
काठमाडौं । तेजस्वी, टीआईए र न्युटनले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेका छन् । तेजस्वी र टीआईएले सिनियर गल्र्स तथा न्युटनले जुनियर ब्वाइजमा जितका साथ यात्रा प्रारम्भ गरेका हुन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलमा भएको सिनियर गल्र्सको खेलमा तेजस्वीले आदित्यलाई ६–२ ले पराजित ग¥यो । तेजस्वीको जितमा एस्थर बरुवालले ४ अंक योगदान गरिन् । सिनियर गल्र्सको अर्को खेलमा अन्जली शाहीको १० अंक सहयोगमा टीआईएले सत्य साइलाई १६–७ ले हरायो ।
जुनियर ब्वाइजमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ९–५ ले पाखा लगायो । सबै स्कोर न्युटनका आशिष राईको नाममा रह्यो । सोही स्पर्धाको अन्य खेलमा लालीगुराँसले आयोजक ग्रिनल्यान्डलाई ११–१०, भ्याली पब्लिकले तेजस्वीलाई ४६–३८ र किङडमले टीआईएलाई ४३–३४ ले पाखा लगाए । लालीगुराँसका सर्गम गुरुङले ४, भ्याली पब्लिकका अशोक विकले १६ र किङडमका जिग्मे लामाले ११ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले ह्याट्रिक जित निकाल्यो । भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२४, केभीकेएसएसलाई ४०–२० र फेरिल्यान्डलाई २५–१८ ले पन्छायो । भ्याली पब्लिकका लागि बीएनए विरुद्ध एन्जल गुप्ताले १०, केभीकेएसएस र फेरिल्यान्ड विरुद्ध लोरिशा गौचनले समान १७–१७ अंक बटुले ।
सिनियर ब्वाइजमा जिनियस वल्र्डले सारथीलाई ४०–२८ तथा भ्याली पब्लिकले डिबीएलाई ५१–३९ ले पराजित गरे । जिनियसका प्रदीप तामाङले १२ तथा भ्याली पब्लिकका सुनिल पौडेलले २१ स्कोर गरे ।
प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । जुनियर ब्वाइजमा २४, सियिनर गल्र्समा १६ र सिनियर ब्वाइजमा २४ गरी ६४ टिमको सहभागिता रहेको छ । फाइनल भदौ ११ गते हुनेछ ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगहरुको लाइन नकाटिने बताएका छ्न् ।
शुक्रबार सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारिणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा उनले उद्योगको साथमा सरकार रहेको र डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगहरुको लाइन नकाटिने बताएका हुन्।
उनले भने, ‘तपाईंहरुले अब सरकारको ढोका ढक ढकाइरहन पर्दैन, साथमा सरकार छ, अहिले ट्रंक लाइनको समस्या आइरहेको छ, यो पनि हल होला, ढुक्कले काम गर्नुस। बरु हामी अध्यारोमा बसौला तर लाइन काटिदैन।’
उनले नवनिर्वाचित लाई शुभकामना दिदै निजि क्षेत्र र लगानी कर्ताहरु कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको बताए।
लगानीकर्ता र निजि क्षेत्रले सरकाराको साथ खोजिरहेकोले उनले ढुक्कले लगानी गर्ने आग्रह गरे। उनले भने, ‘ लगानी गर्नुहोस, तपाईंको लगानी कुनै पनि हालतमा खेर जाने दिइने छैन।’
प्रधानमन्त्रीले सबै मन्त्रालयलाय र मन्त्रीलाई ३ महिने कार्ययोजना प्रस्तुत गर्न माग गरेको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्युले मन्त्री,सचीव, उपसचिव लाई एकदिनमा एउटा् नयाँ काम गरेको जानकारी दिन भन्नुभएको छ।त्यही अनुसार हामीले काम गरेर परिणाम दिन पर्ने छ।’
बागलुङ । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् ।
गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।
गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए । बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए ।
काठमाडौं । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट खेलाडी १४ जनालाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको छ ।
बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
‘हाम्रो गाउँपालिकाको माथिल्लो भागमा रहेको तासिलाक्चा जाने बाटोका कुनै पोखरी फुटेको अनुमान हामीले गरेका छौँ । दूधकोशीको बाढीले मानवीय क्षति भएको जानकारी आएको छैन । तर केही मानिसहरू नदीको बहावका कारण फसेको खबर पाएका छौँ’, उनले भने, ‘फसिरहेका मानिससँग हामी सम्पर्कमा छौँ । नदीको बहाव कम भइसकेपछि उनीहरूलाई उद्धार गर्ने योजना छ ।’
भुसालले बाढीलगत्तै काठमाडौंबाट हेलिकप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको बताउ । ‘डुबानमा परेको बस्तीमा पानीको बहाव केही कम भएको छ । केही झोलुङ्गे पुल पनि जोखिममा छन् । काठमाडौंबाट हेलिकप्टर मगाएका थियौँ तर खराब मौसमले समस्या भयो’, उनले भने, ‘बाढीपछि जिल्ला सदरमुकाबाट पनि सुरक्षाकर्मीको टोली परिचालित भएको खबर आएको छ । हामी प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा छौँ ।’
काठमाडौं । मोहन कार्कीद्वारा लिखित कृषि, पर्यटन र जलविद्युत केन्द्रित पुस्तक ‘कृपज’ लोकार्पण गरेको छ । विहिबार जनआकाश साप्ताहिकले स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसर पारेर सम्पादक कार्कीद्वारा लेखिएको कृति लोकार्पण गरिएको हो ।

कमलादि स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कृति लोकार्पण गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले ‘कृपज’ ले समग्रतामा विकास निर्माणका लागि स्पष्ट निर्देश गरेको उल्लेख गर्दै खुसी व्यक्त गरिन् ।

रामेछापको गोकुलगंगामा जन्मिएका कार्की २०७४ र २०७९ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत बनेका थिए ।
कार्यक्रममा विभिन्न कलाकार,पत्रकार र साहित्यकारहरूलाई सम्मान गरिएको थियो ।
काठमाडौँ । सरकारले ५९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।
खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्याएको जानकारी दिए ।
‘माथिबाट एकाएक बाढी आयो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामे भन्ने ठाउँमा रहेका घरहरुमा बाढी पसेको छ’, उनले बताए ।
प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी छैन । ‘अहिलेसम्म कसैलाई पनि केही भएको जानकारी छैन । तर, उद्धार कार्य जारी छ’, उनले भने । उनले तल्लो तटीय क्षेत्रमा सबैलाई खबर गरिसकिएको जानकारी दिए ।
उनका अनुसार थामेमा रहेका एउटा विद्यालयको होस्टेलमा फसेका विद्यार्थीहरूको उद्धार गरिएको छ । यस्तै स्थानीयलाई पनि उद्धार गर्ने काम धमाधम भइरहेको छ ।
उनले हिमताल फुटेको आशंका गरिएको भन्दै एकाएक ठुलो आवाजका साथ लेदोसहितको बाढी आएको बताए । ‘माथितिरबाट एकाएक बाढी आयो । थामेगाउँलाई मात्रै असर छ । घरहरु डुबेका छन्’, उनले थप बताए । घटनास्थल सोलुखुम्बु सदरमुकामबाट ३ दिन टाढाको दुरीमा पर्छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते बिहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका हुन् ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए ।
गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न भने अझै बाँकी रहेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरूले बताएका छन् ।
अहिले पछिल्ला दिनमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चा तीव्र रहेको छ ।
यस बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भेटवार्ता समेत भएको छ । दुवै नेताबीच पार्टी एकता गर्न मोटामोटी सहमति भएको समेत दाबी गरिएको छ ।
पार्टी एकताको चर्चाका बीच एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामाकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन् । केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरेको हो ।





