२०८३ मंसिर ८
२०८३ मंसिर ८

चर्चित रेस्लर जोन सिनाले गरे डब्लूडब्लूई बाट संन्यासको घोषणा

टोरन्टो । चर्चित अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेको छ । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमकाबीच सिनाले दर्शकसामु यस्तो घोषणा गरेको हो ।

सिनाले सन् २०२५ मा अन्तिम प्रतियोगितामा भाग लिने समेत जानकारी दिए । ४७ वर्षीय जोन सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएको थियो । उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । जोनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेको छ । सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया नै आफ्नो अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेको हो । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।

डब्लूडब्लूईबाहेक सिनाले हलिउडका चलचित्रहरू पनि खेलेको छ । सन् २००६ मा द मरिनमार्फत उनले अभिनयमा डेब्यू गरेको थियो । त्यसपछि उनले ट्रेनरेक (२०१५), द सुसाइड स्क्वाड (२०२१), फास्ट एन्ड फ्युरियस ९ (२०२१) का साथै डीसी सुपरहिरो टिभी सिरिज पिस मेकरमा पनि काम गरेको छ ।

चलचित्रमा अभिनय गर्न थालेपछि उनले सन् २०१८ यता डब्लूडब्लूईमा पार्ट टाइम मात्र काम गर्दै आइरहेका थिए । एजेन्सी

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।