२०८३ मंसिर ८
२०८३ मंसिर ८

काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका १४ फुलासीका चार जना बौद्ध धर्म गुरु विज्ञहरुलाई सम्मान गरिएको छ ।

विहिबार काठमाडौ स्थित बौद्धमा साङ्गा छोइलिङ गुम्बाले एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा लामामा घेशे ल्हारम्पा(पिएचडि) भारतकाे मैशाेर,सेरा शेर्पाेम विश्वविद्यालय गुम्वाबाट पहिलाे लेवलमा पास भएका पासाङ लामा(थुप्तेन ज्याम्पाल),सम्पुर्णनान्द संस्कृत विश्वविद्यालय वारानासी भारत बाटा डिग्री ,आचार्य पास गरेका ढाकार छोइलिङ गुम्बाका वंश असोक लामा(थुप्तेन),सम्पुर्णनान्द संस्कृत विश्वविद्यालय वारानासी भारत बाटै डिग्री ,आचार्य पास गरेका ढाकार छोइलिङ गुम्बाकै वंश बुद्ध लामा र फर्पिङ स्थित ङिङ्मा पाल्युल उर्गेन दाेर्जे छ्याेलिङ गुम्बाबाट अध्ययन गरि लामामा मास्टर डिग्री पास गरेका लाेपेन साङ्ग्ये ग्याल्छेन लामा रहेका छन् ।

उनीहरूलाई नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले खादा सहित सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका सांसद कान्छारामले उनीहरुलाई बधाई तथा शुभकामना दिँदै अब काठमाडौँमा नभएर जिल्लामा गएर आफुले पाएको ज्ञान बाँड्दै आफुजस्तै अरु व्यक्तिहरु उत्पादन गर्न लाग्न सुझाव दिए ।

त्यस्तै उनले रामेछापको लागि यो ऐतिहासिक काम भएको बताए । रामेछापमा धेरै गुम्बाहरु छन् ,धार्मिक कार्यक्रमहरु अगाडि बढेको छ,कान्छारामले भने`तर यसरी धेरै बर्ष मेहनत गरेर पढेर ज्ञान हासिल गर्ने कमै छन् । त्यसमध्येमा तपाईंहरु पर्नुभएको छ । म खुशी छु । तपाईंहरुलाई बधाई साथै सफलताको शुभकामना दिन चाहन्छु ।´

उनले सबै धर्मगुरुहरु एक भएर अगाडि बढ्न समेत अनुरोध गरे ।`लामाहरु मिलेर काम गर्नुस । लामाहरु मिल्दैन ,मलाई थाहा छ । एउटाले गर्ने कुरा अर्कोले अस्विकार गर्नु हुँदैन`,कान्छारामले भने ।

काठमाडौँ । भारतीय मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि ट्रक व्यवसायी संघ र यातायात व्यवसायी समिति मारमा परेका हुन्। भारतीय गाडी नेपालमा निर्वाध चल्दा नेपालि गाडी भनि खालि र रित्तै बस्नु परेको यातयात व्यवसायीको गुनासो रहेको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने कार,जीप र भ्यानले दैनिक ४ सय ८० रुपैयाँ तिर्दै आएका छन् । अन्य मालबाहक लगायत अन्य सवारीसाधनले पनि दैनिक ४ सय ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले भारतीय मालबाहक गाडीहरुको प्रवेश शुल्क बढाउनुपर्ने र ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दा समेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको ट्रक व्यवसायी हेमराज पौडेल(राजन)ले बताए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन् ।

ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडादर पनि नपाउने गरेको राजनले बताए । ‘हाम्रो अवस्था दिनदिनै दयनीय हुँदै गएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको छ, लाखौ मुल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैनु, राजनले भने ।

जुनसुकै देशको सवारीसाधन नेपाल आए त्यहाँको कानुनलाई मान्नु पर्ने भएपनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको उनको भनाइ छ।

ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले बताए।

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नवीकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्ने लगायतका व्यवस्था रहेको छ ।

तर भारतीय गाडीले भन्सार बिन्दुमै पल्टी नगरी नेपाल सम्म सेटिङको आधारमा नेपालको जुन सुकै ठाउमा पुर्याउने भएकाले नेपालि ट्रक व्यवसाय मारमा परेका छन् । नेपालि गाडी भन्सारमा १५(२० सम्म खाली बसिरहदा भारतीय गाडी भनि सरासर सामान लिएर नेपाल भित्री रहेका छन् ।

सरकारले यसको उचित व्यवस्थापन नगरे नेपाल भरिका ट्रक व्यवसायहरुले नेपाल भरि मालबाहक ट्रक नचलाउने र आम हडतालमा जाने एक ट्रक व्यवसायीहरुको तयारी रहेको बुझिएको छ ।

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् । 

 पक्राउमध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

१५ चैत, काठमाडौं । श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहीबार बिहान धनगढीबाट काठमाडौं आएको जहाज मौसम खराब भएपछि त्रिभुवन विमानस्थलमा बस्न सकेन । करिब अढाई घण्टा आकाशमा घुमाएर जहाजलाई भैरहवा विमानस्थल लगेर अवतरण गरियो ।

धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडौं हिँडेको जहाज भैरहवामा सकुशल अवतरण गरि पुनः काठमाडौं पठाइएको श्री एयरलाइन्सले जनाएको छ । जहाज बिहीबार बिहान ७ बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो ।

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो। परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ। पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई/दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक/एक जना छन्।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन्।

काठमाडौँ । बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री तामाङले शुभकामना व्यक्त गर्दै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गरे । विशिष्ट कार्य गरेवापत बिरिसु मिडियाले सम्मान प्रदान गरेको र राज्यले पनि हौसला प्रदान गर्न सम्मान कार्यक्रम गर्नुपर्ने उनलेे बताए । कार्यक्रममा विशिष्ट अतिथी गुरु लामा घ्याछो रिम्पोछे ज्यूले शुभकामना व्यक्त गर्दै बिरिसु मिडिया प्रा.लिलाई थप सफलताको कामना व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई ‘मुर्धन्य व्यक्तित्व सम्मान’,पत्रकार शरण हुमागाईलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान,चलचित्र कलाकार रश्मि पाण्डेलाई ‘राष्ट्रिय कला सम्मान’, हाँस्य अभिनेता हरि निरौला ‘कक्रोज’ लाई ‘राष्ट्रिय कलाकारिता सम्मान’, वरिष्ठ फोटोग्राफर च्याङ्बा लामालाई ‘राष्ट्रिय फोटोग्राफी सम्मान’, मेकअप आर्टिस्ट विक्रम गौतमलाई ‘राष्ट्रिय कला सम्मान’ कलाकार एंव व्यवस्थापक विज्ञान पाण्डेलाई ‘राष्ट्रिय कला सम्मान’, सामाजिक अभियन्ता रश्मि शाक्यलाई ‘राष्ट्रिय सेवा सम्मान’, कलाकार देउकला सुनुवारलाई प्रतिभा सम्मान, कलाकार बिराज बाँस्कोटालाई ‘राष्ट्रिय कला सम्मान’, युवा व्यवसायी नुन बहादुर तामाङलाई ‘राष्ट्रिय सेवा सम्मान’, गायक मदन कुमार थापालाई ‘राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी जीवन परियारलाई ‘राष्ट्रिय सेवा सम्मान’,गायक एंव संगीत संयोजक कुन्साङ दोर्जे लोप्चनलाई ‘राष्ट्रिय कला सम्मान’,वरिष्ठ डिजाइनर चुडामणी नेपाललाई ‘राष्ट्रिय सेवा सम्मान’,कलाकार एंव व्यवसायी कृष्ण बहादुर पुरीलाई ‘राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी रमेश विश्वकर्मालाई ‘राष्ट्रिय सेवा सम्मान’,गायिका बिशु तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,कलाकार अनु केसीलाई प्रतिभा सम्मान, प्रोडक्सन डिजाइनर सुजन गौतमलाई ‘राष्ट्रिय कला सम्मान’ गायक जल बहादुर लामालाई ‘राष्ट्रिय कला सम्मान’,हाँस्य कलाकार तथा निर्देशक श्रीशक्ति बराइलीलाई ‘राष्ट्रिय कला सम्मान’,मेकअप आर्टिस्ट बिमला तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,कलाकार हरिलाल तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,छायांकार एंव भिडियो सम्पादक गंगाराम राईलाई ‘राष्ट्रिय कला सम्मान’,सञ्चारकर्मी राजकुमार रायमाझीलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’,गायिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराईलाई ‘राष्ट्रिय कला सम्मान’,निर्देशक देवराज गुरुङलाई ‘राष्ट्रिय कला सम्मान’ गरी २८ जनालाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष एंव पत्रकार विवेक लोप्चनले धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि अझ शसक्त ढंगले विविध क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने र थप हौसला प्रदान गर्ने बताए । कार्यक्रमको संयोजक लक्षु प्रकाश मल्लले गरेका थिए । गायिका एंव बिरिसु मिडिया प्रा.लिका निर्देशक सुस्मिता स्याङ्तानले विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई राज्यले गर्नुपर्ने सम्मान आफ्नो संस्थाले गरेको बताइन । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझिले गरेका थिए भने उक्त कार्यक्रममा कलाकार,पत्रकार एंव विशिष्ट क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।