२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौँ । कुलमान घिसिङले आफ्नो दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै पूर्व डीआईजी रमेश खरेलले मंगलबार अख्तियारमा उजुरी दिएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युतको पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गरेको जिकिर गरेका छन् ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग (पीपीए) गर्दा कानून मिचेको खरेलले जिकिर गरेका छन् । त्यस क्रममा राज्यलाई एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् । उनले प्रणामसहित अख्तियारमा निवेदन दिएकोसमेत उल्लेख गर्दै प्रमाणसमेत राखेका छन् ।

यसअघि कुलमानले विद्धुत प्राधिकरणलाई नाफामा पुर्याएको भनेर पत्रकार सम्मेलन गरेका थिए ।

यस्ताे लेखेका छन् उनले फेसबुकमा–
एन्टी करप्सन नेटवर्कको तर्फबाट मैले आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण प्रमाण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छु।
मिती – २०८१-०४-२९
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौ
विषय: नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा।
अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ को नियम ५ बमोजिम देहायको विवरण खोली यो उजुरी निवेदन दिएको छु।
१ अनुचित कार्य गर्ने ब्यक्ती नाम दर्जा र कार्यालय:
नाम – कुलमान घिसिङ
पद: प्रबन्ध निर्देशक
कार्यालय: नेपाल बिद्युत प्राधिकरण
२ अनुचित कार्यको पुरा विवरण:
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका अनेक कर्तुत र अनियमितताको केही अंश निम्नप्रकार छन ।

https://www.khabarpetika.com/2024/08/13/6794/

मलेखु– पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।

 पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए।एम।एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिएका हुन्।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरुले यसका लागि सोच्नुपर्ने बताए।

उनले हाल जनसंख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे।

https://www.khabarpetika.com/2024/08/13/6792/

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रमेश खरेलले उजुरी दिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक खरेलले मंगलबार उजुरी दिएका हुन् ।

उनले कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग गरेका छन् ।

“घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा।लि। दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ,” खरेलले भनेका छन्, “रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौँको कम्पनी खोल्न सक्ने नै थिएनन् । यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठूलो लगानीको हार्डवेयर कसरी खोले रु यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए ।”

खरेलले त्यसअघि नै कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी रहेको भन्दै अहिलेसम्ममा पनि उक्त कम्पनी निरन्तर घाटामा देखिएको उल्लेख गरेका छन् । “अहिले त्यो कम्पनी उनका दाई गणेशले चलाउँदै आएका छन् । पछिल्लो समय उनले खोलेको हार्डवेयरले सिमेन्ट रड मात्र बेच्दैन । कमिसनको मोटो रकम पनि व्यवस्थापन गर्छ,” खरेलले दाबी गरेका छन्, “त्यही भएर हुन सक्छ एउटा हार्डवेयरको नाममा १७ वटा बैंक खाता खोलेर एक वर्षमा नै अर्बौको कारोबार गरेको ।”

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए। 

“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुने छन्”, उनले भने ,“तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।” भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । 

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ । भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव प्रस्तुत गर्ने बताए । 

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबिच छलफल भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिनुभएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रूपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्नुभएकामा मन्त्री राणाप्रति बधाई ज्ञापन गर्नुभयो । भेटका अवसरमा उहाँहरूबिच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।

महोत्तरी । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यस वर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ । मधेश प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवर्द्धन सुरु गरिएको वृहत वृक्षरोपण अभियानमा पछिल्लो असार र साउनमा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबास महोत्तरीले जनाएको छ ।

सेनाले साउनको चौथो साताभित्र महोत्तरी र धनुषाको सीमाक्षेत्रमा पर्ने धनुषाको मिथिला-११ को मोतीखोला सामुदायिक वनक्षेत्र र बगरटोलमा गरी सात बिघा क्षेत्रफलमा १० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको जनाएको छ । यहाँ गत बिहीबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहबाट वृक्षरोपण थालिएको थियो । यसअघि असारमा सिरहाको मिर्चैया-६, ७ को पर्ति जग्गामा ५० हजारको सङ्ख्यामा वृक्षरोपण रोपिएको पृतनाका सहायक रथी प्रकाशबहादुर चन्दले जानकारी दिनुभयो । वृक्षरोपण गरिएका दुवै ठाउँ चुरे क्षेत्र हुन् ।

चुरे मधेशको जीवन रहेको हुँदा यसको संरक्षणका लागि सघन वृक्षरोपण पहिलो अभिभारा रहेको सेनाको ठम्याइ छ । चुरेका प्राकृतिक स्रोत जमिन, पानी, चरनक्षेत्र र प्राणीको संरक्षण, जीविकाका लागि रुख बिरुवा अनिवार्य भएको सहायक रथि चन्दको भनाइ छ । रोपिएका बिरुवाहरुमा मलेसियन साल, टीक, खयर, अमला र बाँस छन् । वृक्षरोपणले अब वनक्षेत्र हराभरा बनाउन सहयोग पुग्ने मोतीखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माको विश्वास छ । 

वनक्षेत्र नजिकको पर्ती जग्गामा अमला रोपिएको छ । यसले बस्ती पसेर हैरान गर्ने बाँदरले केही वर्षभित्रै जङ्गलमै पर्याप्त भोजन पाउने आशा गरिएको छ । भिरालो जग्गामा रोपिएको बाँस झ्याङ्गिदै गएपछि पाखाको माटो बग्ने र पहिरो जाने क्रम पातलिने स्थानीय बताउँछन् । यो अभियान मधेशका आठै जिल्लामा सञ्चालन गरिने सहायक रथी चन्दको भनाइ छ । रोपिएका बिरुवाको संरक्षणका लागि काँडेतारको घेराबेरा र नियमित देखभाल गरिने सेनाले जनाएको छ । 

सर्लाही :नगद लुपाटमा संलग्न रहेको अभियोगमा बागमती नगरपालिका-४ जिरायत बस्ने ४० वर्षीय राम बहादुर थिङ समेत ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना.३ ख २८७६ नम्बरको बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका-३ बस्ने ७० वर्षीय पुरूषको साथमा रहेको नगद ४ लाख ७० हजार रूपैयाँ सोही बसमा सवार अज्ञात समूहले महोत्तरी बर्दिबास नगरपालिका-३ कालापानीमा चोरी गरी बर्दिबासमा ओर्लिई धरानबाट नारायणघाटतर्फ जाँदै गरेको हाल अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी भागेको  भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सर्लाही बागमती नगरपालिका-१२ पुतलीचोकस्थित कालिका होटलबाट लुटपाटमा संलग्न उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ । 

काठमाडौं । अभिनेत्री झरणा थापाको अभिनयमा तीज गित सार्वजनिक भएको छ । ‘माइतिको गाउँमा’ बालको गित सोमबार सार्वजनिक भएको हो ।

गायीका अस्मिता अधिकारीको स्वरमा रहेको गितका शब्द रचना सन्तोष दाहालले गरेका हुन् ।

भिडियो राजेश घिमिरेले खिचेका हुन् भने विष्णु खड्काले समपादन गरेका थिए ।

जनकपुरधाम । चर्को आलोचनापछि मधेश सरकारले आठ वटै राज्यमन्त्री लाई हटाउने भएको छ ।  मुख्यमन्त्री सिंहले आठजना राज्यमन्त्री हटाउने निर्णयमा पुगेको जानकारी दिए ।

जनमत नेतृत्वको मधेश सरकारले ८ राज्यमन्त्री सहित २० सदस्यीय मन्त्री मण्डल गठन गरे पछि जसपा निकट युवा विद्यार्थी हरुले जम्बो मन्त्री मण्डल गठन गरेर संघियतालाई नै धरापमा पार्न खोजेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

जसपा निकट युवा विद्यार्थीहरुले सिटि जुलुस सहित जुलुस प्रदर्शन सुमेत गर्दै आइरहेको थियो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।