२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौं । चीनको ग्वाङडोङमा चालकविहीन सरसफाइ सवारीसाधन सडकमा खटाइएको छ । चालकविहीन सरसफाइका सवारीसाधनले सडकको फोहोर, धुलो सफा गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

चीनले सन् २०२२ देखि चालकविहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर सरसफाइमा खटाइएको हो । आउँदा दिनमा सहरलाई व्यवस्थित र सफा राख्न यस सहयोग पुर्‍याउने बताइएको छ । सिन्ह्वा

https://www.khabarpetika.com/2024/07/29/6169/

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए।

“छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ”, उनले भने । मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

सुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए ।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए ।

आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीनमा उपभोग गर्न पाउनेछन् । आयोजनाका लागि ७८ प्रतिशत एसियाली विकास बैङ्क र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।

काठमाडौं : ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

झापा, बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, बरियारपट्टी गाउँपालिका-३ हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम सहित गोलबजार नगरपालिका-६ बस्ने २४ वर्षीय विनय सिंह र भारत घर भएका ३४ वर्षीय रोशन कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१- ००४ प ९९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, ईनरुवा नगरपालिका-९ बबिया चोकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलो ७ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँघुरिगढी गाउँपालिका-१ बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् । गाँजा बोकेको प्रदेश १-०२-००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी सशस्त्र प्रहरी बल नेपाल सुनसरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले गाडीबाट ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक राम कुमार र गाडीमा सवार बुद्धलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं : सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको हो । 

भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । 

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

https://www.khabarpetika.com/2024/07/29/6175/

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक भेटिएको छ । भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर तल फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।

भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका थिए । बस फेला नपरेपछि भारतीय भारतबाट आएका विशेषज्ञहरू फर्किसकेका छन् ।

असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । बसमा सवार २५ जनाको शव भेटिएको डीआईजी केसीले जानकारी दिए ।

https://www.khabarpetika.com/2024/07/29/6173/

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

वासिङटन । अमेरिकामा राष्ट्रपति जो बाइडेनले उमेदवारी त्यागेर कमला ह्यारिसलाई समर्थन गरेपछि डेमोर्क्र्याटिक पार्टीमा निकै उत्साह बढेको एक ‘पोल’ले देखाएको छ ।

एबीसी न्युज र इप्सोसको उक्त पोलमा ८६ प्रतिशत डेमोर्क्र्याट्स र ५२ प्रतिशत अमेरिकीले उक्त पार्टीबाट ह्यारिस राष्ट्रपतिको उमेदवार बन्नुपर्ने जनाएका छन् । उक्त पार्टीका १४ प्रतिशतले भने राष्ट्रपति पदका निम्ति अरू नै उमेदवार चयन गरिनुपर्ने जनाएका छन् ।

ह्यारिसको उमेदवारीलाई लिएर ६३ प्रतिशत डेमोर्क्र्याट्स ‘ज्यादै उत्साहित’ छन् । २५ प्रतिशत डेमोर्क्र्याट्स केही हदसम्म उत्साहित भएको जनाइएको छ ।

यसको तुलनामा ८२ प्रतिशत रिपब्लिकनले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार बनेकामा आफूहरू उत्साहित भएको जनाएका छन् ।

दुईतिहाइ अर्थात् ६६ प्रतिशत अमेरिकीले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफूहरूले ‘निश्चित रूपमा’ मतदान गर्ने जनाएका छन् । यसो भन्नेमा ७६ प्रतिशत डेमोर्क्र्याट्स र ७८ प्रतिशत रिपब्लिकन छन् ।

बाइडेनले चुनावी दौड छोड्नुअघि एबीसीले गरेको पोलमा ७० प्रतिशत डेमोर्क्र्याट्स र ७५ प्रतिशत रिपब्लिकनले मतदानमा सहभागी हुने जनाएका थिए । दुवै पार्टीबाट मतदान गर्न चाहनेको  प्रतिशत हाल बढेको छ । एजेन्सी

पोखरा । पोखराको छोरेपाटन पारी स्कुल बस दुर्घटना भएको छ । सोमबार बिहान मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।

बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार रहेका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।