२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । निरन्तर हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। बुधबार दिनभरि परेको हिमपातका कारण सडकमा जमेको हिउँ पन्छ्याउन कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशङ्कर प्रसाद यादवका अनुसार बिहीबार बिहानैदेखि सडकमा जमेको हिउँ पन्छ्याउने काम पुनः सुरु गरिएको छ।

उनका अनुसार रुकुम पूर्वतर्फको करिब तीन किलोमिटर सडक खण्डमा जमेको हिउँ हटाउने काम भइरहेको छ। बागलुङतर्फको सडक खण्डमा परेको हिउँ पनि पूर्ण रूपमा पन्छाएपछि मात्र लोकमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए।

हिमपातका कारण काठमाडौंबाट रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पातर्फ गएका यात्रुबाहक बसहरू पातिहाल्नामा फसेका थिए। त्यहाँ फसेका यात्रुलाई बुधबार उद्धार गरी केहीलाई रुकुम पूर्व ल्याइएको थियो भने केहीलाई बागलुङको बुर्तिबाङतर्फ लगिएको प्रहरीले जनाएको छ।

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।