२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ ।

बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको बताए। उनले भने, ‘आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।’

यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन्। तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए।

काठमाडौँ । सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो ।

टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । डराएर झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् । घाइतेहरूको चोटपटकको उपचार भइरहेको र कुनै गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट नआएको भनिएको छ ।

टर्की मुख्य फल्ट लाइनहरूमाथि छ । त्यसैले यहाँ बारम्बार भूकम्प गइरहन्छन् । २०२३ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजार भन्दा धेरैको ज्यान गएको थियो । दक्षिणी र दक्षिणपूर्वका ११ प्रान्तहरूमा हजारौं भवनहरूमा क्षति पुगेको थियो । छिमेकी देश सिरियाको उत्तरी भागहरूमा पनि ६ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।

काठमाडौं । राजसंस्था पक्षधरको आन्दोलन सिफल चौरमा हुने भएको छ। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति निकालेर आजको आन्दोलन सिफल चौरमा गर्ने जानकारी दिएको हो। आन्दोलन दिउँसो २ बजे सुरू हुने बताइएको छ।

यसअघि शान्तिबाटिका र माइतीघरमा आन्दोलन गरिरहेको राजावादीहरुको समूहलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्र्यलयले कोटेश्वर, बल्खु र सिफल चौरबाहेक अन्यत्र दुई महिनाको निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले निषेधाज्ञा लगाएपछि ब्याकफुटमा धकेलिएको राजवादीहरूको समूह अब सिफल चौरमा खुम्चिएका छन्। प्रशासनले अत्यन्त प्रभावहीन ठाउँ उपलब्ध गराएपछि राजावादीहरूको प्रदर्शन विस्तारै धरासायी हुँदै गएकाे छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अदालतको अवहेलना भएको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार अदालतमा मुद्दा दायर गर्दै सम्बन्धित पदाधिकारीहरूलाई न्याय प्रशासन ऐन, २०७३ अन्तर्गत हदैसम्मको सजाय माग गरेका हुन्।

त्रिपाठीले दायर गरेको निवेदनमा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले गम्भीर रूपमा अदालतको अवहेलनाको कसूर गरेको उल्लेख गरिएको छ। उनीहरूले सार्वजनिक पदको दुरुपयोग गरी न्यायालयको आदेशको अवहेलना गरेको आरोप लगाइएको छ।

निवेदनमा उल्लेख गरिएअनुसार, विपक्षीहरूलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई बयान लिइनुपर्ने, अधिकतम एक वर्ष कैद तथा दस हजार रुपैयाँ जरिवाना गरिनुपर्ने माग गरिएको छ। साथै, उनीहरूलाई तत्काल पदमुक्त गर्न, भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषणा गर्न तथा बजेटको बुँदा नम्बर ८७ को कार्यान्वयन रोक्नुपर्ने मागसमेत गरिएको छ।

यद्यपि, सोमबार दिइएको निवेदन सो दिन नै दर्ता हुन सकेको छैन। अधिवक्ता त्रिपाठीका अनुसार निवेदन मंगलबार (आज) दर्ता हुनेछ। उनले भने, “निवेदन दरपीठ हुने कुनै सम्भावना छैन। निश्चित रूपमा दर्ता भएर प्रक्रिया अगाडि बढ्छ।”

यस मुद्दाले कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्धमा थप बहस उत्पन्न गर्ने देखिएको छ। विशेषतः बजेट सन्दर्भमा उठेको विवादले यो मुद्दा राजनीतिक र कानुनी दृष्टिकोणबाट अत्यन्त संवेदनशील बन्न सक्ने अनुमान गरिएको छ।

Contempt of Court on Budget FINALDownload
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।