२०८३ मंसिर ७
२०८३ मंसिर ७


काठमाडौँ । राष्ट्रियसभा बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । बुधबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुभयो । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभयो ।

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार एक स्कुल बसलाई लक्षित गरेर गराइएको आत्मघाती कार बम विस्फोटमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । अन्य ३८ जना घाइते भएका छन् ।

स्थानीय एक सरकारी अधिकारीका अनुसार, खुडुजार सहरको बाहिरी क्षेत्रमा सेनाद्वारा सञ्चालित स्कुलमा बसले बालबालिकालाई लैजाँदै गर्दा घटना भएको हो । घटनालगत्तै सेनाको टोली घटनास्थलमा पुगेका थियो । घाइतेहरूलाई एम्बुलेन्सबाट तत्काल अस्पताल पठाइएको थियो ।

धेरै बच्चा गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

यस प्रान्तमा लामो समयदेखि विद्रोह चल्दै आएको छ । यहाँ स्वतन्त्र देशको माग गर्दै विभिन्न समूह सक्रिय छन् । तीमध्ये अमेरिकाले सन् २०१९ मा आतंकवादी समूह घोषणा गरेको बलुचिस्तान लिबरेसन आर्मी पनि समावेश छ ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले आक्रमणको कडा निन्दा गर्दै बच्चाहरूको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले निर्दोष बच्चाहरूलाई निसाना बनाएर पूर्णरूपमा बर्बरतापूर्ण काम गरेको बताए ।

पाकिस्तानको सेनाले एक वक्तव्यमार्फत बम आक्रमणलाई कायरतापूर्ण काम भनेको छ । उसले आक्रमणको पछाडि छिमेकी देश भारत संलग्न रहेको आरोप लगाएको छ । भारतले बलुचिस्तानमा रहेका आफ्ना सहयोगीमार्फत आक्रमण गराएको सेनाको आरोप छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, । ”

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताउनुभयो । त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ । डा पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।