२०८३ मंसिर ८
२०८३ मंसिर ८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ६१औँ वार्षिकोत्सव मनाएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै खेलकुदलाई नयाँ उचाईमा पुर्‍याउनु पर्ने चुनौती रहेको बताए । 

सबै खेलकुदकर्मीहरूलाई शुभकामना दिँदै सदस्य सचिव घिसिङले वार्षिकोत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिए । पहिलोपटक खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । 

मूल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी संस्थाहरूलाई सम्मान गर्दै आएको छ । २०२१ भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ ।

https://www.khabarpetika.com/2024/08/29/7297/

काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।


ज्ञानोदयले पाठशाला, बागडोललाई ४६–३० ले पराजित ग¥यो । ज्ञानोदयका सफल याखाले १५ अंक जोडे । ब्वाइजमै चाँदबागले जेम्सलाई ३३–२२, मल्पीले रुपिजलाई ३७–५ र पुष्पसदनले भीएस निकेतनलाई ४८–३२ ले हरायो । चाँदबागका जेन्सन राईले ९, मल्पीका अश्रय चुकीले ८ र पुष्पसदनका मनीष गुरुङले २४ स्कोर गरे ।


गल्र्समा चाँदबागले रुपिजलाई १८–१ तथा मल्पीले पाठशाला, बानेश्वरलाई १४–९ ले पाखा लगाए । चाँदबागकी अमौलिका खड्का र मल्पीकी अरेथा श्रेष्ठले समान १०–१० अंक बटुले ।

https://www.khabarpetika.com/2024/08/29/7294/

काठमाडौं । प्रमृुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने ? भन्दै सत्तापक्ष सांसदलाई प्रश्न गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमाथि सत्तापक्षले आपत्ति जनाएपछि जवाफ दिँदै त्यस्तो भनेका हुन् ।

“प्राधिकरणका दुईजना सञ्चालकले बक्यौता उठाउनुपर्छ भन्दा अपदस्त गरेको होइन रु त्यो महान कार्य हो भनेर ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने हामीले रु आईएम विथ केपी ओली भनिदिनुपर्ने रु,” उनको प्रश्न छ ।

उनले सशस्त्र संघर्षलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भनेकोमा आपत्ति जनाए । आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार नभएको चेतावनी दिए । “आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार छैन । कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वको चाकडी गर्ने स्वतन्त्रता छ,” उनले भने, “जनयुद्धका बारेमा विरोध गर्न उहाँको बैठक, भेलामा उहाँलाई स्वतन्त्रता छ ।”

https://www.khabarpetika.com/2024/08/29/7290

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता जेलमा हुने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सुन तस्करीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले इतिहास रचेको भन्दै सो कुरा बताएका हुन् ।

‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाइको पार्टीको हेडक्वाटरमा कोही बाँकी रहँदैन थिए । सबै जेलको छिडिमा हुन्थे‚’ उनले भने ।

https://www.khabarpetika.com/2024/08/29/7287/

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण भएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते र राष्ट्रियसभाबाट भदौ ६ गते पारित भएको थियो ।

विधेयक २०७९ फागुन २५ गते संसद्‌मा दर्ता भएको थियो । ०८० वैशाख ५ गते संसद्को कानुन समितिमा पठाएको थियो । समितिले झन्डै १६ महिनापछि साउन २४ गते सर्वसम्मत पारित गरेको थियो ।

काठमाडौं–  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

https://www.khabarpetika.com/2024/08/29/7282/

धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।

बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्री ज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’

उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।

त्यस्तै परराष्ट्रमन्त्री देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् । उनले भनिन्, ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ । सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौँ ।’

मन्त्री देउवाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो । उनले दुई ठुला दलको सरकार ०८४ सम्म कायमै रहने समेत उल्लेख गरिन् ।

https://www.khabarpetika.com/2024/08/29/7279/

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बोलाइएको छ ।

बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने बुझिएको छ ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन् ।

गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।

https://www.khabarpetika.com/2024/08/29/7275/

सिन्धुपाल्चोक। नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले बुधबार बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे ।

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको बताए । सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्दै चाँडै नै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

उनले कुनै पनि जलविद्युत् तथा सिँचाइको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाको दबाबको खाँचो रहेको समेत बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध भएर लागिरहेको बताए ।

नेपाली कांग्रेस रामेछापका सभापति एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सिन्धुपाल्चोकमा जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का सभापति एवं बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जलविद्युत् केन्द्रमार्फत देशले समृद्धि हासिल गर्दैगर्दा स्थानीयवासीलाई राहत पुग्ने गरी योजना बनाउनुपर्ने बताए ।-रासस

https://www.khabarpetika.com/2024/08/29/7272
https://www.khabarpetika.com/2024/08/29/7272

काठमाडौँ । काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल र मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट तथा पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९० १९ राखी चलाइ रहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

ल्बदष् िदबलप
त्यसै गरी वास्तविक नम्बर सुदूरपश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ७७ १५ नम्बर राखी चलाइ रहेको अवस्थामा फेला पारी शर्मालाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

त्यस्तै सुदूर पश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डढेल्धुराको पर्शुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बर सिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए । नियन्त्रणमा आएका फुयाँल र स्याङ्तानलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार र शर्मालाई प्रहरी वृत्त कीर्तिपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

https://www.khabarpetika.com/2024/08/29/7269/
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।