२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौ । रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) नेपाल सरकारको उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रवार रास्ट्रपति रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका तामाङ सहित अरुण कुमार चौधरी र रुपा विकलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

तामाङ र विक नेपाली काङ्ग्रेसबाट हुन् भने चौधरी नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट हुन् । आज तीन राज्यमन्त्री नियुक्ति भएसंगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद्ले पुर्णता पाएको छ ।

तामाङ देशभरबाट सर्वाधिक भोट ल्याएर जित्नेमा चौथो सांसद हुन् । उनले रामेछापबाट ४७ हजार ९९ मत ल्याएर विजयी भएका थिए ।

सफल निर्माण व्यवसायी हुँदै राजनीतिमा आएका तामाङले जिल्लाका धेरै स्थानमा आफ्नै व्यक्तिगत सहयोगमा विकास निर्माणका कामहरू गरेका छन् ।

https://www.khabarpetika.com/2024/08/02/6330/

हेटौडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गरेका छन् ।

गत श्रावण १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रदेश प्रमुख देवकोटाले आज प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका हुन् ।

प्रदेश प्रमुखको स्वागतमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सरकारका सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । देवकोटा बागमतीका चौंथो प्रदेश प्रमुख हुनु ।

आजै निवर्तमान प्रदेश प्रमुख यादव चन्द्र शर्माको बिदाई गरिएको छ । नवनियुक्त्त प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर बिदाई गरेका हुन् ।

काठमाडौँ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट गरी तीन जना राज्यमन्त्री नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ।

कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको हो।

तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा तामाङ, विक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

उनीहरूको शपथ शुक्रबार नै हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। तामाङ रामेछाप, विक कपिलवस्तु र चौधरी कैलालीका हुन्।

तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनका बेला रामेछाप सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। २०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका हुन्।

साथै विक १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य हुन्। उनी पनि सभापति देउवानिकट हुन्। उनी समानुपातिकतर्फबाट सांसद छिन्।

नाउपाका चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको मन्त्रिमण्डल अहिले २२ सदस्यीय छ। संविधानले २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने भनेको छ।

काठमाडौँ । साउन २० गते आइतबार सार्वजनिक बिदा परेको छ ।

आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेको छ। मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ।

सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन् । अब सोमबारमात्रै शेयर कारोबार खुल्नेछ।

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महास‌ंघका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।

यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।

आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिदै छन् । आज ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । अल्पमतमा रहेका सोडारीले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने समेत बताइएको छ

गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए ।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर, केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो । कांग्रेस र एमालेबीचको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ ।

५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा कांग्रेस र एमाले एक ठाउमा आउदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।

बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।

काठमाडौँ ।  पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ । 

“कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष  झाले बताए । 

यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो । यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । 

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।