२०८३ मंसिर ७
२०८३ मंसिर ७

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजेन्द्र लिङ्देन सहभागी नहुने

काठमाडौं । पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले काठमाडौंमा विशेष तयारी गरेका छन् । राजावादी समर्थक तथा विभिन्न राजनीतिक दल र संघसंस्थाहरुको पहलमा भव्य र्‍यालीको आयोजना गरिएको हो ।

तर पूर्वराजा शाहको स्वागत र्‍यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन् । पार्टीले स्वागत कार्यक्रमको नेतृत्व गर्ने जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । शाहीले यसबारे जानकारी दिँदै भने, ‘अध्यक्षज्यु आजको कार्यक्रममा सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मेवारी दिनुभएको छ ।’

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थिति बारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् । राजावादी समर्थक समूहहरू काठमाडौंका विभिन्न स्थानमा भेला भएर पूर्वराजा शाहको स्वागत गर्न लागिपरेका छन् । गौशाला र तीनकुने क्षेत्रमा जम्मा भएर उनीहरू सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्नेछन् । त्यहाँबाट पूर्वराजासँगै स्वागत र्‍याली निर्मल निवाससम्म पुग्ने योजना रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई लिएर विभिन्न राजनीतिक दल तथा राजसंस्था समर्थक समूहहरूबीच राजाको प्रिय बन्ने होडबाजी चलेको देखिन्छ । राप्रपा, राप्रपा नेपाल लगायत अन्य राजावादी समूहहरूले शाहको स्वागतलाई भव्य बनाउन विभिन्न तयारी गरेका छन् । यो अवसरलाई सदुपयोग गर्दै राजसंस्थाको समर्थनमा प्रदर्शन गर्ने योजना पनि बनाइएको छ ।

राजधानीमा ठुलो भिड हुनसक्ने तथा अनियन्त्रित गतिविधि हुन नदिन प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ भने प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।