२०८३ मंसिर १०
२०८३ मंसिर १०

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।

विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

सरोकारवाला पक्षसँगको परामर्शमा पनि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायत सूचकहरूमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाउनुपर्ने देखिएको विभागको भनाइ छ ।

यसअघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।

कहाँको भाडा कति ?

मोरङ बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । 

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन ।

काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजिबिलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उहाँले बताउनुभयो ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना छ”, मौसमविद् महर्जनले भन्नुभयो, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।”

उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताउनुभयो ।

 

 रामेछाप  । मन्थली नगरपालिका वडा नम्बर ३ कठजोरका चार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सात सय वटा कपि र डट्पेन वितरण गरिएको छ ।

 नेपाल विद्यार्थी संघ(नेविसंघ) नेता मनिष चुहान ,तरुण दल नेता सन्तोष भट्टराई ,नेविसंघ नेता रवि चूहान,रमेश चुहान,जडिबुटी तरुण नेता सशांक योगी र तेन्जिन लामाले सामुहिक सहयोगमा कपि र डट्पेन वितरण गरेको हो ।

 उनीहरुले “शिक्षा सबैका निम्ति ” भन्ने नारा सहित  सात सय कपि र सात सय डट्पेन वितरण गरिएको नेविसंघ नेता मनिषले बताए ।

उनका अनुसार प्रत्येक विद्यार्थीलाई ५ वटा कपी र ५ वटा डट्पेन वितरण गरिएको छ । 

कठजोरका श्री कालिका आधारभूत विद्यालय,श्री महादेव आधारभूत विद्यालय,श्री गुणजेश्वरी आधारभूत विद्यालय

र श्री आधारभूत विद्यालय अर्चलेका १२० जना विद्यार्थीलाई वितरण गरिएको थियो ।

नेविसंघ नेता चुहानले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेका छन् । उनले गत वर्ष रामेछापमा विभिन्न प्रजातिका एक हजार बिरुवा लगेर वृक्षारोपण समेत गरेका थिए ।

एजेन्सी । कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो।

भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको टाइम्स अफ इन्डियमा उल्लेख छ।

चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) का अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु हो। HMPV बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड-१९ को केसहरू पनि रिपोर्ट गरिएको छ। जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ।

यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ। दाबीका अनुसार अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ। तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ।

खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ।

२००१ मा पहिलो पटक पहिचान गरियो

HMPV भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो। एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए। तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ।

यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ।

सन् २०१९ मा चीनबाट फैलिएको कोरोना भाइरस

कोभिड-१९ को पहिलो केस सन् २०१९ मा चीनको वुहान सहरमा भेटिएको थियो। त्यसपछि यो रहस्यमय निमोनिया हो भन्ने सोचिएको थियो। यो सार्स-कोव-२ भाइरस (कोरोना भायरस) बाट फैलिएको थियो। त्यसपछि यो भाइरस विश्वमा तीव्र रूपमा फैलियो र २०२० को जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।

विश्वभर कोभिडका ७० करोडभन्दा बढी केसहरू रेकर्ड भएका छन्। यसबाहेक ७० लाखभन्दा बढीको मृत्यु पनि भएको छ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक काम गर्न नसकेको आरोप लगाएका छन् ।

आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदविरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई निकाल्ने गरी इमानदारीसाथ काम गरेको उनले दाबी गरे ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।

नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै दाहालले अहिलेको चुनौती सामना गर्न पनि पत्रकार महासंघ दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।

https://www.khabarpetika.com/2025/01/03/9560/

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले ५० मिलियन अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो ।

यसअघि ५० करोड डलर दिएको अमेरिकाले थप पाँच करोड डलर दिएको हो । यसमा नेपालले १९।७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण हुनेछ ।

नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ ।

बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको जनाएको छ ।

काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीमा स्कुटर दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

सोमबार सानोठिमीबाट मगरगाउँ जाँदै गरेको बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय निश्चलप्रकाश राजभण्डारी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो । थप उपचारको लागि बिहीबार नर्भिक अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

स्कुटर पछाडि सवार २८ वर्षीया श्रीमती पुजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखिएको छ।

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (शुक्रबार) पनि बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको थियो । बिहीबार तोलामा ५०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।