी कार्यक्रम रहेको छ । 

ल्होछारकै अवसरमा खानीखोला-१ धार्नेमा माघ १४, १५ र १६ गते गरी ३ दिन भलिवल प्रतियोगिता रहेको छ । जसमा प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोले क्रमश: ४० हजार,  २५ हजार र १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ्न । 

त्यस्तै रक्त आधारभूत विद्यालयको ३५ औं वार्षिक उत्सव तथा सोनाम ल्होछारको अवसर पारेर फागुन १४, १५ र १६ भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रथम, दोस्रो, र सान्त्वन्नाले क्रमश: ५० हजार,  २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । 

त्यसैगरी नेपाल तामाङ घेदुङ खानीखोला समितिको आयोजनामा यहि माघ १५ गते ताल्ढुंगामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम  को आयोजना गरिएको छ । कार्यक्रममा ख्यातीप्राप्त सेलो गायक तथा संगीतकार फुलकुमार वम्जन लगायत दर्जनौले प्रस्तुति दिनेछन । त्यस्तै माघ १७ गते खानीखोला-७ मा समेत ल्होछार कार्यक्रमको आयोजना गारिएको छ । 

खानीखोलामा फुटवल र भलिवलमा मात्रै नगद २ लाख ३८ हजार बढि पुरस्कार राशीको प्रतियोगिता हुने भएको छ । सबै प्रतियोगिता र कार्यक्रम गरी करिव ४० लाख बढि खर्च हुने अनुमान गरेका छन ।

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा यसबर्ष पनि सोनाम ल्होछार मनाउने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम माघ १७ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गडुल वर्गलाई विदाई गर्दै सर्प वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बतायो ।

कार्यक्रममा तामाङ मौलिक डम्फु नाचको साथमा  विभिन्न मौलिक नृत्यहरु देखाइने आयोजकले जनाएको छ ।

चनखुमा ह्याङ्लाले २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।