
काठमाडौ । गुरुङ समुदायको महान सांस्कृतिक पर्व तमु ल्होसारको अवसरमा आशिमाला तमु(गुरुङ) समाजले यहि पौष १० गते सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
काठमाडौ स्थित तारकेश्वर नगरपालिका वडा न. १ मा कार्यक्रमको आयोजना हुन लागेको हो ।
गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यमा मुप्रि ल्हो (गरूड वर्ग) को विदाइ गर्दै सप्रि ल्हो (सर्प वर्ग) को स्वागतमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको संस्थाको अध्यक्ष पुर्ण गुरुङ(धर्मराज) ले जानकारी दिए ।
गुरुङ समुदायले मनाइने तमु ल्होसारको कार्यक्रममा धर्मगुरुबाट स्वस्तिशान्ति सहित पुजापाठ , ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति , खेलाडि, जनप्रतिनिधि, कलाकार र जेष्ठ नागरिक सम्मान सहित विभिन्न मनोरञ्जनका कार्यक्रम रहने कार्यक्रम संयोजक शिला गुरुङले बताइन् । उनले गुरुङ समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य र सभ्य बनाउनको लागि समेत अनुरोध गरेकी छन् ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा उत्साहको साथ मनाउने गर्दछन् । गुरुङ भाषामा वर्गलाई ल्हो भनिन्छ। ल्हो १२ वटा हुन्छन् र हरेक वर्षमा ल्हो फेरिन्छ। यसरी हरेक वर्षको पुष १५ बाट यो फेरिने हुदा पुष १५ को दिनलाई नयां वर्ष अर्थात ल्होसारको रूपमा मनाईन्छ। ल्हो का नामहरू उड्ने, घर्सने र हिड्ने जनावरका नाम संग मिल्ने गरी राखिएको छ ।
यी वर्गहरू १२ वटा हुन्छन् ती क्रमश:
तो ल्हो(वाघ वर्ग), ह्यू ल्हो(बिरालो वर्ग), म्हुप्री ल्हो(गरूड वर्ग), सप्री ल्हो(सर्प वर्ग), त ल्हो(घोडा वर्ग), ल्हु ल्हो( भेडा वर्ग), प्र ल्हो(वांदर वर्ग), च्ह्या ल्हो(चरा वर्ग), खी ल्हो (कुकुर वर्ग), फो ल्हो ( मृग वर्ग), च्ह्यू ल्हो ( मुसा वर्ग ), लों ल्हो ( गाई वर्ग ) ।
काठमाडौँ । सोमबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच जङ्गबहादुर चौहान,चन्द्रकुमार घिमिरे, शनिल नेपाल, शिवमाया तुम्बाहाङ्फे र डा. शंकर प्रसाद शर्मालाई शपथ खुवाएका हुन् ।
केहिदिन अघि राष्ट्रपतिले चौहानलाई रुस, घिमिरेलाई ब्रिटेन, नेपाललाई स्पेन, तुम्बाहाङ्फेलाई कोरिया र शर्मालाई भारतको राजदूतमा नियुक्त गरेका थिए ।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।
सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदै छ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए । ‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरूको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ’, उनले भने । सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनामएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेक थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।





