२०८३ मंसिर ७
२०८३ मंसिर ७

६ भाद्र, २०८३ काठमाडौ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७, दनुवार टोलका ६९ वर्षीय बालकृष्ण दनुवार यतिबेला वीर अस्पतालको न्यूरो विभागमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर रहेकाले परिवारले उपचारमा सहयोग गरिदिन सबै सहयोगी मनहरूसँग अपिल गरेको छ।

जनमुक्ति सेनाका चर्चित कमान्डर तथा लामो समयदेखि क्रान्तिकारी आन्दोलनमा योगदान पुर्‍याउँदै आएका बालकृष्ण दनुवार यतिबेला जीवनकै कठिन मोडमा छन्। विगतमा मैनापोखरी मोर्चामा गम्भीर घाइते भएका दनुवार अहिले अचानक आएको स्वास्थ्य समस्याका कारण वीर अस्पतालमा उपचाररत छन्।

केही समयअघि ब्लड प्रेसरका कारण घरमै अचानक ढलेका दनुवारको अहिले शरीरको अधिकांश भाग नचल्ने अवस्था रहेको परिवारले जनाएको छ। हाल उनको वीर अस्पतालको न्यूरो विभाग, बेड नं. २१३ मा उपचार भइरहेको छ।

६९ वर्षको उमेरमा गम्भीर स्वास्थ्य संकटसँग जुधिरहेका दनुवारको उपचारका लागि निरन्तर आर्थिक खर्च आवश्यक परिरहेको छ। तर परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिन भइरहेको बताइएको छ।

दनुवारले आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक तथा राजनीतिक परिवर्तनको अभियानमा समर्पित गरेका थिए। संघर्षका क्रममा मैनापोखरी मोर्चामा गम्भीर घाइतेसमेत भएका उनी अहिले भने आफ्नै जीवन बचाउन अस्पतालको शय्यामा संघर्ष गरिरहेका छन्।

‘परिवर्तनका लागि जीवनको जोखिम मोलेका एक योद्धालाई आज जीवन जोगाउन हाम्रो साथ आवश्यक छ’ भन्ने भावनासहित परिवार तथा शुभेच्छुकहरूले देश–विदेशमा रहेका सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्।

सहयोग गर्न चाहने महानुभावहरूले उनका छोरा सरोजराज दनुवारको नाममा रहेको एनआईएमबी बैंकको खाता नं. 18305080026697 मा रकम जम्मा गर्न सक्नेछन्। साथै, संलग्न QR मार्फत पनि सहयोग गर्न सकिनेछ।

सानो सहयोगले पनि उपचाररत बालकृष्ण दनुवारको जीवनरक्षामा ठूलो अर्थ राख्न सक्छ। त्यसैले मानवीय संवेदना र सहकार्यका साथ आफूले सक्ने सहयोग गरिदिन परिवारले सबै सहयोगी मनहरूसँग हार्दिक अनुरोध गरेको छ।

सहयोगका लागि:

नाम: बालकृष्ण दनुवार

उमेर: ६९ वर्ष

स्थायी ठेगाना: पाँचपोखरी थाङ्पाल गाउँपालिका–७, दनुवार टोल

हाल उपचार: वीर अस्पताल, न्यूरो विभाग, बेड नं. २१३

सहयोग प्राप्त गर्ने: सरोजराज दनुवार

एनएमबी बैंक खाता नं.: 18305080026697

QR: संलग्न

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।