२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरुङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन्।

पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रुपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ३० हजार रुपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जनाबाट ६ लाख रुपैयाँ, रविन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख रुपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जनाबाट ११ लाख ५६ हजार रुपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जनाबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रविन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट शनिबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

जगडोल, काठमाडौं, २६ जेठ २०८३ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गत निर्देशनालय, हेटौंडाका प्रतिनिधिहरूले डिभिजन वन कार्यालय काठमाडौंमार्फत सञ्चालित आयोजनाको अनुगमनका क्रममा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलको अवलोकन गरेका छन्।
पार्कको अवलोकन तथा अनुगमनका लागि उपस्थित टोलीप्रति पार्कका अध्यक्ष सुदर्शन सिग्देलले धन्यवाद तथा आभार व्यक्त गर्दै यस प्रकारको अनुगमनले पार्कको संरक्षण, व्यवस्थापन र विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

उनको शपथ आजै हुने स्रोतले जनाएको छ। यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा पुनले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शिक्षा क्षेत्रमा आफूले अघि सारेका सुधारका कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त सहयोग नपाएको भन्दै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

राजीनामापछि पुन प्रत्यक्ष राजनीतिमा सक्रिय हुँदै निर्वाचनमा सहभागी भएका थिए। उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

बालेन सरकारमा सहभागी हुने पुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका एक मात्र सांसद हुनेछन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रका अभियन्ताका रूपमा परिचित पुनको मन्त्रिपरिषद् प्रवेशलाई सरकारको प्राविधिक तथा नवप्रवर्तनसम्बन्धी नीतिमा नयाँ ऊर्जा थप्ने कदमका रूपमा हेरिएको छ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने निर्णय गरेका छन्। सम्पत्ति विवरण र लगानीसम्बन्धी विवादपछि राजीनामा दिएका गुरुङलाई पुनः मन्त्रिमा फर्काउने तयारी गरिएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गरेसँगै उनको पुनर्नियुक्तिको बाटो खुलेको स्रोतले जनाएको छ।

सरकारले यसअघि गुरुङमाथि उठेका प्रश्नहरूको अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदनमा गुरुङलाई प्रत्यक्ष रूपमा दोषी नदेखिएको निष्कर्ष निकालेपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ।

गृहमन्त्रीको शपथका आजै राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे हुने तयारी छ।

व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्पत्ति विवरणसम्बन्धी विषय सार्वजनिक भएपछि गुरुङले नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसबेला उनले आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिँदै पद त्याग गरेको बताएका थिए।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।