२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन् । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो आन्तरिक छलफलपछि हटेको र भ्रम चिरिएको उनको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको बताए । प्रतिक्रियावादी आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत उनले लगाए ।

उनले आफू र उपमहासचिव शर्माबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको बताए । तर, त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु¥याएको उनको निष्कर्ष छ ।

अंकारा । जेलमा रहेका विपक्षी नेता कैन अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप भएको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

भिडियो फुटेजमा वामपन्थी टर्किस वर्कर्स पार्टी ९टिआईपी० का सांसद अहमेत सिकले मञ्चमा भाषण दिइरहेको बेला राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारूढ एके पार्टीका सांसद अल्पे ओजालान उनीसामु आएर थप्पड हान्ने प्रयास गरेको देख्न सकिन्छ ।

यसपछि अहमद सिक भुइँमा लड्छन् । यो घटनापछि झडपको स्थिति बनेको थियो । अधिकारीहरूले झगडापछि भुइँबाट रगत सफा गरिरहेको पनि देखियो।

वकिल र मानव अधिकार कार्यकर्ता कैन अतालेले यस वर्षको सुरुमा आफ्नो संसदीय सीट गुमाएका थिए । उनलाई २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनले जेलबाटै चुनाव लडेका थिए।

यो निर्णय एक विवादास्पद मुद्दा पछि आएको थियो जसमा पुरस्कार विजेता परोपकारी उस्मान कावलालाई पनि आजीवन कारावासको सजाय सुनाइएको थियो। एजेन्सी

https://www.khabarpetika.com/2024/08/17/6981/

काठमाडौं । नमाओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गरे । 

शनिबार पार्टीको रुकुम–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । सोही कार्यक्रममा बोल्दै उनले अध्यक्ष दाहाललाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । 

उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कँदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरे । 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले विद्युतको बक्यौता रकम नतिर्नेसँग साँठगाँठ गरेर बिजुली नजोड्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएकाे भेटवार्तामा के भयाे छलफल ?

राज्यमन्त्री तामाङले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कर्मचारीहरुलाई कस्काे कारण यस्तो भएको भन्दै प्रश्न गरे ।‘कुनै ठाउँमा त्यस्तो पाइयो भने म सिधै त्यस ठाउँका कर्मचारीलाई विभागीय कार्वाही गर्छु ।’ उनले भने,‘ तार बाङ्गो लगाउने,विजुली खम्बा बाङ्गो पार्ने , यस्तो खालको कर्मचारीहरु सावधान हुनुस् । तपाइहरुलाई मेरो आग्रह छ ।कर्मचारी साथीहरुले धेरै कामहरु गर्नुपर्ने छ । कुनै पोलबाट तपतप तेल चुहिएर बसेको छ ,कोहि चाँही ट्रान्समिटर टनन कराइरहेको छ । यो कसको कारणले हो ? के यो हामी उर्जा मन्त्रीको कारण हो ? के उर्जा सचिवको कारण हो ? के कार्यकारी निर्देशकको कारण हो ? तपाईहरुको कारणले गर्दा त्यस्तो भएको हो । तसर्थ सावधान हुनुस् । कर्मचारी साथीहरुलाई म यस मन्चबाट हात जोडेर यस्तो काम नहोस भन्न चाहन्छु ।’

कोटेश्वर बहुमुखी क्याम्पसका नेविसंघ पुर्व सभापति दिनेश कार्की माथी खुकुरी प्रहार

त्यस्तै उनले विद्युत् प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि आग्रह गरे । उनले अझै दोब्बर नाफा हुनेगरी काम गर्न आग्रह गरे ।

राज्यमन्त्री तामाङले कुनै कार्यालयले महसुल नतिरे ट्रान्समिटर झिकेर कार्यालयमा ल्याएर राख्न अनुरोध समेत गरे । उनले राम्रो काम गर्नेलाई सम्मान साथै निरन्तरता दिनेलाई अवसर समेत सरकारले दिइने बताएका थिए ।

डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगको लाइन काटिँदैन ; उद्योग मन्त्री भण्डारी

आफु राजनीतिक व्यक्ति भएकोले पद स्थायी नरहेको बताउँदै उनले कर्मचारी स्थायी सरकार भएकोले राम्रो काम गरेर देखाउन अनुरोध गर्दै सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे पनि सोचिरहेको बताए ।

https://www.khabarpetika.com/2024/08/17/6978/?fbclid=IwY2xjawEtfI9leHRuA2FlbQIxMQABHWLfQj0U5eujHM5REFc9SmCFbej4bW4L_3iit9ImuD4fed_NPl66zLbgug_aem_H3f_IdMWkr3YgWR0-nVJ-g

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले उद्योगीले विद्युत् उपभोग गरेको रकम तिर्नु पर्दैन नभनेको उनले उल्लेख गरे । तिर्ने विषय न्यायोचित छ वा छैन भन्ने जिम्मेवारी राज्यले लिनुपर्नेमा उनले जोड दिए । बक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटि विद्युत काट्न नहुने उनले बताए । ‘कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ। तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ,’ उनले भने।

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको उनले टिप्पणी गरे । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न उनले निर्देशन समेत दिए ।

https://www.khabarpetika.com/2024/08/17/6976/

काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।’

काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसका नेबि संघ पुर्व सभापति दिनेश कार्की माथि खुकुरी प्रहार भएको छ । जडिबुटी स्थित राजमहल सेकुवा कर्नर अगाडी कार्कीलाइ अज्ञात समूहले खुकुरी प्रहार गरेका हुन ।

आज अन्दाजी ३ बजे तिर अज्ञात समुहले खुकुरी प्रहार गरेर भागेका स्थानीयले बताएका छन् । खुकुरी प्रहारबाट कार्की गम्भीर घाइते भएका छन् । कार्कीको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।

खुकुरी प्रहार गर्ने समुहको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ।

काठमाडाैं | सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको हो ।

थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएको छ ।

बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति पुगेको छ ।​ रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान प्रभावित क्षेत्रमा पुगेको थियो ।

तस्वीरहरू : नेपाल प्रहरी

काठमाडौँ । नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु-१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । रासस

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।