२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित भएकाले यहाँ अश्लीलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा तिजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लीलता फैलाउन सम्भव नहुने बताएका हुन् ।

“हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैँलाई माया गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुभाइमा तिजले ममता बढाउँछ । यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।”

काठमाडौँ । नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जितेका छन् ।


अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जितेका हुन् ।

दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाए । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् । भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।


प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले पनि खेल खेलाएका थिए । ग्योरोगी र पुम्सेमा गरी अशोकले ३ फाइनलसहित ९ खेल खेलाए ।


विजेतालाई आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, प्रतियोगिता संयोजक राजु क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

शारीरिक सम्बन्धले सम्बन्ध बलियो बनाउँछ। तर एक समझदार महिलाले शारीरिक सम्बन्ध पछि तुरुन्तै केहि काम गर्दछ।

महिलाको यौन स्वास्थ्यलाई ठीक राख्न यी कामहरु निकै महत्वपूर्ण हुन्छन् । तर धेरैजसो महिलालाई यी टिप्सबारे जानकारी हुँदैन, जसका कारण उनीहरुको यौन स्वास्थ्य र यौन जीवन बिग्रन थाल्छ । आउनुहोस् जानौं महिलाले शारिरीक सम्बन्धपछि के गर्नुपर्छ ?

शारिरीक सम्बन्धपछि पिसाब गर्नु


महिलाको यौन स्वास्थ्यलाई ठीक राख्नका लागि स्मार्ट महिलाहरूले शारिरीक सम्बन्धपछि सधैं पिसाब फेर्छन् । किनभने, शारिरीक सम्बन्ध राख्दा संक्रमणको जोखिम हुन सक्छ। त्यसैले पिसाबको सहयोगमा हानिकारक ब्याक्टेरिया र फङ्गस हटाउन आवश्यक छ।

शारिरीक सम्बन्धपछि तातो स्नान


शारिरीक सम्बन्धपछि महिलाले यौनाङ्ग सुन्निने र जलेको गुनासो गर्न सक्छन् ।

चिकित्सकका अनुसार यो जटिलता र संक्रमणको जोखिम कम गर्न महिलाहरूले शारिरीक सम्बन्धपछि तातो पानीमा नुहाउनु पर्छ र जननांग वरपरको छाला मनतातो पानीले धुनुपर्छ। ध्यान राख्नुहोस् कि जननांग क्षेत्रमा धेरै तातो पानी लगाउनु हुँदैन ।

पानी पिउने


महिलाले शारीरिक सम्बन्ध गरेपछि पर्याप्त मात्रामा पानी पिउनुपर्छ । किनकी महिलाहरुका लागि शारिरीक सम्बन्धको कार्य गर्नु एक किसिमको व्यायाम हो, जसको कारण शरीरमा पानीको कमी हुन्छ । शारिरीक सम्बन्धपछि पानी पिउनाले शरीरलाई हाइड्रेट गर्छ र पिसाब निस्कन पनि मद्दत गर्छ।

दही र प्रोबायोटिक्स खानाको सेवन


वुमनहेल्थम्यागका अनुसार शारीरिक सम्बन्ध राखेपछि महिलाले दही, मोहीजस्ता प्रोबायोटिक खानेकुरा खानुपर्छ । किनभने, यसमा महिलाको यौनाङ्गका लागि फाइदाजनक ब्याक्टेरिया हुन्छ । यसको साथमा संक्रमणको जोखिम कम हुन्छ।

यी चीजहरू प्रयोग नगर्नुहोस्


शारिरीक सम्बन्धपछि यौनाङ्गको सम्पर्कमा आएर सुगन्धित वाइप र साबुन प्रयोग गर्नुहुँदैन ।

यसले दाग, चिलाउने र संक्रमणको जोखिम निम्त्याउन सक्छ। यहाँ प्रदान गरिएको जानकारी कुनै पनि चिकित्सा सल्लाहको विकल्प होइन। शिक्षा दिने उद्देश्यले मात्रै हो । चिकित्सा सल्लाह लिन नभुल्नुहोला ।

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई सम्मान गरेको छ ।

भलिबल संघले शनिबार नगद सहित काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई सम्मान गरेको हो ।

काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरिएको छ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला टोलीले पहिलो पटक भारतलाई हराएर इतिहास रचेको थियो तर फाइनलमा भने भारतसँग नै पराजित भएपछि नेपालले रजत जितेको थियो ।

काभा वुमन्स नेसन्स लिगमा सहभागी खेलाडीसँगै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरियो ।

भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो ।

स्वर्ण विजेता कमला पुन र मनिषा चाैधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनाले समान ३० हजार प्राप्त गरे ।

बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे ।

https://www.khabarpetika.com/2024/08/24/7140/

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले स्टार्टअप अर्थात् नवप्रर्वतनका लागि युवाहरूले काम गर्नका लागि सरकारले सहयोग गर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको यूथ कन्क्लेभ कार्यक्रममा युवाहरूले गरेको प्रश्नहरूको उत्तर दिने क्रममा उनले स्टार्टअपका लागि ऋण लिन सरकारले यो वर्ष १ अर्ब बजेट छुट्टाएको र राम्रो योजना ल्याउनका लागि आग्रह गरे ।

यो वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर १० हजारभन्दा बढी स्टार्टअप सुरु गर्न लागिएको ओलीले बताए । उनले सर्टिफिकेट धितोमा पनि ऋण दिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने –‘स्टार्टअप कृषि उद्यममा आधारित र अरू साना उद्योगहरूमा, स–साना पैसाबाट साना उद्योगहरूमा लगानी गर्न सकिन्छ ।

सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने व्यवस्था देखि महिला युवाहरूलाई ४ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था छ । मेरो ध्यान युवा विकास, युवा सशक्तीकरणमा ध्यान छ, यसबाट मात्र देश अघि बढाउन सकिन्छ ।’

https://www.khabarpetika.com/2024/08/24/7137/

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्ने बताए ।

“ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए । उनले भने, “जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”

उनले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कर्मचारीले काम गर्नुपर्ने बताए । उनले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे ।

ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुनसक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए । उनले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने तर संरक्षण नहुँदा ठूलो विपद्का घटना घटेको बताए ।

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बजेटको सुनिश्चितता भएमा समयमा नै आयोजना सम्पन्न हुने बताइन् । उनले किसानको खेतमा पानी नपुगे लक्ष्य हासिल नहुने भएकाले लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बताइन् । उनले राष्ट्रिय गौरवका आयोजनालाई आफ्नो प्रगति विवरण १५÷१५ दिनमा बुझाउन निर्देशन दिइन् ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले उत्पादकत्व बढाउनका लागि राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्नुपर्ने बताए । उनले आयोजना निर्माणमा देखिएका समस्या समाधानमा विभागले काम गर्ने उल्लेख गरे ।रासस

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेकपा (माओवादी केन्द्र) का उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आज पनि जारी छ ।

बैठक सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । शुक्रबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले धारणा राखिरहेका छन् ।

बैठक शनिबार सम्पन्न हुनेछ ।

काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न आज काठमाडौं आएकी उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी हुन् ।

उनीसँगै गृहमन्त्री रमेश लेखक पनि शिक्षण अस्पताल पुगेका छन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो । प्रहरीका अनुसार उक्त बसमा ४३ यात्रा गरिरहेका थिए ।

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।