२०८३ मंसिर १०
२०८३ मंसिर १०

काठमाडौँ । लामो समयपछि सरकारले सर्वसाधारणका लागि धरहरा खुला गरिएको छ । बिहीवार संविधान दिवसको अवसर पारेर खुला गरिएको पहिलो दिन धरहरा चढ्न जानेको लर्को लागेको छ ।

बिहानैदेखि धरहरा चढ्न मानिसहरू टिकट काउन्टर अगाडि ठेलमठेल गरी लाइनमा बसे । केही मानिस टिकट नै नकाटी भित्र छिरे । सरकारले टिकट काट्नेलाई पनि शुल्क त लिइएको छैन । तर व्यवस्थित तवरले सुरक्षा व्यवस्था मिलाउन नसक्दा अवलोकन गर्न अआउने धेरै मानिसहरुले कष्ट भोग्न पर्यो ।

२०७२ सालको भूकम्पले धरहरा ढलेपछि नयाँ धरहरा निर्माण गरेर तीन वर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेका थिए । तर त्यतिबेला धरहरा निर्माण सकिए पनि अन्य संरचना निर्माण बाँकी रहेको थियो । धरहराको काम अझै सम्पन्न भइसकेको छैन । यद्यपि संविधान दिवसकै अवसर पारेर सरकारले बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

धरहरा चड्न उत्साहित हुँदै हजारौं मानिस गए तर प्रहरीले व्यवस्थित रुपमा सुरक्षा दिन नसक्दा धेरैले कष्ट मात्रै भोग्नुपर्यो । प्रहरीले लाइनबाट आएकोलाई भन्दा पनि आफ्नो मान्छे हेरेर भित्र पठाउँदो रहेछ , धरहरा चढ्न आएका एक सर्वसाधारणले भने `प्रहरीले सुरक्षा व्यवस्था नै मिलाउन सकेन । मान्छेलाई फोकटमा दु:ख दिन मात्रै जानेका छन् ।´

त्यस्तै झापाबाट रिपोर्टिङ गर्न आएका पत्रकारलाई समेत प्रहरीले भित्र छिर्न दिएनन् । `हामी झापादेखी आएको भित्र छिर्नै दिएनन् । धरहरा चढौँ र रिपोर्टिङ पनि गरौं भन्दै आएको । भित्र जान खोज्दा एकछिन बस्नुस भनियो । बसेको एक घण्टा भयो । तर खै किन हो अझै जान दिएनन् ।´

पछि आएका मिडियालाई प्रवेश दिएपनि आफुहरुलाई नदिएको ती पत्रकारले बताए । उनीहरुले क्यामेरा नभएको कारण प्रवेश गर्न नदिएको आशंका व्यक्त गरे । `हामीले क्यामेरा ल्याएनौं । अहिले मोबाइलबाटै समाचार अपडेट गर्न सकिन्छ । तर,हामीलाई क्यामेरा खै भन्दै उल्टै सुरक्षामा खटिएका इन्सपेक्टर देबेन्द्र राज जोशीले दुर्व्यवहार गर्नुभयो ।´

धरहरा प्रवेश गेटमा इन्सपेक्टर जोशिको नेतृत्वमा सुरक्षा टोलि खटिएका थिए । जोशी जनसेवा वृत काठमाडौँ विशालबजारमा कार्यरत छन् ।
आफुले पटकपटक अनुरोध गर्दा पनि इन्सपेक्टर जोशीले दुर्व्यवहार गरेको उनको आरोप छ । रास्ट्रको चौथो अंगको रूपमा चिनिने मिडियालाई इन्सपेक्टर जोशिले नचिन्ने बताउँदा आफुलाई दु:ख लागेको उनले बताए ।

धरहरा चड्नेहरु भने आज खुशी भएका छन् । धरहराको टुप्पोमा पुगेर फर्किएकाहरुको ओठमा मुस्कान देखिन्थ्यो ।

त्यस्तै सहरी विकास मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्य कुंवरले परीक्षणकालमा सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पूर्ण रूपमा निर्माण कार्य सकिएपछि भने शुल्क लिएर चढ्ने व्यवस्था गरिने बताइन् ।

https://www.khabarpetika.com/2024/09/20/7938/

काठमाडौं : दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको  छैन ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिन भित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नु पर्ने थियो ।


छलफल भएको एक महिना विति सक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिन भित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।

काठमाडौँ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ ।

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ । वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।

काठमाडौं – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ ।


जसमा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिन लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो । पुरुषमा नेपालसहित अफ्गानिस्तान, बहराइन, भारत, जोर्डन, काजकिस्तान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरबिया, उज्वेकिस्तान, बंगलादेश, चाइनिज ताइपेईं र श्रीलंका रहेका छन् ।

महिलामा नेपाल, भारत, गोआम, इन्डोनेसिया, इरान, फिलिपिन्स, उज्वेकिस्तान र श्रीलंका छन् । यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ । संघले आयोजना गर्न लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।


प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका लागि कुल ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् । दुवै तर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउने छन् । प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ ।


एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यम समेत रहेको संघका महासचिव गोविन्द घिमिरेले बताएका छन् । उनका अनुसार प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेशनमा पर्नेछ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्स सिरिजमा उक्लिने छन् ।
संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्ट फ्रेड रोयलाई नियुक्त गरेको  थियो ।
मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण गरेको थियो भने हाल पोखरामा बन्द प्रशिक्षणमा छन् । यसै प्रतिस्पर्धाका लागि नेपालको को १६ सदस्यीय महिला÷पुरुष टोलीको घोषणा भैसकेको छ ।


संघका महासचिव घिमिरेका अनुसार एसियामा नेपाल अहिले पुरुष तर्फ १० तथा महिला तर्फ छैटौं वरीयतामा छन् ।

काठमाडौं– आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।


नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ ।

बुधबार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला÷पुरुष) र विभिन्न उमेरसमूह (महिला÷पुरुष) गरी कुल ७२ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।
संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अगाडि आफूलाई प्रमाणित गर्ने अवसर समेत रहेको विश्वास लिएको छ । यस प्रतियोगितामार्पmत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँचलगायत अपेक्षा गरिएको छ । उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ स्वरुपमा पुरस्कृत गरिने भएको छ ।


एक सेकेन्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेन्डदेखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २०,००० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् ।

वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ । नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुआत गरिने भएको छ ।

यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाने भएका छन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको समूह ९एलडीसी०को विश्व समन्वय ब्युरोको अध्यक्षको रूपमा एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।

असोज ७ गते प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिनेछन् । प्रधानमन्त्री ओलीको असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको दृष्टिकोण स् संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म’ भन्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ । अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) कमिटिको आयोजनामा भएको ‘दोस्रो रास्ट्रव्यापी अखिल आरआर पुरुष भलिबल कप २०८१’ को फाइनल खेल भोली हुने भएकाे छ ।

विहिबार विहान ९ बजे आयोजक आर आर क्याम्पस र सिद्धार्थ बहुमुखी क्याम्पसबीच तृतीय स्थानको लागि प्रतिस्पर्धा हुनेछ भने उपाधिको लागि बानेश्वर क्याम्पस र अमरज्योती नुवाकोटबीच ११ बजे हुने अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

भदौ २६ देखि प्रदर्शनिमार्ग स्थित आरआर क्याम्पसमा सुरु भएको खल्ला पुरुष भलिबल प्रतियोगितामा २० टिम सहभागी रहेको थियो ।

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश नगद रु दुइ लाख, एक लाख र पचपन्न हजार र साथमा शिल्ड,मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

त्यस्तै विधागत छ जना उदयमान खेलाडी घोषित गर्दै उचित पुरस्कार सहित सम्मान गरिने आयोजकको भनाइ छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले कांग्रेसले संसद्‌मा लामिछानेबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गरे ।

संसदीय छानबिन विशेष समिति गठन गर्ने क्रममा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागे पनि अहिले प्रमाािणत भएको उनको भनाइ छ ।

उनले पार्टीका महामन्त्री गगन थापालाई लामिछानेको विषय उठान गरेर समिति बनाउन दबाब दिएकोप्रति धन्यवाद दिए ।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई,’ उनले भने ।

https://www.khabarpetika.com/2024/09/18/7880/

काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

बुधवार संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने जानकारी दिएको हाे ।

संघले राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ । एक सेकेण्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेण्डदेखि तीन सेकेण्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेण्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।

यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

प्रतियोगीता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा सञ्चालन हुनेछ ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको शर्माले बताए ।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।