२०८३ मंसिर १०
२०८३ मंसिर १०

काठमाडौं । इजरायलमा बेन्जामिन नेतन्याहू सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाइएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो । बन्धक रिहा गर्न सरकारले हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।

हातमा इजरायली झन्डा बोकेर तेल अभिभ, जेरुसेलम र अरू धेरै सहरमा प्रदर्शनकारी निस्किएका छन् । हमाससँग सम्झौता गर्न सरकारले धेरै काम नगरेको उनीहरूको भनाइ छ ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सयजनाको मृत्यु भएको थियो । हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको हो । तर, भीडले पछि प्रहरीका अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध गरियो । आन्दोलनकारीले टायर पनि जलाए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हड्तालको घोषणा गरेको छ । बन्धकको रिहाइका निम्ति सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले शनिबार दक्षिणी गाजाको रफाहस्थित सुरुङमा ६ शव फेला परेको जनाएको थियो ।बीबीसीबाट

https://www.khabarpetika.com/2024/09/02/7367/

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।

क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।

 योग्य उम्मेदवारले [email protected] इमेल ठेगानामा सात दिनभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।

https://www.khabarpetika.com/2024/09/02/7364/

बाँके । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका ३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

नरैनापुर ३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

काठमाडौँ । नेपाल पौडी संघद्धारा आयोजित आधारभूत पौडी प्रशिक्षक तालिम सम्पन्न भएको छ । सनिबार सातदोबाटो स्थित पौडी पोखरीको कार्यालयमा नेपाल सरकारको पुर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसको केन्द्रिय सदस्य माेहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर तालिमको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गरे । ‘अहिले देशको परिस्थिति जुन छ , त्यसलाई ध्यान दिएर पौडी संघले यो तालिम आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु ’ उनले भने ‘ आज हरेक गाउँमा पौडी पोखरीको अवश्यक छ । हरेक गाउँमा पौडी पाखरीको निर्माण गर्ने हो भने गाडी दुर्घटना भएर खोलामा खस्दा पनि मान्छे बाँचेर फर्कन्थे ।’

प्रमुख अतिथि बस्नेतले पौडी संघको नव निर्वाचित टिमलाई उत्कृष्ट काम गरेर अगाडि बढ्न सुझाव दिँदै आफ्नो ठाउँबाट संघलाई आवश्यक सहयोग हरेक पाइलामा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले नेपालमा पछिल्लो समय पौडी प्रशिक्षकको धैरै डिमाण्ड रहेको बताए । अध्यक्ष श्रेष्ठले पौडी पोखरी निर्माण गर्दा मापदण्ड पुरा नगरी बनाउने गर्दा पोखरीमै मान्छेको ज्यान गएको बताए । उनले भने ‘पछिल्लो दिन पौडी पोखरीमै मान्छेको ज्यान गइरहेको छ । जसको कारण भनेको पौडी पोखरी निमार्ण गर्दा नै मापदण्ड पुरा नगरी बनेकोले हो ।’

सरकारले पोखरी निमार्ण गर्दा पौडी विज्ञको सुझाव लिएर निर्माण गर्नुपर्ने उनले बताए । उनले पौडी खेल मात्रै नभएर मान्छेको ज्यान जोगाउने कला पनि भएकोले यसलाई सरकारले छुट्टै निति बनाएर अगाडि बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै तालिमको मुख्य प्रशिक्षक ईश्वर कुमार कार्कीले पौडी स्वस्थ रहन अत्यन्त आवश्यक रहेको बताए । उनले भने ‘मान्छेहरु स्वस्थ रहन व्यायाम गर्छन्, विभिन्न खेल खेल्छन् । अरु खेल खेल्दा हातखुट्टा भाँच्ने,चोटपटक लाग्ने गर्छ । तर, पौडी जानिसकेपछि त्यस्तो हुँदैन । यो सिक्दा पनि धेरै चोटपटक लाग्दैन ।’ पौडी खेलबाट पनि नाम,दाम सँगै धेरै प्राप्त गर्न सक्ने दावि गरे ।

भदौ ११ गतेबाट सुरु भएको पौडी प्रशिक्षक तालिममा ३० जनाको सहभागी रहेको संघको सचिव गंगालाल गोलेले जानकारी दिए । तालिममा सहभागी भएकाहरुलाई प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र वितरण गरिको थियो ।

काठमाडौं । आज बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक निष्कर्ष विहिन भएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि छलफल भएको थियो । सहमति खोज्न बैठक भोलि पुनः बस्नेछ ।

यद्यपि, महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउन भने सहमत भएको बताइएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने विषयमा छलफल भएको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ ।

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले भने, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।”

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । रंगशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाइ छ । रासस

https://www.khabarpetika.com/2024/08/31/7347/

काठमाडौं । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । शुक्रबार राति भएको के-४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५८ ले हराउँदै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टर फाइनलमा छिरेकी थिइन् । तर, क्वार्टर फाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

उनी चीनमा भएको १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो ।

पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भ्एकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन्

रामेछाप । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु परित्याग गरि जोहोनसोन कार्की अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । शुक्रबार मन्थलीमा आयोजित एक कार्यक्रममा पुर्व गृह राज्यमन्त्री तथा संविधानसभा सदस्य, नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सदस्य समेत रहेका रामेछाप जिल्ला पार्टी इन्चार्ज श्याम कुमार श्रेष्ठले स्वागत गरिएकाे थियाे ।

पार्टी प्रवेश पछी माओवादी नेताहरु सहित जोहोनसोन कार्की

कार्की २०७३ साल देखि अनेरास्ववियूमा सक्रिय भई अनेरास्ववियूको जिल्ला कमिटि सचिवालय सम्म भएका थिए । २०७९ सालमा भएको स्ववियू निर्वाचनमा मन्थली क्याम्पसबाट अनेरास्ववियूको समानुपातिक सदस्यका उम्मेदवार थिए ।

प्रवेश कार्यक्रममा माओवादी केन्द्रका जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाइएको थियो ।

समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादसम्बन्धी दफालाई सरकारको प्रस्तावमा सर्वसम्मतिले हटाउने निर्णय गरेको जानकारी दिए । अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख नरहेको उनको भनाइ छ ।

भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादको विषयमा सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो ।

https://www.khabarpetika.com/2024/08/30/7331/?fbclid=IwY2xjawE-lWRleHRuA2FlbQIxMQABHRvUxJX8ycYPlEngX_Rb66aTE41cZzJIpYst8AJL5w-vxs2ci6JEpAduaA_aem_YdDKRO8pux_ZvziPJoyr0A

केहिदिन देखि ३५ वर्षसम्म हराएका झापाका प्रकाश तामाङको कथा चर्चामा छ । पत्रकार विद्या चापागाँईले हेर्ने कथा मार्फत उनको भिडियो सार्वजनिक गरेपछि प्रकाशको चर्चा सुरु भएको हो । धेरैले कथा हेरेपछि आफु रोएको बताएका छन् भने केहिले पत्रकारले आँशुको व्यापार गरे समेत भन्न भ्याए । देश हुँदै विदेशसम्म चर्चामा रहेको प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो देखाए । प्रकाशको नागरिकता नबनेको थाहा पाएपछि गृहसचिवलाई बोलाएर आवश्यक समन्यय गरिदिन उनले निर्देशन दिइसकेका छन् ।

प्रकाशकाे साहुले श्रम शोषण गरे भन्दै चर्को विरोध भएपछि साहुका छोरा छेतेन दोण्डुपले भित्रि कुरा खुलाएका छन् । उनले हेर्ने कथाको टिमलाई आफ्नो कुरा राखेपछि हेर्ने कथाको टिमले उनका कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।

हेर्ने कथाको फेसबुक पेजबाट प्रकाशित सामाग्री जस्ताको तस्तै :

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न” – छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :

“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने – सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो – मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।

केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “
– छेतेन दोण्डुप

https://www.khabarpetika.com/2024/08/30/7305/?fbclid=IwY2xjawE-hXpleHRuA2FlbQIxMQABHVW0SMTTKEh3X87Ro1NCE6bW2S8jdKqE775r7apRqZrWyBSH-M9YiJNd1Q_aem_IWCeOl7bQmY2LX3YBA3Tfg
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।