
जगडोल, गोकर्णेश्वर | १३ असार २०८३
राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शुक्रबार आयोजित वृहत् वृक्षारोपण कार्यक्रम केवल बिरुवा रोप्ने औपचारिक अभियानमा सीमित रहेन, यो सहिदको स्मृति, द्वन्द्वका घाउ र शान्तिपूर्ण भविष्यप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीकका रूपमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देलको आह्वानमा सम्पन्न कार्यक्रममा समाजका विविध क्षेत्र, समुदाय र पहिचान बोकेका समूहहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
कार्यक्रममा सहिद परिवार, घाइते, पूर्वबन्दी, बेपत्ता परिवार, द्वन्द्वपीडित समुदाय, मगर, शेर्पा, किरात समुदायका प्रतिनिधि, श्रम संस्कृति पार्टीका प्रतिनिधि, सशस्त्र प्रहरी बल, विभिन्न सामाजिक क्लब तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । साथै गोकर्णेश्वर नगरपालिकाका उप मेयर सान्नानी लामा, अर्थ समितिका सभापति सन्तोष चालिसेको समुपस्थितिले कार्यक्रमलाई थप महत्व दिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका सहभागीहरूले वृक्षारोपणलाई केवल वातावरण संरक्षणको अभियान नभई इतिहासलाई सम्झने, वर्तमानलाई जोड्ने र भावी पुस्तालाई हरियालीसँगै शान्तिको सन्देश हस्तान्तरण गर्ने माध्यमका रूपमा व्याख्या गरेका थिए ।
राष्ट्रिय सहिद तथा शान्ति पार्क परिसरमा रोपिएका बिरुवाहरूले आगामी दिनमा हरियाली मात्र नभई संघर्ष, बलिदान र सामाजिक एकताको स्मरण गराइरहने अपेक्षा गरिएको छ ।
कार्यक्रमको समापनमा सहभागीहरूले “स्मृतिको सम्मान, प्रकृतिको संरक्षण र शान्तिको संवर्द्धन” भन्ने साझा भावना व्यक्त गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।
नेपालको सार्वभौमसत्ता र राष्ट्रियतासँग सम्बन्धित विषयमा संसदमा व्यक्त हुने धारणा सधैँ संवेदनशील मानिन्छ। यही सन्दर्भमा प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रमबाट “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ।
उक्त अभिव्यक्तिपछि धेरैले प्रश्न उठाएका छन्— यदि यस्तो दाबी गरिएको हो भने त्यसको आधार, तथ्य र प्रमाण के हुन्? किनकि नेपाल–भारत सीमासम्बन्धी विषय लामो समयदेखि राष्ट्रिय चासो र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय रहँदै आएको छ।
नेपाल–भारत सीमा २६ जिल्लासँग जोडिएको छ। विभिन्न अध्ययन, प्रतिवेदन र सार्वजनिक बहसहरूमा नेपालका केही भूभाग अतिक्रमणमा परेको दाबी हुँदै आएको छ। यसमध्ये २३ जिल्लाका ७१ स्थानमा ६०,६६२ हेक्टर नेपाली भूमि भारतद्वारा अतिक्रमण भएको छ । यसमध्ये दार्चुला (व्यास १ र २) मा ३७ हजार हेक्टर, कञ्चनपुरको ९ स्थानमा १,६११ हेक्टर, कैलालीको ३ स्थानमा २५६ हेक्टर, बर्दियाको ४ स्थानमा ३१ हेक्टर, बाँकेको २ स्थानमा ५१ हेक्टर, दाङमा २५ हेक्टर, कपिलबस्तुमा १ हेक्टर, रुपन्देहीको २ स्थानमा ५५ हेक्टर, नवलपरासी (सुस्ता) मा १४,५०० हेक्टर, चितवनको २ स्थानमा १४४ हेक्टर, पर्साको ६ स्थानमा २३३ हेक्टर, बारामा ३० हेक्टर, रौतहटमा १५ हेक्टर, सर्लाहीको २ स्थानमा १२ हेक्टर, महोत्तरीको २ स्थानमा १४ हेक्टर, सिराहको २ स्थानमा १७ हेक्टर, सप्तरीको ७ स्थनमा १७५ हेक्टर, सुनसरीको ३ स्थानमा ४३ हेक्टर, मोरङको ३ स्थानमा ३५ हेक्टर, झापाको ८ स्थानमा १७४ हेक्टर, इलामको ४ स्थानमा ८२ हेक्टर, पाँचथरको २ स्थानमा ४,११४ हेक्टर र ताप्लेजुङको ४ स्थानमा २,०२० हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ ।
यस्ता विषयमा सरकार, सम्बन्धित निकाय र कूटनीतिक माध्यमबाट तथ्यपरक छलफल आवश्यक हुने धेरैको धारणा छ।
प्रधानमन्त्री वा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले राष्ट्रियता, सीमा र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा अभिव्यक्ति दिँदा त्यसले व्यापक प्रभाव पार्ने भएकाले स्पष्टता, प्रमाण र जिम्मेवारी अपेक्षित हुन्छ। यदि अभिव्यक्तिको आशय फरक थियो भने त्यसबारे सम्बन्धित पक्षबाट थप व्याख्या आउनु आवश्यक देखिन्छ।
सामाजिक सञ्जालमा यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले अभिव्यक्तिको आलोचना गरेका छन् भने कतिपयले प्रधानमन्त्रीको भनाइको वास्तविक सन्दर्भ र उद्देश्य बुझ्नुपर्ने तर्क गरेका छन्।
राष्ट्रहितसँग सम्बन्धित विषयमा भावनाभन्दा तथ्यलाई आधार बनाएर सार्वजनिक बहस हुनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो। सीमा, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानजस्ता विषयमा सबै राजनीतिक दल र नेतृत्वबाट स्पष्ट, जिम्मेवार र प्रमाणमा आधारित धारणा आउनु आवश्यक छ।
जगडोल, काठमाडौं, २६ जेठ २०८३ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गत निर्देशनालय, हेटौंडाका प्रतिनिधिहरूले डिभिजन वन कार्यालय काठमाडौंमार्फत सञ्चालित आयोजनाको अनुगमनका क्रममा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलको अवलोकन गरेका छन्।
पार्कको अवलोकन तथा अनुगमनका लागि उपस्थित टोलीप्रति पार्कका अध्यक्ष सुदर्शन सिग्देलले धन्यवाद तथा आभार व्यक्त गर्दै यस प्रकारको अनुगमनले पार्कको संरक्षण, व्यवस्थापन र विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त
काठमाडौं, जेठ २२ — विश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षरोपण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा मदन भण्डारी कलेजका प्रमुख डा. बाबुराम अधिकारी, कलेजका विद्यार्थीहरू, गोल्डेन पिक हाई स्कुलका शिक्षक तथा विद्यार्थीहरू, जनजागृति माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, पिस फाउन्डेसनका डाइरेक्टर सन्तोष पौडेल, स्थानीय वडाध्यक्ष जयराम दाहाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल ले शुभकामना मन्तव्य व्यक्त गर्दै वातावरण संरक्षणलाई मानव अस्तित्वसँग जोडिएको साझा दायित्वका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले “प्रकृतिलाई प्रेम गरौं, भविष्यलाई सुरक्षित बनाऔं” भन्ने सन्देश दिँदै वृक्षरोपणलाई केवल एक दिनको अभियान नभई जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम अन्तर्गत पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिनुका साथै वातावरणीय सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो। सरसफाइ कार्यक्रमलाई जेनजी टोलीले नेतृत्व गर्दै पार्क क्षेत्रलाई स्वच्छ र हराभरा बनाउन सक्रिय योगदान दिएको थियो।
सहिदहरूको स्मृतिसँग जोडिएको राष्ट्रिय सहिद तथा शान्ति पार्कमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रवर्द्धन गरेको सहभागीहरूले बताएका छन्। वृक्षरोपण, सरसफाइ र सचेतनामूलक गतिविधिमार्फत हरित भविष्य निर्माणको सन्देश प्रवाह गरिएको यस कार्यक्रमलाई स्थानीय समुदाय तथा शैक्षिक संस्थाहरूबीचको सहकार्यको उदाहरणका रूपमा समेत हेरिएको छ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित यस अभियानले प्रकृतिप्रति सम्मान, संरक्षण र जिम्मेवारीबोधको भावना अभिवृद्धि गर्दै वातावरणमैत्री समाज निर्माणतर्फ सकारात्मक सन्देश दिएको आयोजकहरूले बताएका छन्।
२१ जेठ २०८३ – काठमाडौं। रामेछाप जिल्ला मन्थली नगरपालिका–९, बाहुनचुरा निवासी कृष्णबहादुर बोहोरा यतिबेला गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ। दुवै मिर्गौला फेल भएपछि उहाँ काठमाडौंस्थित सिभिल अस्पतालमा नियमित डायलाइसिस गराइरहनुभएको छ ।
सिभिल अस्पतालका नेफ्रोलोजिस्ट चिकित्सकको सिफारिसअनुसार उहाँलाई नियमित उपचारसँगै छिट्टै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । उपचारका लागि ठूलो आर्थिक भार आवश्यक पर्ने भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण आवश्यक रकम जुटाउन कठिन भएको छ ।
लामो समयदेखि साहुको ट्याक्सी चलाएर परिवारको पालनपोषण तथा सन्तानको शिक्षादीक्षाको जिम्मेवारी सम्हाल्दै आउनुभएका बोहोराको आयस्रोत सीमित भएकाले उपचार खर्च धान्न परिवारलाई निकै समस्या परेको छ । हाल उहाँ अस्पतालको शय्यामा जीवन रक्षाको संघर्ष गरिरहनुभएको छ ।
यसैबीच, उहाँका भाइ रामकुमार थापाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन, इष्टमित्र तथा मानवताप्रेमी महानुभावहरूलाई सहयोगका लागि हार्दिक अपिल गर्नुभएको छ। उहाँले “सेवा नै धर्म हो” भन्दै सानोभन्दा सानो आर्थिक सहयोगले पनि एउटा अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको छ ।
मानवीय संवेदनाको यस घडीमा सबैको साथ र सहयोग प्राप्त भए कृष्णबहादुर बोहोराको उपचारमा ठूलो राहत पुग्ने परिवारको विश्वास छ ।


सहयोगका लागि
नाम: कृष्णबहादुर बोहोरा
सम्पर्क नं.: ९८६१६६९४०५
बैंक: Mahalaxmi Bikas Bank Ltd.
खाता नं.: 07212200673131000001
QR कोडमार्फत पनि सहयोग गर्न सकिनेछ।
“सानो सहयोगले पनि एउटा जीवन बचाउन ठूलो साथ पुग्न सक्छ।”
काठमाडौं, जेठ १६ — भिरकोट काठमाडौं सामाजिक सेवा केन्द्रको नयाँ कार्यसमिति घोषणा कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।
डा. होम प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी निरीक्षक देवराज काफ्लेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा गेटर नेपालका अध्यक्ष रामशरण पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले समाजसेवी तथा युवा व्यक्तित्व अभिषेक कोइरालालाई केन्द्रको अध्यक्ष पदमा चयन गरेको छ। त्यसैगरी कमला बस्नेत उपाध्यक्ष, राजेश थापा सचिव तथा सी.एम.डी. काफ्ले कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
त्यस्तै, मिलन थापा, भीम विक र गंगा काफ्ले सदस्य पदमा चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले सामाजिक एकता, पारस्परिक सहयोग तथा भिरकोटवासीहरूको हित र उत्थानका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा वक्ताहरूले राजधानीमा बसोबास गर्ने भिरकोटवासीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउन केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
दक्षिणढोकामा भयानक दुर्घटना : स्कुटर चालक गम्भीर घाइतेकाठमाडौं, १८ वैशाख २०८३ ।आज बिहान करिब ५ बजे काठमाडौंको दक्षिणढोका पेट्रोलपम्प अगाडि भयानक सवारी दुर्घटना भएको छ।जोरपाटीबाट मूलपानीतर्फ जाँदै गरेको बा. ००१ ज ०२६६ नम्बरको बासुकी माइक्रोले बा. ०४० प ६२५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गोपाल बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार दुर्घटनापछि माइक्रोले स्कुटरलाई करिब १० मिटरसम्म घिसारेको सिसिटिभी फुटेजमा देखिएको छ। घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ।दुर्घटनामा संलग्न माइक्रो र स्कुटर हाल नारायणटारस्थित ट्राफिक प्रहरी बिटमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





