२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू सबैको सहकार्यमा अघि बढ्ने बताएका छन् । वीर अस्पतालको १३५औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको उल्लेख गरे ।

उनले स्वास्थ्य संस्थाको विकासका निम्ति आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको बताए । स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ थियो ।

उनले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै उनले दुवैलाई सहज रूपमा अघि बढाउने गरी मन्त्रालयले सहजीकरण गर्ने उल्लेख गरे ।

रामेछाप । प्रतिनिधसभा सदस्य एवम् नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पुर्ण बहादुर तामाङ(कान्छाराम)ले गोकुलगंगा गाउँपालिका वडा न. ६ फर्पुमा घरमाथिबाट खसेको पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ ।

शनिबार बिहानै घटनास्थलमै पुगेर सांसद कान्छारामले घट्ना पिडितको प्रति परिवारलाई १०–१० हजारको दरले आर्थिक सहयोग गरेका हुन् । बिहीबार साँझ घरमाथिको ढिस्को भत्किएर १८ वर्षीय सिता तामाङ, १५ वर्षीय आशिका दोङ र १३ वर्षीय लक्ष्मी तामाङका मृत्यु भएको थियो । मृतकका परिवारलाई सान्तवा सहित सांसद कान्छाराले आर्थिक सहयोग गरेका हुन् ।

उनले स्थानियको सुरक्षित बसोबासको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै संसदमा पनि आवाज उठाउने जानकारी दिए ।

सांसद कान्छारामले फर्पुमा भएको घट्नाले आफुलाई दुख लागेको बताउँदै सम्पुर्ण जिल्ला वासिलाई सुरक्षित साथ बस्न समेत आग्रह गरे ।

रामेछापेली जनताको दुखमा कान्छाराम सँधै अग्रसर भएर सहयोग गर्दै आइरहेका छन् ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६९४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सिघाललाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध गाँजा ३२ ग्राम ५ सय मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय राज कुमार राजवंशी र भारत सिक्किम राज्य नाम्ची घर बताउने २७ वर्षीय सन्तोष राई रहेका छन् । मेचीपुल बिटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

भोजपुर, भोजपुर नगरपालिका-७ भोजपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट र कोलिवान १६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका-९ बस्ने २० वर्षीय अर्पण राई र २० वर्षीय रेन्जी शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले बा.प्र. ३ -००५ प ५३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजको १५ औ साधारण सभा एवम् पाँचाै अधिवेशन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले उत्तम पौडेलको अध्यक्षतामा २७ जनाको नँया कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचित नँया कार्यसमिति

यस्तै वरिष्ठ उपाध्यक्षमा सन्ध्या सानू, गोबिन्द गौतम , कल्पना सुनुवार, राम कुमार नेपाली ,महासचिवमा गुणराज श्रेष्ठ र प्रवक्तामा खमेश श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै सचिवमा सविन चौहान , सहसचिवमा महेस सुनुवार , कोषाध्यक्षमा सङ्गिता केसि , सह (कोषाध्यक्षमा बबिता पोख्रेल निर्वाचित भएको हो ।

सदस्यहरुमा दिपक लाखे , नकुल प्रसाद गौतम , रिता कार्की र वीर बल माझी लगायत छन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।