२०८३ मंसिर ७
२०८३ मंसिर ७

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन तथा दर्ता गर्न परमादेश दिएपछि मन्त्रिपरिषदले नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसअघि २०८२ भदौ १२ गते सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र सूचीकरणका लागि सम्पर्क गर्न आग्रह गरिएको थियो। तर तोकिएको समयमा सम्पर्क नगरेका सामाजिक सञ्जाललाई अब नेपालभित्र निष्क्रिय गराइने मन्त्रालयले स्पष्ट पारेको छ।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयका अनुसार यस निर्णयलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। नेपालमा टिकटक र भाइबर भने सूचीकरण भइसकेका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।