२०८३ मंसिर ८
२०८३ मंसिर ८

काठमाडौं – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ ।


जसमा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिन लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो । पुरुषमा नेपालसहित अफ्गानिस्तान, बहराइन, भारत, जोर्डन, काजकिस्तान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरबिया, उज्वेकिस्तान, बंगलादेश, चाइनिज ताइपेईं र श्रीलंका रहेका छन् ।

महिलामा नेपाल, भारत, गोआम, इन्डोनेसिया, इरान, फिलिपिन्स, उज्वेकिस्तान र श्रीलंका छन् । यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ । संघले आयोजना गर्न लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।


प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका लागि कुल ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् । दुवै तर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउने छन् । प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ ।


एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यम समेत रहेको संघका महासचिव गोविन्द घिमिरेले बताएका छन् । उनका अनुसार प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेशनमा पर्नेछ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्स सिरिजमा उक्लिने छन् ।
संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्ट फ्रेड रोयलाई नियुक्त गरेको  थियो ।
मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण गरेको थियो भने हाल पोखरामा बन्द प्रशिक्षणमा छन् । यसै प्रतिस्पर्धाका लागि नेपालको को १६ सदस्यीय महिला÷पुरुष टोलीको घोषणा भैसकेको छ ।


संघका महासचिव घिमिरेका अनुसार एसियामा नेपाल अहिले पुरुष तर्फ १० तथा महिला तर्फ छैटौं वरीयतामा छन् ।

काठमाडौं– आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।


नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ ।

बुधबार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला÷पुरुष) र विभिन्न उमेरसमूह (महिला÷पुरुष) गरी कुल ७२ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।
संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अगाडि आफूलाई प्रमाणित गर्ने अवसर समेत रहेको विश्वास लिएको छ । यस प्रतियोगितामार्पmत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँचलगायत अपेक्षा गरिएको छ । उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ स्वरुपमा पुरस्कृत गरिने भएको छ ।


एक सेकेन्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेन्डदेखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २०,००० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् ।

वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ । नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुआत गरिने भएको छ ।

यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाने भएका छन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको समूह ९एलडीसी०को विश्व समन्वय ब्युरोको अध्यक्षको रूपमा एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।

असोज ७ गते प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिनेछन् । प्रधानमन्त्री ओलीको असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको दृष्टिकोण स् संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म’ भन्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ । अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) कमिटिको आयोजनामा भएको ‘दोस्रो रास्ट्रव्यापी अखिल आरआर पुरुष भलिबल कप २०८१’ को फाइनल खेल भोली हुने भएकाे छ ।

विहिबार विहान ९ बजे आयोजक आर आर क्याम्पस र सिद्धार्थ बहुमुखी क्याम्पसबीच तृतीय स्थानको लागि प्रतिस्पर्धा हुनेछ भने उपाधिको लागि बानेश्वर क्याम्पस र अमरज्योती नुवाकोटबीच ११ बजे हुने अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

भदौ २६ देखि प्रदर्शनिमार्ग स्थित आरआर क्याम्पसमा सुरु भएको खल्ला पुरुष भलिबल प्रतियोगितामा २० टिम सहभागी रहेको थियो ।

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश नगद रु दुइ लाख, एक लाख र पचपन्न हजार र साथमा शिल्ड,मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

त्यस्तै विधागत छ जना उदयमान खेलाडी घोषित गर्दै उचित पुरस्कार सहित सम्मान गरिने आयोजकको भनाइ छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले कांग्रेसले संसद्‌मा लामिछानेबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गरे ।

संसदीय छानबिन विशेष समिति गठन गर्ने क्रममा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागे पनि अहिले प्रमाािणत भएको उनको भनाइ छ ।

उनले पार्टीका महामन्त्री गगन थापालाई लामिछानेको विषय उठान गरेर समिति बनाउन दबाब दिएकोप्रति धन्यवाद दिए ।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई,’ उनले भने ।

https://www.khabarpetika.com/2024/09/18/7880/

काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

बुधवार संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने जानकारी दिएको हाे ।

संघले राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ । एक सेकेण्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेण्डदेखि तीन सेकेण्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेण्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।

यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

प्रतियोगीता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा सञ्चालन हुनेछ ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको शर्माले बताए ।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

काठमाडौँ । तारकेश्वर नगरपालिका १० मनमैजुबाट गत सोमबार भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले
नियन्त्रणमा लिएको छ ।

शंकास्पद रुपमा चलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेश प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भई काठमाडौको किर्तिपुर बस्ने २४ वर्षीय पुरुषोत्तम यादवलाई गत सोमबार अपरान्ह साढे ४ बजे नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा यातायात ब्यवस्था कार्यालयमा मोटरसाईकलको अभिलेख फरक भएको पाईएको तथा सम्बन्धित कम्पनीमा बुझ्दा समेत उक्त मोटरसाईकल नेपालमा बिक्री वितरण नभएको बुझिन आएकोले थप अनुसन्धान तथा कारवाहिको लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।


पलेशालाई १ लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।


सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युतले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे । बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान ग¥यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।

काठमाडौं । ‘मिस्टर काठमाडौं’को उपाधि विजेता प्रकाश राईको मृत्यु भएको छ ।

पाँच दिनअघि मात्रै उपाधि जितेका प्रकाशको हृदय घातका कारण मृत्यु भएको बताइएको छ ।

पाँचौँ ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधवार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटेलमा बस्दै आएका थिए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।