२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।

‘‘अर्यालले टेलिभिजनमा भनेजस्तो निर्मला हत्या प्रकरणबारे कुनै तथ्य दिन नसकेको र समाजमा भ्रम सृजना गर्ने उदेश्यले मात्रै बालेको देखिएको छ । हामीले मंगलबार सोधपुछ गर्दा र आज (बुधबार) बोलाउँदा समेत भाग्ने प्रयास गरेपछि पक्राउ गरेका हौँ,’’ एसपी बोगटीले भने ।

अर्यालले प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।

तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । तर, सीआईको सोधपुछमा भने उनी कञ्चनपुर एकपल्ट मात्रै पुगेको र घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा मात्रै पुगेको खुलेको छ ।

निर्मलाको २०७५ साउनमा १० मा बलात्कारपछि हत्या भएको थियो । नवराजसँग अन्तर्वार्ता लिने ऋषि धमलामाथि समेत सीआईबीले सोधपुछ गरेको छ ।

सियोल । उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो ।

यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबिच महिनौंदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।

सियोल र सहयोगी संयुक्त राज्य अमेरिकाले आणविक शक्तिसम्पन्न उत्तर कोरियाले रुसमा हजारौं सैनिक पठाएको आरोप लगाउँदै आएका छन् । उत्तर कोरियाली सैनिकलाई रूसी पोशाकले सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन् ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उक्त सम्झौतालाई नेता किम जोङ उनको आदेशको रुपमा अनुमोदन गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त सम्झौतालाई अनुमोदन गर्न गत साता रुसी सांसदहरूले सर्वसम्मतिले मतदान गरेपछि उत्तर कोरियाका तर्फबाट यो सूचना आएको हो ।

केसीएनएले भनेको छ, “दुवै पक्षले अनुमोदनका लिखत आदानप्रदान गरेको दिनदेखि यो सम्झौता लागू हुने बताइएको छ ।” उत्तर कोरिया युक्रेनमा रूसको आक्रमणको सबैभन्दा मुखर र महत्वपूर्ण समर्थक बनेको छ ।

पश्चिमा राष्ट्रहरूले लामो समयदेखि मस्कोलाई युक्रेनमा प्रयोग गर्नका लागि तोपका गोला र क्षेप्यास्त्रहरू आपूर्ति गरेको आरोप प्योङयाङलाई लगाउँदै आएका थिए तर हालैका हप्ताहरूमा हजारौं उत्तर कोरियाली सैनिकहरू युद्धमा संलग्न हुन तयार भएपछि यो समर्थन बढेको छ ।

दुई देशबिचको सम्झौता गत जुनमा क्रेमलिन प्रमुखको उत्तर कोरिया भ्रमणका क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए ।

यसले दुवै देशलाई एकअर्कामाथि आक्रमण भएमा ‘अविलम्ब’ सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्न बाध्य बनाएको छ । पुटिनले गत जुनमा भएको सम्झौतालाई ‘ब्रेक थ्रु डकुमेन्ट’ को संज्ञा दिनुभएको थियो ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भन्नुभयो, “द्विपक्षीय अनुमोदनसँगै प्योङयाङ र मस्कोले रूसमा उत्तर कोरियाको सैन्य तैनाथीका लागि वैधता दाबी गर्नेछन् ।” रासस/एएफपी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ ।

समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबिच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।

पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

माओवादी केन्द्र लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइनेछ ।

सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने पार्टीले जनाएको छ । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ ।

आगामी मङ्सिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।

राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको महत्त्वपूर्ण पदमा नियुक्ति सुरु गरेका छन् । ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग ९डज० को प्रमुख नियुक्त गरेका हुन्।

यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भने भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भने। यो जिम्मेवारी पाएपछि विवेक रामास्वामीले लेखेका छन्( हामी नरम व्यवहार गर्ने छैनौँ । रामास्वामीले आफूलाई दिइएको जिम्मेवारी आक्रामकताका साथ कार्यान्वयन गर्ने संकेत गरेका छन् र ट्रम्प पनि यही चाहन्छन् ।

ट्रम्पले रामास्वामीलाई त्यही जिम्मेवारी दिएका छन् जसको उनले वकालत गर्दै आएका थिए । उदाहरणका लागि, रामास्वामीले धेरै सरकारी विभाग र एजेन्सीहरू बन्द गर्ने वकालत गर्दै आएका छन्।

मस्कसँगै रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम(कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्।

ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् ।

यससँगै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ ।

५० वर्षीय वाल्ट्ज पूर्व सैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए। उनी अमेरिकी कांग्रेसमा पुनः निर्वाचित भएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जको नियुक्तिलाई सिनेटको अनुमोदन आवश्यक पर्दैन। एजेन्सी

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदैछन् ।

निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरणअनुसार उपनिर्वाचन हुन लागेका कर्णालीका छ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार दुई सय ७७ मतदाताले मतदान गर्ने छन् ।

कर्णालीमा एक गाउँपालिका र नगरपालिकामा एक/एक अध्यक्ष, एक नगरपालिका र गाउँपालिकामा एक/एक उपप्रमुख र उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदैछ ।

अध्यावधिक विवरणअनुसार अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार छ सय १४ जनाले निर्वाचनमा भाग लिँदैछन् । यस पालिकामा नौवटा निर्वाचन केन्द्र रहेका छन् ।

यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । त्यहाँ दुई हजार सात सय छ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिनुभयो ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार चार सय ४९ जनाले मतदानमा भाग लिनेछन् । जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार तीन सय दुई जनाले मतदाताले भाग लिनेछन् ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ छ हजार आठ सय १० मतदाता रहेका छन् भने रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार चार सय ३४ जनाले भाग लिने मतदाता अध्यावधिक विवरणमा जनाइएको छ ।

यस्तै कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदैछ । त्यहाँ छ सय नौ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षको निर्वाचनमा तीन सय ५३ जना मतदाताले मतदानमा भाग लिनेछन् ।

विसं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । रासस

काठमाडौँ । संयुक्त राष्ट्रसंघले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुने चेतावनी दिएको छ।अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (सीओपी २९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसंघको एउटा निकायले त्यस्तो चेतावनी दिएको हो।

राष्ट्रसंघको विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले जलवायु परिवर्तनका सन्दर्भमा ‘रेड अलर्ट’ जारी गरेको छ। तर त्यसको अर्थ विश्वले दीर्घकालीन तापमान वृद्धि औद्योगिकीकरण हुनुभन्दा अघिको तहसँग तुलना गर्दा १.५ डिग्रीभन्दा कममा सीमित पार्न विफल भएको भन्ने नलाग्ने सो निकायले जनाएको छ।

‘सीओपी २९’ मा सहभागी हुन बाकुमा भेला भएका नेताहरू विकासशील देशलाई जलवायुसम्बन्धी गतिविधिका लागि प्रस्तावित १० खर्ब डलरको प्याकेज उपलब्ध गराउनुपर्ने दबावमा छन्।

आगामी दुई सातासम्म चल्ने उक्त सम्मेलनमा विश्वका झन्डै २०० राष्ट्रका शीर्ष नेताहरू सहभागी हुँदै छन्। त्यसमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली गएको छ। यो सम्मेलनको मुख्य ध्यान प्यारिस सहमति २०१५ ले निर्धारण गरेअनुरूप राष्ट्रहरूले दीर्घकालीन तापमान वृद्धिलाई कसरी १.५ डिग्री मा सीमित पार्ने गरी योजना बनाउँछन् भन्नेमा छ।

यो वर्ष औसत तापमान वृद्धि १।५ डिग्री सेल्सिअस भएको छ। तर राष्ट्रसंघले आफूले दीर्घकालीन प्रवृत्तिको कुरा गरेको हुनाले त्यस्तो वृद्धिले लक्ष्य भने प्रभावित नभएको जनाएको छ। बीबीसीबाट

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।