२०८३ मंसिर १०
२०८३ मंसिर १०

काठमाडौं । गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीबाट वन मन्त्रीको जिम्मेवारी दिएपछि मनाङे’ले पदबाट राजीनामा दिएका हुन् ।

उनले आफूले अर्को भाइलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई आग्रह गरिएको बताएका छन् । ‘मनाङकै अर्को भाइ छ, योङ छ, मुनिन्द्र गुरुङलाई मन्त्री बनाउनू भनेको छु,’ मनाङेले भने ।

सोमबार नेकपा एमाले ४ जना मन्त्रीसहित सरकारमा सहभागी भएको छ । एमाले सरकारमा गएपछि गण्डकीमा मन्त्रीपरिषद् पुनर्गठन भएको छ ।

https://www.khabarpetika.com/2024/09/02/7392/

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आफूँ जागिर खान नभएर काम गर्न आएको बताएका छन् । सोमबार अध्यक्षको पदभार ग्रहण गर्दै उनले जिन्दगीमा धेरै बोलेको भन्दै अब काम गर्न आएको बताए ।

बोलेरै चलचित्र निर्देशन तथा निर्माण गरेको भन्दै उनले अब सरोकारवाला विभिन्न पक्षसँग सल्लाह गरेर काम गर्ने बताए । “म बोर्डमा जागिर खान होइन काम गर्न आएको हुँ,” उनले भने ।

उनले आफूलाई नियुक्ति दिने र सिफारिस गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्न नआएको बताए । उनले नेपाली चलचित्रको हित र प्रवर्द्धनमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

https://www.khabarpetika.com/2024/09/02/7386/?fbclid=IwY2xjawFCdvlleHRuA2FlbQIxMQABHbA6xuF4sZ0ltsOmayyxpbuDeDPMrg7th5Ovq3dI7XOBZiB9Ybca-RdITA_aem_aUlnwC36GihLOWl0mmIo3Q
https://www.khabarpetika.com/2024/09/02/7389/

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।’ 

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको बताए । उनले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्ट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताए ।

मन्त्री पाण्डेले वर्तमान सरकार  ०८४ सम्मै जारी रहने विश्वास व्यक्त गरे ।  उनले थप्दै भने, ‘यो सरकार ८४ सम्म नै रहन्छ । सरकारलाई स्थायी रूपमा लिन चाहन्छौँ । आवश्यकताअनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ,’ उनले भने, ‘०८४ को चुनावमा एमाले र काङ्ग्रेसबिच प्रतिस्पर्धा हुने  तर कांग्रेस एमाले मिलेर आवश्यकता अनुसार जोखिम मल्न पनि चाहान्छौं।’

https://www.khabarpetika.com/2024/09/02/7386/

काठमाडौँ । मन्त्रीमण्डल विस्तार पछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे असन्तुष्ट बनेका छन् । मन्त्रालय परिवर्तन भएपछि मनाङेले सम्हालेको भौतिक मन्त्रालय एमालेलार्ई दिइएको छ ।

उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएमा असन्तुष्टि जनाउँदै सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न नगएका हुन् ।

उनले वन मन्त्रालय नस्विकार्ने बताएका छन् । उनले मुख्यमन्त्री सँग कुरा गर्दै रहेको बताउँदै कुरा नमिले राजीनामा दिने जनाए ।

https://www.khabarpetika.com/2024/09/02/7384/

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ ।

उच्च सरकारी वकिल कार्यालयले आइतबार फाइल महान्यायाधिवक्ताकोमा पठाएको हो । पीडित गौशाला २६(छ) ले आफू न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको भन्दै मुद्दा नचलाउन निवेदन दिएकी थिइन् ।

पीडितले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै निवेदन दिए पनि उच्च सरकारी वकिल कार्यालय पाटनले भने मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्तामा फाइल पठाएको हो ।

अब मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयले नै गर्नेछ

रूपन्देही–  १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।

उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मोरङ–  बिराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

https://www.khabarpetika.com/2024/09/02/7378/

वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको बताएका छन् । आज वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए । उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको दाबी गरे ।

उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ कि आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरू बाहिर गइरहेका छन्, कामको खोजीमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजीमा बाहिरिएका छन् ।’

उनले थप भने, ‘गाउँमा युवाहरू भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरू नै हुन् । नेपाली कांग्रेस र कम्युनिस्टहरू नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको हो ।’

https://www.khabarpetika.com/2024/09/02/7376/

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको छ । आइतबार सकिएको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार, बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।

महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमा सोही दिशामा अघि बढ्ने निर्णय भएको प्रवक्ता महतले बताए ।

कांग्रेसको संगठनलाई चुस्त, दुरुस्तरूपमा गाउँगाउँमा पुर्‍याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको छ । त्यसका लागि सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिनेबारे निर्णय भएको छ ।

त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको उनले बताए ।

महाधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित ुएक्जिट पोलिसीुको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको महतको भनाइ छ ।

https://www.khabarpetika.com/2024/09/02/7373/

काठमाडौं – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराध विरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

 दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।  

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताउनुभयो । यस कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उहाँले बताउनुभयो । 

उक्त वाकाथोनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UNOPS का सिनियर प्रोजेक्ट म्यानेजर Stephen Anthony Otter ले बेलुनमा बाँधिएको “International day of Police cooperation, 2024 ” लेखिएको ब्यानर संयुक्त रूपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागितामा नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुन: नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो । 

इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।  

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।