
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखु वडा कार्यालयले दुई विद्यालयका विद्यार्थीहरुलाई स्कुल ड्रेस(पोसाक) वितरण गरेको छ ।





वडा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट रु. तीन लाख पचास हजार बाट वडामा रहेको श्री सरस्वती माध्यमिक विद्यालय र हरिसिद्धी माध्यमिक विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको वडाअध्यक्ष गोपीलाल तामाङले जानकारी दिए ।
गत वर्षको वडाअध्यक्ष सँग विद्यार्थी कार्यक्रममा जनाएको प्रतिवद्वता अनुसार आफुले आफ्नो जिम्मेवारी पूरा गरिएको उनले बताए । विद्यार्थीलाई पोसाक सहित दुबै विद्यालयलाई क्यारम बोर्ड, भलिबल र नेट पनि वितरण गरेको छ ।
विद्यालयका सरसफाइ सम्बन्धमा थप सामान पनि केही दिनमा वितरण हुने उनको भनाइ छ ।
सरस्वती पुजाको विषेश अवसर पारेर पोसाक वितरण गरेको चनखु वडा कार्यालयले सरस्वती माविमा सरस्वती मन्दिर पनि शिलान्यास गरिएको छ । सरस्वती मन्दिर निर्माणको लागि वडा कार्यालयले रु.दुई लाख बजेट विनियोजन गरेको छ ।





