
बाँके: नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । अविरल वर्षका कारण ललितपुरको इलाका प्रहरी कार्यालय टुंगुनको गाडी, मोटरसाइकल र एउटा स्कुटर बाढीले बगाएको छ । टुंगुन प्रहरी चौकीबाट बा।२ झ १९१८ नम्बरको गाडी र बा।२ व १२६९ नम्बरको मोटरसाइकल बगाएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिलबहादुर मल्लले बताए ।
प्रहरी चौकीमा राखिएको एउटा स्कुटर पनि बगाएको छ । टुंगुनमा बैतर्णी र घडघडा सहितका ३ वटा खोलामा आएको बहावले गाडी र मोटरसाइकल बगाएको मल्लले जानकारी दिए । बाढीको कारण टुंगुनमा कार्यरत प्रहरीलाई त्यहाँबाट सुरक्षित ठाउमा सारिएको छ ।
काठमाडौं । विहिबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९र९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।
घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।
ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ ।
भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको घिमिरेले बताए ।
एसएसपी घिमिरेका अनुसार, काठमाडौंबाट विपद् व्यवस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको टोली पनि परिचालित छ ।
त्यस्तै ललितपुरमा पनि प्रहरी निरीक्षकको कमाण्डमा सामाखुशीबाट २५ जनाको टोली परिचालित छ । ललितपुरमा प्रहरीको विशेष सुरक्षा गण त्रिपुरेश्वरबाट पनि ३० जना खटएका छन् । भक्तपुरमा सामाखुशीबाट १५ जनाको टोली खटिएको छ ।
विपद उद्दार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको टोली पनि परिचालित छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, उपत्यकामा २३ वटा ढुंगासहित १ हजार ५१२ जनाको टोली उद्दार कार्यमा परिचालन गरिएको छ ।





