
सिड्नी, अस्ट्रेलिया – नेपाल खेलकुद विश्वविद्यालयका सचिवालय सदस्य एवं खेलबिज्ञ डा. ओमकृष्ण प्रसाई र अस्ट्रेलियाको सिड्नीस्थित नेपालका वाणिज्य दूत सञ्जीव शर्माबीच खेलकुद साझेदारीसम्बन्धी छलफल सम्पन्न भएको छ।
सिड्नीस्थित नेपाल वाणिज्य दूतावासमा सम्पन्न उक्त भेटवार्तामा नेपाल-अस्ट्रेलिया खेलकुद साझेदारीका सम्भावनाहरू, प्रशिक्षण कार्यक्रम, छात्रवृत्तिको अवसर, र खेलकुद विकासका विभिन्न पहलहरूबारे विस्तृत छलफल भएको थियो।
वाणिज्य दूत शर्माले प्रवासी नेपाली खेलाडीहरूलाई समेट्ने नीतिगत अवधारणा आवश्यक रहेको उल्लेख गर्दै, यसबारे राज्यका जिम्मेवार निकायहरूलाई जानकारी गराएको उल्लेख गरे। साथै, अस्ट्रेलियाको व्यावसायिक खेल प्रणाली तथा आधुनिक खेल प्रविधिलाई अनुकरण गर्दै नेपालसँग सहकार्य गर्ने विषयमा पनि प्रक्रिया अगाडी बढाएको उनले जानकारी गराए ।साथै अस्ट्रेलिया सरकारले खेलकुद तर्फ छात्रवृत्तिमा आफुले प्राथमिकता राखेको बाणिज्य दुत शर्माले बताए।
डॉ. प्रसाईले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको महत्त्वबारे प्रकाश पार्दै, खेलकुदलाई बौद्धिक विशिष्टता प्रदान गर्न नेपाल सरकारले उपलब्ध गराएको शैक्षिक संरचनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। साथै, राष्ट्रिय खेलकुद परिषद्को पहलमा गठित खेलकुद विश्वविद्यालय कार्यदललाई थप अधिकार सम्पन्न बनाइएको जानकारी समेत उनले दिए।
भेटवार्ताका क्रममा वाणिज्य दूत शर्माले नेपाल खेलकुद विश्वविद्यालय र समग्र खेलकुद विकासका लागि प्रवासी नेपाली समुदायसँग सहकार्य गर्दै थप पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
उक्त छलफलले नेपाल-अस्ट्रेलिया खेलकुद साझेदारीलाई नयाँ उचाइमा लैजाने आशा गरिएको छ। नेपालका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनका लागि आवश्यक रणनीतिक साझेदारीको ढोका खोल्ने यो प्रयास भविष्यमा ठोस कार्यान्वयनमा रूपान्तरण हुने अपेक्षा गरिएको छ। प्रसाईले मेलबर्नमा सम्पन्न भएको मेलबर्न शिखर सम्मेलन २०२५ मा नेपाल खेलकुद विश्वविद्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए।
काभ्रे । “स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मुल नाराको साथम पाँचखाल नगरपालिका वडा नम्बर १३ मा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलबार श्री राम उच्च माध्यमिक विद्यालय कोशिदेखामा समर्पित ईन्टरनेसनल र काभ्रे पलाञ्चोक सेवा समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको रेडियो नमोबुद्धका संवाददाता श्याम योञ्जनले जनाकारी दिए ।

शिविरमा नशा तथा हाडजोर्नी,मुटु रोग,ई.सि.जि र ईको द्वारा बिरामीको चेकजाँच गरिएको थियो । विर हस्पिटल र गंगालाल हस्पिटलका विशेष डाक्टरहरुको उपस्थितिमा भएको शिविरमा २७२ जनाले सेवा लिएको कोशिदेखा स्वास्थ्य चौकि इन्चार्ज उर्मिला खरेल थपलियाले बताइन् ।
काठमाडौँ । आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनअन्तर्गत माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापति निर्विरोध जितेको छ । क्रान्तिकारीकी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख ममता अधिकारीले २१ क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित भएको जानकारी दिइन् ।
उनका अनुसार जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा सुस्मिता श्रेष्ठ, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा प्रकाश डाँगी, त्रावती सामुदायिक क्याम्पस धादिङमा अभिसेक थपलिया, शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा बम धामी, राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिममा सुप्रिम वली, सुर्योदय क्याम्पस हुम्लामा रिमिलाल बुढा, सिम्रुतु क्याम्पस रुकुम पश्चिमा दिपेन्द्र ओली स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै गल्बा क्याम्पस हुम्लामा रिमिलाल बुढा, शंकरपुर क्याम्पस दार्चुलामा जानकी टमटा, सहयोगी क्याम्पस काठमाडौंमा प्रदीप श्रेष्ठ, श्रीकृष्ण क्याम्पसमा सबिन श्रेष्ठ, सन्जिबनी क्याम्पस काभ्रेमा दीपक रानामगर, प्रभा क्याम्पस काभ्रेमा सुजन चौलागाईं सभापतिमा निर्विरोध भएका छन् ।
क्रान्तिकारीबाट स्ववियू सभापतिमा निर्विरोध निर्वाचित हुने अन्यमा आदर्श जनता क्याम्पस सर्लाहमा रेबेन्द्र दाहाल, बनगार्ड क्याम्पस सल्यानमा जीवन विष्ट, सिध्दपृथ्वी जनता क्याम्पस श्रीगाउँ दाङमा सुदीप चौधरी, सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य, सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिममा वीरभान भण्डारी, स्यार्पु बहुमुखी क्याम्पस रुकुपश्चिममा टेकराज विश्वकर्मा, रोल्पा नमुना क्याम्पसमा ओनसरी घर्तीमगर र लिकु संयुक्त क्याम्पस डोल्पामा राजेन्द्र बुढा छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । ०६५ सालयता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छैन । आगामी ५ चैतका लागि निर्धारित निर्वाचनअन्तर्गत शनिबार मनोनयन दर्ता भएको छ ।
काठमाडौं– विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालिमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।
काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।
त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।
संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।





